नारायण गोपालले गाएका सबै गीतहरु - 6

१ (अ-अ:)२ (क-ङ)३ (च-ञ)४ (ट-ण & त-न)५ (प-भ)६ (म)७ (य-ज्ञ)

 

म त लालीगुँरास  भएँछु  / Ma Ta Laliguras Bhaechhu

➤ Singer – Narayan Gopal
➤ Music – Dibya Khaling
➤ Lyrics –Kshetra Pratap Adhikari

म त लालिगुराँस भएछु,  
बनै भरि फूली दिन्छु मनै भरि फूली दिन्छु

फाँटहरुले कस्लाई पुग्छ, भिरमा पनि फूली दिन्छु
खुशी मात्र कहाँ हुन्छ, पिरमा पनि फूली दिन्छु

हेरी दिने कोही भैदिए, नानी भित्र फूली दिन्छु

लाई दिने कोही भैदिए, सिउदो भरि फूली दिन्छु। 


Lyrics

म कसरि भनुँ / Ma Kasari Bhanu
(V: Narayan Gopal, M &L:  Gopal Yonjan)
म कसरि भनूँ यो माया हो, न तिमि मेरी न म तिम्रो
बरु भनी देउ यो सपना हो, जो तिम्रो हो अनि मेरो

म मरे पनि मलाई, मेरो देशको माया छ, यो छाती भरि मुरी का मुरी, नेपालको माया छ/ Ma Mare Pani Malai

मधुमासमा यो दीलको बाग / Madhumas Ma Yo Dil Ko Bag
 (V:NG, L: Ratna Shamsher Thapa)

मलाई छोडी मेरो छायाँ / Malai Chhodi Mero Chaya
➤ Singer – Narayan Gopal
➤ Music – Narayan Gopal
➤ Lyrics – Kshetrapratap Adhikari

मलाई छोडी मेरो छायाँ कतै झरेछ, 
तिमीसम्म आइपुग्दा साँझै परेछ

त्यसै कति बिते मेरा चिसा चिसा रातिहरु, 
तातो माया संगालेर खोजिरहें साथीहरु
वैंश छँदा नपुगेको रातै ढलेछ, 
तिमीसम्म आइपुग्दा साँझै परेछ

नलेखेको गीत मेरो पाखाभरि गाए जस्तो
नदेखेको माया मेरो आँखाभरि पाए जस्तो
जिन्दगीको छेउमा कतै ज्योति झरेछ
तिमीसम्म आइपुग्दा साँझै परेछ

मलाई जिन्दगि यो लाग्दछ / Malai Jindagi Yo Lagdachha

मलाई माफ गरिदेउ मेरा लोभी नजर / Malai Maaf Garideu Mera Lobhi Nazar
➤  Singer: Narayan Gopal
➤  Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan

मलाई माफ गरिदेउ, मेरा लोभी नजर, कहीं कसैमा डुबेछ भने
म त खोजीरहेछु, हरेक चेहेरामा, मेरी सपनाकि प्रियसी मायालु
 
उ आँउछे सधैं म निदाएको बेला, अनि बस्छे मेरो छातीमा
उ साट्छे सधैं मेरा पिरहरुसित, उसका मिठा मिठा भावना
मलाई माफ गरिदेउ मेरो प्रेमको कुरा, कही कसैलाई बिझेछ भने
 
उसको आँखा र ओठ, मेरो रोदीघर हो, उसको छाती मेरो बास हो
उसको आँशु बर्षा, उसको सुस्केरा शिशीर, उसको मुस्कान मेरो मधुमास
मलाई माफ गरिदेउ, मैले मृगतृष्णा, कहीं कसैमा देखेछु भने

मलाई नसोध / Malai Nasodha Kaha Dukhchha Ghau
➤ Singer – Narayan Gopal
➤ Music – Narayan Gopal
➤ Lyrics –Haribhakta Katuwal

मलाई नसोध कहाँ दुख्छ घाऊ | मलाई नसोध, कहाँ दुख्छ घाऊ
म जे छु, ठिकै छु, बिथोल्न न आउ | मलाई नसोध, कहाँ दुख्छ घाऊ

मेरो जिन्दगीमा सधैँ यो उदासी | सकेकै छु जिउन, कहिलै नहाँसी
मेरो चाहना हो निमी हाँसे पुग्छ | मेरो घाउ तिमी नहाँसे पो दुख्छ
त्यसैले म भन्छु, तिमी मुस्कुराउ | मलाई नसोध, कहाँ दुख्छ घाऊ

कतै बिरानिमा हराए भने म | कतै बेहोशीमा कराए भने म
मेरो प्राप्ती त्यहि, यति ठाने पुग्छ | मेरो घाउ तिमी नहाँसे पो दुख्छ
अध्यारोमै छोडदियो, नजलाउ | मलाई नसोध, कहाँ दुख्छ घाऊ

मलाई जिन्दगि यो / Malai Jindagi Yo
(V & M: Narayan Gopal, L: Ishwor Ballav)

मन्दिरमा छ कि / Mandirma Chhha Ki Murtima Maya
(V: Narayan Gopal, M: Shambhujeet Baskota, L: Kiran Kharel)

मान्छेको माया यहाँ / Manchhe Ko Maya Yaha
➤ Singer – Narayan Gopal & Gyanu Rana
➤ Music –Shiva Shankar
➤ Lyricist – Ramman Trishit

मान्छेको माया यहाँ, खोलाको पानी जस्तो
किनारालाई छोई भाग्ने, लहरेको बानी जस्तो
यो रात फकाई आउने, सुन्दर विहानी जस्तो

माया त जोवनको आवेश मात्र नै हो
तिर्खाको अर्को राम्रो एक भेष मात्र नै हो
तिम्रो हेराईमा केबल आँखा छ मुटु छैन
तिम्रो बोलाईमा स्वर छ ढुकढकी केही छैन
मान्छेको माया यहाँ,,,

मायाको विशालता यो आकाश धर्ती नै हो
माया त साँच्ची सुन्दर आत्माको मुर्ति नै हो
तिमी पानीलाई आकार दिने कोशिस नगर
तिमी हावालाई सद्भाव दिने कोशिस नगर
मान्छेको माया यहाँ...

 माया गर्नेको चोखो माया / Maya Garne Ko Chokho Maya
➤ Singer – Narayan Gopal
➤ Music – Narayan Gopal 
➤ Lyrics – Kali Prasad Rijal
(Re-record: Ram Krishna Dhakal & Lochan Bhattarai)

माया गर्नेको चोखो माया पनि देखियो
बाचा गर्नेको बाचा बन्धन पनि देखियो

फूल सुकुमार छ, निस्पाप छ। 
कोमल भन्थे, कोमल भन्थे
फूलको धारले रेटेको पनि देखियो

रोइरोई नछुटिने, कसम खानेले, कसम खानेले
हाँसी-हाँसी कसम तोडेको पनि देखियो

प्रेम वरदान हो, दुइ आत्माको 
संगम भन्थे, संगम भन्थे
कोहीकोही ले त आत्मा बेचेको पनि देखियो

सबको भगवान छ, भगवानले 
हेर्छन भन्थे, हेर्छन भन्थे
तिम्रो भगवानले हेरेको पनि देखियो

मायाँको आधारमा सम्झौता नै हुन्छ / Mayako Aadharma Samjhauta Nai Hunchha

मुटुका हरेक नशामा / Mutuko Harek Nasama Tato Sahas (National Song)
(V: Narayan Gopal, M: Chandra Raj Sharma, L: Bhairab Nath Rimal)

मेरा सबै रात अब / Mera Sabai Raat Aba Maatharu Bhaye
(V: Narayan Gopal, M: Chandan Lumjel, L: Norden Rumba)

मेरो आँखालाई राख्ने / Mero Aankhalai Rakhne Fulbari Chhaina
(V: Narayan Gopal, M: Ambar Gurung, L: Haribhakta Katuwal)

मेरो कथा खाली खाली निन्द्रामा खोज / Mero Katha Khali Khali

मेरो गीत म उभेको धुलोले सुनोस / Mero Geet Ma Ubheko
(V: Narayan Gopal, M: Gopal Yonjan, L: Nagendra Thapa)

मेरो गीत मेरै प्रति बिम्ब होईन / Mero Geet Merai Pratibimba Hoina

मेरो जोवन लैजाऊ / Mero Joban Laijau
(V: NG & Meera Rana, M: Gopal Yonjan, L: Gopal Yonjan)

मेरो प्यारो ओखलढुंगा / Mero Pyaro Okhaldhunga
(V: Narayan Gopal, M: Narayan Gopal, L: Siddicharan Shrestha)

मेरो बेहोशी / Mero Behosi Aaja Mero Lagi Parda Bho
➤ Singer – Narayan Gopal
➤ Music – Narayan Gopal 
➤ Lyrics – Ishwar Ballav

मेरो बेहोसी आज मेरो लागि पर्दा भो
छोट्टिए पिर सबै दु:ख सबै पर्दा भो

यो नशा जिन्दगी हो या हो नशा रक्सीको
के हो यो पिरती हो नयाँ नयाँ प्रेयसी हो
जे थिए स्वप्न सबै नै पग्लिएर पानी भो
के बिहान साँझ सबै जिन्दगी नै पर्दा भो

मेरो यो मात यहाँ के हो तिमी भनिदेऊ
मेरो यो आश यहाँ के हो तिमी भनिदेऊ
जे थिए यात्राहरु ती अल्झिएर बाधा भो
हराए गीत सबै हार सबै पर्दा भो

मेरो यो गीतमा जुन मुर्छना छ / Mero Yo Geetma Jun Murchhana Chha
(V&M: NG, L: Haribhakta Katuwal)

मेरो सानो संसार तिमीलाई अटेन / Mero Sano Sansar Timilai Atena

मैले गाएको गीतमा तिम्रै हँसिलो मुहार छ / Maile Gayeko Geetma Timrai

मैले पुन्य मन पराएँ  / Maile Punya Man Paraye
➤ Singer – Narayan Gopal
➤ Music – Gopal Yonjan
➤ Lyricist – Ramman Trishit

मैले पुण्य मनपराएँ, या पाप मनपराएँ
जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ...
 
जब फुल र काँडा दुइटा, सँगै रमाउन सक्छ
जब दागको रंगमा पनि, टिका समाउन सक्छ
नसोध मैले बरदान, या श्राप मन पराएँ
जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ...
 
तिमीसँग लिनुपनि छ, तिमीलाई दिनुपनि छ
हाम्रो हिसाब किताबमा, सच्याउनु पनि छ
यो हिसाब भुलेर तिमीलाई, बेहिसाब मनपराएँ
जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ...

मोहनि लाग्ला है / Mohoni Lagla Hai Gauleko (Movie: Chino, 1991)
➤ Singer – Narayan Gopal & Asha Bhosle
➤ Music – Ranjit Gazmer
➤ Lyricist – Tulsi Ghimire

मोहनी लाग्ला है, गाउलेको बोलीले, डाडाकाडा छहराको गीतले
ख्याल ठठ्टा नगर, अल्झेला बगर, बिर्सनेलाई सम्झनाको गीतले

कुन संजोग होला, कुन दैव होला, भेट भयो बगर
कुन गाउ होला, कुन ठाउँ होला, बस्ने कुन शहर

कुन संजोग होला, कुन दैव होला, भेट भयो बगर
झलमल्ला होला, जुन ठाउँ होला, काठमान्डौ शहर 

यो मन उड्यो, जुनतारा छुन, जुनतारा टाढो छ 
आकासै बाध्न, सजिलो होला, मन बाध्न गाह्रो छ

यो मन उड्यो, जुनतारा छुन, जुनतारा टाढो छ
मायाले मन, बाधीएपछी, फुकाउनु गाह्रो छ

No comments: