च छ ज झ ञः
चिनारी हाम्रो धेरै पुरानो / Chinari Hamro Derai Purano
➤ Singer: Narayan Gopal
➤ Music: Karma Yonjan
➤ Lyricist: Nagendra Thapa
चिनारी हाम्रो, धेरै पुरानो रहेझै लाग्दछ।
नदेखे पनि भेट सधै-सधै, भएझै लाग्दछ।
शीतल दिन्छौ, पवन भएर, मिर्मिरे याममा
मायालु न्यानो स्पर्ष दिन्छौ, किरणको रूपमा।
झनझनै बस्छ, संगीत तिम्रो, हरेक तन्तुमा।
आशाको दियो आफै नै बल्छ, अँध्यारो कुनामा।
हजार खोजे, त्यो रुप हेर्न, पाउदै पाईन।
मायाले छुने, हाथ छाम्न खोजे, समाउनै सकिन।
भनिदेउ आज, को हौ तिमी, मैले त जानिन।
विरंगी रुप, फेरेर आउने, तिमीलाई चिनिन।
चुमेर पाना भरि / Chumera Panabhari Yati Ma Lekhi Dinchhu
चुमेर पाना भरि यति म लेखि दिन्छु
प्रितिका बाचाहरु जाने जति लेखि दिन्छु
रातभरी भरि एउटै सपना देखेको हुन्छु
देखेका सपनाहरु सबै म लेखि दिन्छु
निस्प्राण कागजका टुक्रा हेरी नमस्की दिनु
नलेख्नु पर्ने पनि शायद म लेखि दिन्छु
बर्णन गरेर तिम्रो सर्बाङ्ग लेखि दिन्छु
एक छिनको निम्ति तिमीलाई उदाङ्ग देखि दिन्छु
शायद रिसाई दिन्छौ, हुन सक्छ च्याति दिन्छौ
म त मन परेकोलाई यस्तै नै लेखि दिन्छु
छोरीको जन्म हारेको कर्म / Chhoriko Janma Hareko Karma (Movie: Kanchhi, 1984)
छोरीको जन्म हारेको कर्म, कहाँको जन्म भोग कहाँ
जाँदैछ चेली, आँशु समेटी, माइतीलाई छोडी यहाँ
न कुनै जन्ती, न दुल्हा राजा,
न त कुनै डोली न पन्चे बाजा
यो कस्तो बिदाई चेलीको आज,
यहाँ रुन्छन आमा-बाबु साथी समाज
यो जन्मको धर्ती, यो खेलेको आँगन बिर्सेर जाने कहाँ
जाँदैछ चेली, आँशु समेटी, माइतीलाई छोडी कहाँ
न त कोही देख्छन, कलेजीको घाउ,
मानिसको सागरमा धड्केको नाउ
काँडै काँडा लाग्छन सबै टेक्ने ठाउँ,
छिया छिया मुटु, चिरा चिरा पाउ
मन खाने कसको बुझिदिने को छ, अबलाको मर्म कहाँ
त्यो आमाको काख, बाबुको आशिष मायालु कहाँ हो कहाँ
विरहमा मिलनको बरु आशा हुन्छ,
मिलनमा बिछोडको संधै त्रास हुन्छ
बरु भावी तैंले सबै दु:ख नलेख्नु,
यो कस्तो जीबन, यो कस्तो बन्धन न रुनु न हाँस्नु जहाँ
ढुकढुकी मनको, ज्योति नयनको, हुँदैछ पराई यहाँ
झलमल्ल हुँदैछ, यता सिउँदो खाली,
टलपल छन् आँखा सिन्दुर हाली
सुबास छर्छ कहीं खुसीको बतास,
कतै आँधी हुरी निराशै निराश
कहीं जन्ती बाजा कतै ठाडो शंख बताउँछन् मलामी यहाँ
डोली न डोली दुवै चढे डोली, तर यो कहाँ त्यो कहाँ
जता हिँड्यो उतै तान्ने बेइमानी यो मायाँ / Jata Hidyo Utai Tanne Beimani Yo Maya
जता हिँड्यो उतै तान्ने बेइमानी यो मायाँ
एक्लै परे मनै लाने बैगुनी यो मायाँ
मायाँ छाडी नजाउ कतै कहीं बिर्सी देला
जोवन पनि काँ डै होला फूल झरी देला
मुटु भरि मातै लाग्ने कस्तो हो यो मायाँ
टाढा गए आँखै लाग्ने कस्तो हो मायाँ
जति पायो तेती माग्ने निठुरी यो मायाँ
नपाएमा झर्किदिने दस्तुरी यो मायाँ
ड़ुबी हेर पानी भित्र गहिरो छ मायाँ
खोला तरी पारि गए पहिरो छ मायाँ
हुँदा मात्रै राम्रो लाग्ने मोहनी यो मायाँ
नहुँदा मा नराम्रो ए दुश्मनी यो मायाँ
जन्मेर कोखैमा कसैको / Janmera Kokhaima Kasaiko
(Movie: Chino, 1991)
जन्मेर कोखमा कसैको, हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो, भावीले के लेखिदियो
कसले छोडेको कसको नासो हो, जिन्दगीको अनौठो नाता
को हो आफ्नो को हो बिरानो, के होला यो रगतको नाता
खोजि हिंड्दछ आमाको न्यानो काख, मायालु छहारी कसैको
भाग्य सबैलाई कहाँ पुग्छ र, संसारमा बिधि ले लेखेको
जन्मनु पर्छ हरेक मानिस...बदलिँदो आकाश / Janmanu Parchha Harek Manis
(Movie: Badlido Aakash, 1983)
जन्मनु पर्छ हरेक मानिस लिएर नौलो आश
गुराँस हेर विहान देखाई भन्छ बदलिंदो आकाश
नर र नारी विश्वमा सुन्दर ईश्वरको रचना
त्यो भन्दा पर जे जस्तो बन्यो मानिस कै कल्पना
बिरही गीत निष्ठुरी रित समाजको जनजाल
मानिस मानिस विचको नाता रोक्ने पर्खाल
हटाऊ धूलो चलाई चोखो हिमाली बतास
गुराँस हेर विहान देखाई भन्छ बदलिंदो आकाश
रगत रातो सवैको हुन्छ न जात न पात
हाँसो र अाँसु एउटै हुन्छ न छुवा न छुत
आकाश धर्ति सवैको लागि बनेको बराबर
तैपनि किन बाँढिनु पर्ने लगाई छेकबार
मुटुको माया एउटै भए फिजिन्छ सुवास
गुराँस विहान देखाई भन्छ बदलिंदो आकाश
Janmanu Parchha Harek Manis
Liyera Naulo Aash...Badlido Aakash
जाग लम्क चम्क हे नौजवान हो / Jaag Lamka Chamka He Naujawan Ho
➤ Singer: Narayan Gopal (original),
➤ Music: Narayan Gopal
➤ Lyricist: Ratna Shamsher Thapa
Re-record: Ram Krishna Dhakal/ Rajesh Payal Rai
जाग, लम्क, चम्क हे नौजवान हो
आफ्नै ढङ्गले, नयाँ रङ्गले, देश शृङ्गारन यो
काँधमा काँध जोडी, विघ्नको पहाड फोडी
रक्त पसिना बगाई, तन मन धन लगाई
निर्माणको बेला छ है यो (छ है यो)
आफ्नै ढङ्गले...
घाम पानी नभनी, आँधी बाढी नगनी
दिलै देखि जमजमाइ, स्नेहको धार बगाई
कर्मलाई धर्म मानी हो (मानी हो)
आफ्नै ढङ्गले...
जीवनको हरेक मोडमा तिमीले मलाई भेट / Jeevan Ko Harek Modma Timile Malai Bhet
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट
म भागे जस्तो गर्छु, तिमी मेरो बाटो छेक छेक
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट
म धेरै टाढा हुन्न, तिमीले मलाई खोज
तिमीलाई भेटेपनि, तिमीलाई म त छुन्न
तिम्रै नशालु हातले, तिमीले मलाई छोउ
म डराए जस्तो गर्छु, तिमी आँट मलाई देउ
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट
जब लड्न-लड्न खोजछु, म तिम्रो सामु पुग्दा
ति कोमल पाखुरामा, तिमीले मलाई थाम
तिमीले चाहेजति माया, तिमीले मलाई देऊ
म रिसाए जस्तो गर्छु, तिमीले मलाई फकाऊ
जीवनको हरेक मोडमा, तिमीले मलाई भेट
जीवन देखि धेरै धेरै / Jeevan Dekhi Dherai
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
जीवन देखी धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमि आज हेर
यहाँ ढुङ्गाहरु गर्छन् ईश्वरको अभिनय
यहाँ कुकुर पनि गर्छन मान्छेको अभिनय
कल्लाई मान्छे भन्ने कल्लाई देव भन्ने
यो परिभाषा यहाँ च्यातिएको हेर
कति सस्तो जीवन कति सस्तो मान्छे
जता ततै देख्छु मान्छे माथि मान्छे
सैयौं पेट मारी म अघाउने मान्छे
अबलालाई दुख्दा म रमाउने मान्छे
ढाकेरै काटेँ यो कालो मुटुलाई
म जन्मिएकै भेषमा मलाई आज हेर
जीवन देखि धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमि आज हेर
Jeevan Dekhi Dherai Dherai Nai Thakera
Ma Murda Bhaeko Timi Aaja Hera
जिन्दगानी गोरेटोमा घाम छायाँ हो / Jindagani Goretoma Gham Chhayan Ho
➤ Singer: Narayan Gopal
➤ Music: Ranjit Gazmer
➤ Lyricist: Tulsi Ghimire/ Kusum Gazmer
(Movie: Kosheli, 1990)
जिन्दगानी गोरेटोमा घाम छायाँ हो
संसारको घाम छायाँ जिन्दगानी हो
जुन फूल मैले / Jun Phool Maile Chaheko Thiye
➤ Singer: Narayan Gopal
➤ Music: Narayan Gopal
➤ Lyricist: Bhairavnath Rimal Kadam
जून फूल मैले चाहेको थिएँ कसैले टिपेछ
सौन्दर्य बनि त्यो सधै मेरो आँखामा लुकेछ
सुख र दुख संगाली दिने जीवनमा त्यै थियो
दिन रात अब म देखि टाढा भएर गैदियो
बिरानो बनि प्रत्येक पल मेरो यो म्य्टु धड्किन्छ
बितेका तिनै पुराना कुरक् सम्झाई तड्पिन्छ
बाँचि नै रह्यो केबल चाहि मुटुमा चोट पारी
त्यो मेरो थियो स्नेहको दियो मनको हितकारी
चर्केको माया जोडिदिने फेरि बस्तु नै के छ र
मनमा रहे बिरह ब्यथा भन्नु नै के छ र
जून फूल मैले...
झरेको पात झैं भयो / Jhareko Paat Jhai Bhayo Ujad Mero Jindagi
➤ Singer – Narayan Gopal
➤ Music – Narayan Gopal
➤ Lyricist – Kali Prasad Rijal
झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी
चुरा फुटेसरी भयो चराहरु उडीगए
हजार कोपिलाहरु नमुस्कुराउँदै झरे
उठेको बस्ती झैँ भयो प्रवास मेरो जिन्दगी
विहान जो खुशी थियो जलेर साँझ भैसक्यो
भिजेको पात पातमा निशादको कथा थियो
अधेँरी रात झैँ भयो विषाद मेरो जिन्दगी
जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा
टुटेफुटेका स्वप्न झैँ अँगारमात्र छातीमा
जिवन बजर सरी भयो उराठ मेरो जिन्दगी
निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी
झर्यो जिन्दगि फुट्यो जिन्दगि / Jharyo Jindagi Futyo Jindagi
झर्यो जिन्दगी फुट्यो जिन्दगी
छल्केर आँखामा बग्यो जिन्दगी
काँडामा हाँसेको मीठो जिन्दगी
सपनीमा नाचेको झुठो जिन्दगी
रहरको दहमा डुब्यो जिन्दगी
पीरले भरेको खाली जिन्दगी
पिरतिले र्वाएको प्यारो जिन्दगी
आज आफ्नै छातीमा दुख्यो जिन्दगी
No comments:
Post a Comment