जति चोट दिन्छौ देउ मायालु / Jati Chot Dinchau Deu Mayalu
➤Singer - Bhaktaraj Acharya
➤Music - Bhaktaraj Acharya
➤Lyrics - Subash Chandra Dhungel
जति चोट दिन्छौ देउ मायालु, मुटु भित्र साचेर राख्ने छु।
जति आँसु दिन्छौ देउ मायालु, दुई आँखा बाट झार्ने छु।
मुटुमा फुलेको बिस्वासको फूल, बिबशताको हुरीले झारिदिएछ।
तर तिम्रो नजरमा दोषीको श्रेय, यो अभागीलाई मिलेछ।
ठिकै छ मायालु म तिम्रो नजरमा, दोषी भएर बाच्ने छु।
बिछोडको घाउमा खाटा नबस्दै, तिमीले फेरी बदनाम गर्यौ।
मेरो जीवनमा बहार आउने, सारा मुहानहरु थुनी दियौ।
ठिकै छ मायालु म जीवन भरि नै, उजाड भएर बाच्ने छु।
जहाँ छन् बुद्धका आँखा / Jahan Chhan Buddha Ka Aankha
➤Singer - Bhaktaraj Acharya
➤Music -
➤Lyrics -
जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता
छल्किन्छ ममता मेरो भावगंगा जता तता
माया नेपालको लाग्छ नेपाली इतिहासको
माया प्रकृतिको लाग्छ कला भाषा र भेषको
पुर्खाको मन्त्र यो जप्छु चौतारीमा बसी
जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी
छ ठूलो चाहाना मेरो आमालाई हसाउने
सर्वोच्च शिखरबाट विश्व शान्ति चिनाउने
यही प्यारो मिट्टिकामाथि पौरखी बनीकन
पार्छु यो चाहाना पूरा गरी देह समर्पण
माया मेरी साँझ बनी / Maya Meri Sanjha Bani
➤Singer - Bhaktaraj Acharya
➤Music - Bhaktaraj Acharya
➤Lyrics - Purushottam Sapkota
माया मेरी साँझ बनी डोली चढी आउछिन्
एकान्तमा परेलीमा लुकेर निदाउछिन्
रातभरि हराउछु डुली सपनीमा
बोलाउछिन् शीत भई हास्दै बिपनीमा
दिनभरि छाया बनी अघि पछि हुन्छिन्
एकान्तमा परेलीमा लुकेर निदाउछिन्
फेरि उही गोधुलीमा भेट हाम्रो हुन्छ
युग युगसम्म हाम्रो प्रिती दोहोरिन्छ
यसरी नै माया मेरी सधै मुस्कुराउछिन्
एकान्तमा परेलीमा लुकेर निदाउछिन्
मुटु जलीरहेछ / Mutu Jali Rahecha
➤Singer - Bhaktaraj Acharya
➤Music -
➤Lyrics -
मुटु जलीरहेछ यो मन गलीरहेछ
तिम्रो याद आईदिदा आँशु त्यसै बगेछ
मिलनका हरेक पलहरु मुटुभित्र कही बसेछ
बिपना मै सपना देख्ने बानी मलाई परेछ
जीवन ढली रहेछ बेथा बढी रहेछ
तिम्रो मायाको न्यानो पनमा मेरो माया बाँची दिएछ
तिम्रा ओठका मुस्कान सँगै मेरो हाँसो बिलाई दिएछ
बेथा बढी रहेछ घाउ दुखिरहेछ
सबै बेहोशी नशा पिएर / Sabai Behoshi Nasha
➤Singer - Bhaktaraj Acharya
➤Music - Bhaktaraj Acharya
➤Lyrics - Bhaktaraj Acharya
सबै बेहोशी नशा पिएर, बिना पिएरै बेहोश छु म।
अरु निर्दोषी माया भुलेर, बिना भुलेरै दोषी छु म.
सपना फुटेर, आँसु बनेछ, त्यो आँसु फेरी व्यथा बनेछ
आँसुका थोपा मोती बनेर, उदास मनको कथा भनेछ
सुनसान बगरमा आँधी चलेछ, फैलेर आँधी चाहना बनेछ
न अटेर माया अन्जुली भरेर, ढलपल आँखा सागर भुलेछ
हजार आँखा हेर्ने/ Hajar Aankha Herne
➤Singer - Bhaktaraj Acharya
➤Music - Bhaktaraj Acharya
➤Lyrics - Bhaktaraj Acharya
हजार आँखा हेर्ने, मेरी मायालुलाई
हजार हात छेक्ने, मेरी प्रेयशी लाई
कसोरी म भेटुँ, म देखुँ उनीलाई
यी बाधा छिचोली, अंगालु उनीलाई
उनी बोल्दछिन, गीतको भाका लिई
उनी हास्दछिन, फूलको वासना लिई
नबोल्ने को होला, देखेर उनीलाई
म बोलु कसोरी, भनु के उनीलाई
बिहानीको शितमा, उनी झल्मलाउछिन
जसै साँझ पर्छ, प्रतिक्षामा हुन्छिन
उनी ओँठ आँखाले, छुन्छिन मलाई
उपहार के दिउँ, भनु के उनीलाई
हजार सपना हरुको माया / Hajar Sapana haru
हजार सपनाहरुको, माया लागेर आउँछ
बाँच्ने रहर जस्तो, फेरी भएर आउँछ
मैले बाँचेको परिवेश, सानो त्यति थिएन
परदेशी जस्तो कोही, एक्लो पनि थिएन
अल्झे कहीं त के भो, बाटो भूलेको छैन
भाँचीई सकेको विश्वास, फेरी भएर आउँछ
मेरा ति स्वर हरुलाई, थुन्नु त्यति भएन
सबले भुलेको जस्तो, भुल्नु पनि भएन
खुशी नै हो कि के हो, मनमा भएर आउँछ
छिनमा लहर अनेकौ, मनमा उठेर आउँछ
मेरो साधनाको बरदान हो गीत / Mero Sadhana Ko Bardan Ho Geet
प्रिया तिम्रो मुहारमा / Priya Timro Muhara Ma
एक दिन मैले प्रभु संग / Ek Din Maile Prabhu Sangha Sodhein
कोहि नगरोस प्रेम / Kohi Nagaros Prem Amar
जीवन भनूँ त घात छ मृत्यु भनूँ त सास छ / Jeevan Bhanu Ta
मैले आँखाको भाखा बुझिन / Maile Aankhako Bhakha
भजन शिरोमणि
No comments:
Post a Comment