ट ठ ड ढ ण & त थ द ध न
तिमि एक फुल हौ भने/ Timi Ek Phool
(V: Narayan Gopal & Aruna Lama, M &L: Gopal Yonjan)
तिमि देख्दा रहर होला जागेर आउछ / Timi Dekhda Rahar
(V: Narayan Gopal & Dil Maya Khati, M: Gopal Yonjan, L: Nagendra Thapa)
(V: Narayan Gopal & Meera Rana, M & L: Gopal Yonjan)
तिमि जुन रहरले / Timi Jun Raharle Ma Ma Fulna
➤ Singer – Narayan Gopal
➤ Music – Dibya Khaling
➤ Lyrics – Dinesha Adhikari
तिमी जुन रहरले म मा फुल्न आयौ, सबै सुख हराए, सधैँ चोट पायौ
म डुब्दो किनारा कहाँ हाँस्न सक्नु ?, व्यर्थै तिमीले मेरो हात समायौ
बैँसालु तिम्रा ती रहरहरूमा, न मैले कहिल्यै हरियाली कोरेँ
राताम्य तिम्रा ती अधरहरूमा, न मैले कहिल्यै खुसियाली पोतेँ
र, सायद रिसायौ तिमी भित्रभित्रै, न भित्री तिम्रा खुल्दुली सोधेँ
रुझे हुन् ती तिम्रा पलक र आँखा, मसँग कहिल्यै इशारा नबोल्दै
रुखे हुन् ती तिम्रा यौवन र भाखा, मसँग कहिल्यै निःश्वास नखोल्दै
र, सायद सराप्यौ सबै बैँसलाई, जो शून्यतामा बिलाए मजस्तै
तिमीलाई म के भनुँ / Timilai Ma K Bhanu
तिमीलाई म के भनुँ, फूल भनुँ कि जून भनुँ
उपमा धेरै म के देउँ, तिमीलाई मनकी मायालु भनुँ
फूल फुलेको मौसममा, यो साँझको शीतल वातावरणमा
यो मनलाई कसरी सम्हालुँ म, नपिई बेहोश-बेहोश भएँ म
कहिले नछुट्ने नशा भनुँ कि, फूल भनुँ कि जून भनुँ
केही झुके-झुकेका नजर, केही बोल्न खोज्दा काँपेका अधर
दुई आँखाका गहिरा ताल बीच, नसकी तर्न, डुबें डुबें म
कहिलै नछुट्ने तृष्णा भनुँ कि, फूल भनुँ कि जून भनुँ
तिमीलाई भुल्दा / Timilai Bhulda
➤ Singer – Narayan Gopal
➤ Music – Dibya Khaling
➤ Lyricist – Kanchan Pudasaini
तिमीलाई भुल्दा म एक्लो परेछु |
तिमीलाई सम्झेँ, तिमी साथ आयौ
कुनै चिज मिठो म खोजिरहेथेँ |
म सोचिरहेथेँ, तिमी याद आयौ
उज्यालो बढेझैँ भयो आज झनझन |
उज्यालो त मुस्कानले बढ्छ भन्छन
कि मै लाई सम्झी तिमी मुस्कुरायौ |
कि आयौ तिमी, चादनी रात आयो
कुनै चिज मिठो म खोजिरहेथेँ |
म सोचिरहेथेँ, तिमी याद आयौ
तिमीले पनि सम्झिएकी भए लौ |
चुम्यौ चाहनाले अझै मन परायौ
मलाई भुलेकी भए के भनु खै |
तिमी हर्ष आयौ कि, विश्मात आयो
तिमीले भनेका सारा देव / Timile Bhaneka Sara Deb Chhoyera
तिमीले भनेका, सारा देव छोएर
म.…किरिया खान, कहाँ सक्छु र
यदि मान्छौ भने म, तिम्रै देव भनेर ,
म त खाइदिन्छु कसम, आफैलाई भाकेर
तारालाई साछी राखेर, बाचा नै कहिले खाएथे
पानीमा औला चोपेर, सन्धी नै कहिले गरेथे
अनि बाध्यताको के कुरा, पाप धर्मको के कुरा
विश्वास गर, भन्छौ भने, अविस्वास नै कहिले गरेथे
रातभर तिमी रोइदिंदा, रोएथे म केहि बेर
केहि बेर तिमी हाँसीदिंदा, हाँसेथें म धेरै बेर
अनि पौरुषताको के कुरा, चौडा छातीको के कुरा
सुखमा हाँस भन्छौ भने, दुखमा कहिले रोएथे
तिमीले पनि म जस्तै / Timile Pani Ma Jasti Maya Diyera Hera
➤ Singer – Narayan Gopal
➤ Music – Bhim Birag
➤ Lyrics – Bhim Birag
तिमीले पनि म जस्तै माया दिएर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सीहेर
सुनसान रातसँगै एकान्त भएर हेर
सागरको लहर जस्तै आशाक्त भएर हेर
आँशुका थोपा जस्तै भुईँमा खसेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सिहेर
पूजा फुल जस्तै दिन दिन मरेर हेर
ढुँगाको मुर्ति जस्तै दोबाटोमा बाँचीहेर
छातीमा एउटा घाइते मुटु बोकेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सिहेर
तिम्रो जस्तो मुटु मेरो पनि / Timro Jasto Mutu Mero Pani
तिम्रो जस्तो मुटु मेरो पनि, तिम्रो जस्तो माया मेरो पनि
नबोलाऊ मलाई निष्ठुरी भनि, तिम्रो जस्तो वाधा मेरो पनि
तिमीलाई अंगाली कताकता, भागीजाने धोको मेरो पनि
तर पाऊमा दस्तूरको, तिम्रो जस्तो कल्ली मेरो पनि
दुई प्रान एक नभए पनि, तिमीसितै बाँच्छ मेरो पनि
नबोलाऊ मलाई...
देवता त हैन म पनि, धेरै कमजोरी छ मेरो पनि
पिर वेदना तिम्रो जति, त्यति नै त छ यहाँ मेरो पनि
रातमा रोएछौ तिमी पनि, तिमी जस्तै रोएँ मै पनि
नबोलाऊ मलाई...
तिम्रो मनमा लुकेका कुरा / Timro Manma Lukeko Kura (Movie: Chino, 1991)
(V: Narayan Gopal / Asha Bhosle, M: Ranjit Gazmer, L: Tulsi Ghimire)
(V: Narayan Gopal / Asha Bhosle, M: Ranjit Gazmer, L: Tulsi Ghimire)
तिम्रै सुन्दर हरियालीमा... ओखलढुंगा / Timrai Sundar Hariyali Ma... Okhaldhunga (V: Narayan Gopal M: , L: )
दुईटा फूल देउरालीमा / Duita Phool Deuralima
दुईटा फुल देउरालीमा साथै राख्यौंजस्तो लाग्छ,
कतै टाढा जाँदा खेरी सँगै हिँड्यौं जस्तो लाग्छ
देखें जस्तो पनि लाग्छ बोलेँ जस्तो पनि लाग्छ,
कतै टाढा जाँदा खेरी सँगै हिँड्यौं जस्तो लाग्छ
दुइटा फुल देउरालीमा...
गुलाफको तरेलीमा शीतको थोपा परे जस्तो, टल्किने त्यो निधारमा पसिना
सुकाइ दिएँ जस्तो लाग्छ पात हम्की पीपलको, बिसौनीमा जिन्दगीको पसिना
लत्रेका ती परेलीको सम्झना छ जस्तै लाग्छ,
कतै टाढा जाँदा खेरी सँगै हिँड्यौं जस्तो लाग्छ
दुइटा फुल देउरालीमा...
राती फुल्ने फुल टिपी सिउरी दिएँ जस्तो लाग्छ, कुनै रात बसेको त्यो बासमा
ओत मुनि आकासको छायाँ मुनि धरतीको, रात मुनि बसेको त्यो बासमा
बिर्से बिर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ,
कतै टाढा जाँदा खेरी सँगै हिँड्यौं जस्तो लाग्छ
दुइटा फुल देउरालीमा
No comments:
Post a Comment