म त दूर देखि आएँ / Ma Ta Dur Dekhi Aaye
➤ Singer – Deep Shrestha
➤ Music – Deep Shrestha
➤ Lyrics – Deep Shrestha
म त दूरदेखि आएँ, तिम्रो नाम बोकेर
सम्बोधन गरदा गर्दै, गइगयौ छोडेर
एकैछिन त पर्खिदेऊ, केही बात गरिदेऊ
मनका सारा, भावनालाई दुखाई नदेऊ
एउटा सानो ठाउँ देऊ, तिम्रो धड्कन भित्र
पुराना ति यादहरुलाई, भुलाई नदेऊ
हर रात सपनीमा / Hara Raat Sapanima
➤ Singer – Deep Shrestha
➤ Music – Deep Shrestha
➤ Lyrics – Biplav Pratik
हर रात सपनीमा ऐंठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि
डाँडापारीको घामलाई हेर्छु, आमा र बाबा सम्झी रहन्छु
गाउँ छोड्दा बिझेका काँडा, परदेशमा बसी झिकी रहन्छु
दिन रात शहरमा झरी पर्छ, गाउँमा शायद खेतै बग्यो कि
उडी रहने चरीलाई हेर्छु, घरको समाचार पर्खि रहन्छु
लेक बेसी देउराली डाँडा, परदेशमा सम्झी तड्पी रहन्छु
हर साँझ शहरमा हुरी चल्छ गाउँमा शायद छानै उड्यो कि
एउटै बाटो सँधै भेटघाट / Eutai Bato
➤ Singer – Deep Shrestha
➤ Music – Deep Shrestha
➤ Lyrics – Raman Ghimire
एउटै बाटो सँधै भेटघाट भइरहँदा
मुस्कानहरू साटिएछन् देखिरहँदा
कुन बिन्दुमा मन खुले पत्तै भएन
कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन
कहिले घुइँचो कहिले हल्ला कहिले एकान्त
कहिले खुशी कहिले सुर्ता कहिले अशान्त
बाँड्दा बाँड्दै एक अर्कामा संकोच रहेन
यस्तै गरि कहाँ मिल्यौँ थाहै भएन
भिडले एक्लो पार्दा पार्दै नजिक भएछौँ
सायद बिश्वास खोज्दा खोज्दै आफ्नो भएछौँ
तिमीसित भेटेपछि पिरै रहेन
कति छिटो खुशी झुले थाहै भएन
हुँ यात्री एउटा / Hu Yatri Euta
➤ Singer – Deep Shrestha
➤ Music – Deep Shrestha
➤ Lyrics – Bhairabnath Rimal
हुँ यात्री एउटा रुमल्ली हिंड्ने अँधेरी रातमा
हुँ यात्री एउटा कहानी लेख्ने जंगली पातमा
जिन्दगि बित्यो सहारा संधै आँसुको लिएर
उजाड रह्यो जीवन त्यसै दुखमा जिएर
म सामु कहिले किन हो किन मधुमास आएन
इच्छाको सागर पौडेर रहे स्वप्नको संसार
आज या भोलि छ पुग्नु पर्ने बाटो छ हजार
हरेक पल नियाली हेर्थें वसन्त आएन
आमा तिनीहरूले जेसुकै भनून् / Aama Ma Bahula Hoina
➤ Singer – Deep Shrestha
➤ Music – Deep Shrestha
➤ Lyrics – Siddicharan Shrestha
आमा ...
तिनीहरूले, जेसुकै भनून्, म बहुला होइन
मैले गर्न नहुने केही, गरेकै छैन
बोल्न नहुने केही, बोलेकै छैन
मेरो आँखा छ, हेर्न पाऊँ भन्छु
पेट छ, खान पाऊँ भन्छु
नाङ्गो भएर कोही, नहिँडोस् भन्छु
आवाज कानले सुन्न, पाओस् भन्छु
बिचारलाई बोलीमा, उतार्न पाओस् भन्छु
झिरमा उनिनु त्यो एउटा कुरा / Jhir Ma Uninu Tyo Euta Kura
➤ Singer – Deep Shrestha
➤ Music – Deep Shrestha
➤ Lyrics – Rajendra Thapa
झिरमा उनिनु, त्यो एउटा कुरा,
पिरमा उनिनु त्यो, एउटा कुरा
नभिज्ने आँखा कसको छ र,
तर झर्नु नझर्नु, त्यो अर्कै कुरा
मैले कहाँ भने र, पिरै पिर भो भनेर,
तलतल खस्दा पनि, भिरै भिर भो भनेर
कराएरै जन्मे, चुपचाप मरुला,
जतिसकै चलोस, मनमा छुरा
भाग्य कहाँ खसेर, अन्धकार नै भएछ
झुकिझुकी बोल्दा पनि, अहंकार भै गएछ
हराएरै गए, चुपचाप बसुँला,
जतिसुकै खेलोस, मनमा कुरा
मेरो आँखामा हरदिन/ Mero Aankha Har Din
➤ Singer – Deep Shrestha
➤ Music –
➤ Lyrics –
मेरो आँखामा हरदिन बादल छाई रह्यो
बिन्ति छ कसैले आंधी ल्याइदेउ
मेरो छातीमा भर रात रातले टेकी रह्यो
बिन्ति छ कसैले उज्यालो ल्याइदेउ
आन्धो छु म बाटो खोजि हिड़छु
आउकोहि मलाई बाटो देखाऊ
बहिरो छु मा केहि सुन्ने रहर छ
आऊ कोहि मलाई साहारा देउ
बितेका कुराले केहि चोट लाग्दा /Biteka Kurale Kehi Chot Lagda
➤ Singer – Deep Shrestha
➤ Music –
➤ Lyrics –
बितेका कुराले, केहि चोट लाग्दा,
तिमि टाढा हुँदा, धेरै दुख लाग्छ
मलाई जस्तै, तिमीलाई पनि, त्यस्तै हुन सक्छ,
मेरी मायालु, मेरी मायालु
सपनाले साथ दिँदा, संगै बसे जस्तो लाग्छ
बिपनाले झस्काई दिंदा, चोट अझै बल्झी दिन्छ
कल्पि कल्पि रोएँ भने, तिमी कहिल्यै नरुनु
मिलन नभई मिटें भने, तिमी बिचलित नहुनु
खुशी त कहाँ / Khushi Ta Kaha Jitna Sakinachha
➤ Singer – Deep Shrestha
➤ Music – Tika Bhandari
➤ Lyrics – Dipak Jadit
खुशी त कहाँ जित्न सकिन्छ, जिन्दगी हारेर
मनको संघार नाघेर गयौ, मन रित्तै पारेर
उजाड मनमा चल्दछ आँधी सपना उडाउछ
छाती भित्र नि बल्दछ आगो कलेजो डढाउछ
निर्मोही माया बिलाई कहाँ सम्झना छोडेर
मर्नु न बाँच्नु बनाई मनमा भाला नै रोपेर
बिर्षन पनि सकिन उसलाई सम्झिँदा रुवाउने
भिजेको चुल्हो झैँ भयो यो जीवन सधैं नै धुवाउने
निस्ठुरी गई छाडेर मलाई भुत्तुक्कै पारेर
आँशुको होली खेल्दै छु म त जिन्दगी हारेर ।
म त पहिरो भित्र छु / Ma Ta Pahiro Bhitra Chhu...
➤ Singer – Deep Shrestha
➤ Music –
➤ Lyrics – Rajendra Thapa
म त पहिरो भित्र छु, झन झन गहिरोभित्र छु
सपना देख्ने आँखा खस्यो, म त झन झन कुहिरोभित्र छु
फूल त मेरो होइन, शीत पनि मेरो होइन
सुस्केरा मात्रै होइन, गीत पनि मेरो होइन
म त झन झन कुहिरोभित्र छु...
रहर ओइलाई झरे, बाटोका ती काँडा भए
सँगै देखेको सपना, कता कता हराई गए
झन झन कुहिरोभित्र छु...
कति कमजोर भाग्य / Kati Kamjor Rahechha Bhagya
Dinko Ujyaloma Luakai Rakhchhu (V: Deep Shrestha)
Batas Sangai Jhulirahun (V&M: Deep Shrestha, L: Ratna Shamsher Thapa)
Manma Timro Jhulkidinchhu
(V: DS & Aruna Lama, M: Ambar Gurung, L: Ratna Shamsher Thapa)
Ma Ta Tadha Aaisakechhu (V: DS)
Ma Paththar Ko Devata Hoina (V: DS, L: Bijaya Shrestha)
Sapana Lai Angalera (V&M: DS, L: Shivashankar Thapa)
Achano Bho Mero Chhati Chotharu Sahi Sahi (V: DS, M: Raju Singh, L: Yogendra Mani Dahal)
Jhaskiechha Man Mero (V:DS)
#Dip Shrestha, Voice of Nepal season 1 2 3 Judge, Sushil Nepal, Oshin Sitoula, Sanup Poudel (Season 1), Abhaya Subba (1), Pramod Kharel, Raju Lama, Astha Raut (2), Trishna Gurung (3), Nepal Idol, CD Vijaya Adhikari, Kushal Acharya, Saptak Dutraj, Shrijay Thapaliya, Ram Limbu, Bikash Limbu, Sanish Shrestha, Aarif Rauf
No comments:
Post a Comment