तिम्रो त्यो हसिँलो मुहारको / Timro Tyo Hasilo
➤Singer– Deepak Kharel
➤Music – Shambhujeet Baskota
➤Lyricist – Shambhujeet Baskota
तिम्रो त्यो हसिलो मुहारको, झझल्को जब आउदा
बिछोडका कुरा कल्पिन थाल्छन, तिम्रो तस्बिरले चित्त बुझाउँदा
सजाय मैले भोग्नु नै पर्छ, विश्वास गर्नाले
परायालाई आफन्त ठानी, मुटुमा राख्नाले
मेरो त्यो पबित्र प्यारको, कल्पना जब गर्दा
आँसुका धारा बहन थाल्छन, तिम्रो तस्बिरले चित्त बुझाउँदा
लागेको चोट यो छाती भित्र कसरि सहनु
हारेको मैले मैरोयि बस्छु, तिमि चै नरुनु
मेरा ति जीवनका कथाहरु, अपुरो गरेर छोढदा
यी आँखा मेरा टोलाउन थाल्छन, तिम्रो तस्बिरले चित्त बुझाउँदा
प्रतिक्षा गर मेरी मायालु / Partikshya Gara Meri Mayalu
➤Singer– Deepak Kharel
➤Music – Shambhujeet Baskota
➤Lyricist – Rajendra Rijal
प्रतिक्षा गर मेरी मायालु, समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ
कहिले हसाउँछ कहिले रुवाउँछ
आशु र हासोको संगम पनि गराउँछ
पर्खन्छन् कति आत्माहरु मायाको धुनी बालेर
झस्कन्छन् कति सपनासँग, विपना हो कि भनेर
धैर्य गर मेरी प्रयसी, समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ
उर्लन्छन् कति खोलाहरु फर्किने आशा लिएर
तर्सन्छन् कति प्रेमीसँग, धोका हो कि भनेर
केही त बोल मेरी जिन्दगी, समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ
तिम्रो हर प्रश्नको जवाफ मेरो / Timro Har Prashnako Jawaf
➤Singer– Deepak Kharel
➤Music – Shambhujeet Baskota
➤Lyricist – Shambhujeet Baskota
तिम्रो हर प्रश्नको जवाफ, मेरो चिठीहरुमा खोज्नु
यदि चित्त तिमीलाई बुझ्दैन भने, मेरो सामुन्ने आएर सोध्नु
भुल होइन जस्तो लाग्ला, भुल गर्ने हरुलाई
तर खेलेर छोड्यौ तिमीले किन, मेरो बेसाहारा जीवन लाई
दोष दिनु ठुलो पाप हो, निर्दोषी हरुलाई
तर रित्त्याई दियौ, तिमीले किन मेरो आँखाको आँसुलाई
पूर्णिमाको रात पनि / Purnimako Raat Pani
➤Singer– Deepak Kharel
➤Music – Shambhujeet Baskota
➤Lyricist – Shambhujeet Baskota
पूर्णिमाको रात पनि औंसीको झैं लाग्न थाल्यो
मेरो जीवन तिम्रो सिउँदो कुन पापीले रगांइहाल्यो मेरो
एक्लै भए जस्तो लाग्छ ठुलो शहर माझ
तिम्रो प्रेमी ज्युदै मर्यो यो संसारमा आज
सलाईको काँटी जस्तो यो अभागी जल्न थाल्यो
मेरो संसार तिमी / Mero Sansar Timi Nai Hau
➤Singer– Deepak Kharel
➤Music – Deepak Jangam
➤Lyricist –
मेरो संसार तिमी नै हौ, मेरो आधार तिमि नै हौ,
मलाई स्वर्ग को यो प्यारो, प्यारो उपहार तिमि नै हौ
तिमि आयौ मेरो मनको अँधेरीमा जुन छायो
ढकमक फुले सपना जिन्दगीनै मगमगायो
अधुरै थियो जिन्दगि यो अधुरो नै थियो जवानी
तिमि संगै भयो सुरु मेरो साँचो यो कहानी
बिहानीको शिरेटोमा / Bihaniko Sireto Ma
➤Singer– Deepak Kharel
➤Music – Deepak Jangam
➤Lyricist – Narendra Raj Prasai
बिहानीको शिरेटोमा तिमीलाई भेट्न आउँला
अब प्रिय बाँकी जीवन तिमि संगै बिताउँला
बादल बनाई देउ / Badal Banai Deu
➤Singer– Deepak Kharel
➤Music – Sambhujeet Baskota
➤Lyricist – Neer Shah
बादल बनाई देउ आकार बदल्न सकूँ
क्षमता दिलाई देउ जिउदै म जल्न सकूँ
जाउँ कसरि जाउँ आफ्नै लाशको मलामी
चुप चाप सहुँ कसरि आफ्नै.. बदनामी
सस्तो बनाइदेउ बजारमा चल्न सकूँ
फेरी चलाउ गोली घाइते बनाई नराख
चितामै जल्न देउ चिन्ता म़ा.. जलाई नराख
लाजहिन बनाइदेउ सडकमा ढल्न सकूँ
सम्झनाको गोरेटोले / Samjhana Ko Goreto Le
कैले सम्झेर अनि कैले भुलेर रोएँ / Kahile Samjhera Ani Kaile Bhulera Royen
सुनसान रातहरु / Sunsan Raat Ma
अँधेरी रात / Aadheri Raat
यो बुझ्नै नसक्ने मानिसको जीवन / Yo Bujhnai Nasakne
साथ रहने छु / Sath Rahane Chhu
ति आँखाहरु / Ti Aankharu
Dipak Kharel
No comments:
Post a Comment