नारायण गोपालले गाएका सबै गीतहरु - 1

१ (अ-अ:), २ (क-ङ), ३ (च-ञ), ४ (ट-ण & त-न), ५ (प-भ), ६ (म), ७ (य-ज्ञ)

अ-अ: 

अल्झेछ क्यारे पछ्यौरी तिम्रो  / Aljhechha Kyare Pachheuri Timro 

➤ Singer:  Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Bhupi Sherchan

अल्झेछ क्यारे, पछ्यौरी तिम्रो, चियाको बुटामा
बल्झेछ क्यारे, सिमलको काँडा, कलिलो खुट्टामा
 
आउँथ्यो कि चेली, भनेर आमा, दोबाटो धाएकी 
तीजमा पनि, बिर्सिछ क्यारे, गरिब माईती
सल्ला झैं आमा, सुसाई रहिन्, एक्लै कोठामा
 
छोरीलाई आषिस थाप्न पाईन अन्तिम कालैमा
भन्थेनी बाबाले आँशु झारी टिकाको थालीमा
त्यहि आँशु टिका पठाईदिऊँ कि सालको पातमा
 
भन्थेनी दाईले भाईटिकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रेणी लर्केला
दिनभरी काग कराई रह्यो बेलको ठुटामा

अहिले सम्म बाँचेका मेरा / Ahile Samma Bacheka Mera

➤ Singer: Narayan Gopal
➤ Music: Narayan Gopal
➤ Lyricist: Gopal Yonjan

अहिले सम्म बाँचेका मेरा बियोगलाई 
निधर्क्क निधर्क्क आएका बर्ष हरुलाई 

जसरी निलेको छ सुन्यले यो रातलाई 
त्यस्तै निलेको छु मैले मेरो जवानीलाई 
मिलेको छ आजले  ब्यर्थै  अतितलाई 
त्य्स्तै पिएको छ आखाले आँसु हरुलाइ
अहिलेसम्म बाचेको ...

अब तिम्रो मायाको केही अर्थ छैन मलाइ 
जस्तै स्पर्शको आभास  हुदैन ढुङ्गालाई 
थुपारी दिएको छु ब्यर्थै पिडाहरुलाई 
सदा साँझ शरीर भर दिने  लासहरुलाई 
अहिलेसम्म बाँचेका...

आँखा छोपी नरोऊ भनि / Aankha Chhopi Narou Bhani
➤ Singer – Narayan Gopal 
➤ Music –  Narayan Gopal 
➤ Lyrics – Kali Prasad Rijal

आखाँ छोपि नरोउ भनि भन्नु पर्या छ
मुटुमाथि ढुङ्गा राखि हाँस्नु पर्या छ

भोलि उठि कहाँ जाने केहि थाहा छैन
फर्कि आउने हो कि होइन केहि थाहा छैन
बाचा छिटै आउछु भनि गर्नु पर्या छ

छाति भरि गाउँ बेसि पखेरिको छाँया
आँखा भरि मेला पात मायालुको माया
आफैलाइ छाडि कतै जानु पर्या छ

भन्ने कुरा कति थियो, छाति भित्रै रह्यो
परेलिका ओठबाट आँशु झरि रह्यो
कुल्चिएर आफैलाइ हिँड्नु पर्या छ

आज भोलि हरेक साँझ / Aja Bholi Harek Saajh

➤ Singer – Narayan Gopal 
➤ Music – Bhim Birag
➤ Lyrics – Bhim Birag

आज भोलि हरेक साँझ मात्तिन थलेछ
जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ

रहरै रहरमा पिएँ बिबश भएर पिएँ
दुखमा पिएँ सुखमा पिएँ, 
पिउँदिन पिउँदिन भन्दै पिएँ
आजभोली जिन्दगानी छोट्टिन थालेछ
जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ

मन्दिरमा बसेर पिएँ मसानमा लडेर पिएँ
नाचेर पिएँ हाँसेर पिएँ, 
एकान्तमा कहिलेकाहीँ रुँदै पिएँ
आज भोलि हरेक रात रक्सिन थालेछ
जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ

आज र राति के देखें सपना / Aaja Ra Rati Ke Dekhi Sapana
➤ Singer – Narayan Gopal
➤ Music –  Natikaji
➤ Lyrics – Madhav Ghimire

आजै र राति के देखे सपना मैं मरि गएको
बतास बिमुख हांगाको फूल भइ झरी गएको

मर्स्याङ्ग्दि नदी नरमाइलो सुसाइरहेको
कहाँ हो कहाँ बादलभित्र म रोइ रहेको

वारी र पारी घाम र छाया माझैमा पियार
संसारमा जन्म दियर ईशवर बैंसमा नामार

आजै र राती के देखे सपनामै मरी गएको
बतास बिमुख हांगाको फूल भई झरी गएको

आँखाको भाका / Aankhako Bhaka 

➤ Singer: Narayan Gopal
➤ Music: Narayan Gopal 
➤ Lyricist: Ratna Shamsher Thapa

आँखाको भाका आँखैले, राम्ररी बुझी सम्झनु 
सुटुक्क दिउँला म मन, कसैलाई तिमि नभन्नु 

आँखैमा कसैको तस्बिर बसेछ / Aankhaima Kasaiko Tasbir Basechha
➤ Singer:  Narayan Gopal, Mira Rana
➤ Music: Sambhujeet Baskota/Natikaji
➤ Lyricist: Neer Shah

आँखैमा कसैको तस्बिर बसेछ, 
तस्बिर बनेको छ मायाँको नमेटिने रंगले 
यो मन कसैको रुपमा फँसेछ, 
सपनीमा जस्तै अनायसै नजानिदो ढंगले 

के भन्छ मुटुको ढुकढुकीले, शायद तिम्रै नाम लिदैछ 
चोखो मायाँको बन्धनलाई, दिगो राख्ने विश्वास दिँदै छ 

मिलि जुली हेहे झिली मिलि जीवनको बत्ति बालूं कि 
बिश्व भरिको इश्वर अगाडी सिउँदोमा सिन्दुर हालूं कि 

आमा तिमीलाई जंगल भरि नै / Aama Timilai Jangal Bhari Nai
➤ Singer:  Narayan Gopal
➤ Music: 
➤ Lyricist: 

(आमा तिमीलाई, जंगल भरि नै, हाँगाको औँलाले) x2
(उभ्याउन खोज्छिन्) x2
त्यही समाई आउ, आँसु नबहाउ, तिमी मुस्कुराउ
(उनी ठानी दिन्छिन्) x2
आमा तिमीलाई, जंगल भरि नै, हाँगाको औँलाले

(शिर त्यो उठाउ, आँखा माथि लाउ,
चन्द्र सूर्य झण्डा, आकाशमा बहाउ) x2
(तिमी यश कमाउ, देशलाई सजाउ,
आमा तिमी बाट, यही आश गर्छिन्) x2

(आमा तिमीलाई, जङ्गल भरी नै, हाँगाको औँलाले) x2
(उभ्याउन खोज्छिन्) x2
त्यही समाई आउ, आँसु नबहाउ, तिमी मुस्कुराउ
(उनी ठानी दिन्छिन्) x2
आमा तिमीलाई, जंगल भरि नै, हाँगाको औँलाले
(हाँगाको औँलाले) x2

ईश्वर तैंले रचेर फेरी / Ishwor Taile Rachera Feri Kasari Bigaris
➤ Singer:  Narayan Gopal
➤ Music: Narayan Gopal
➤ Lyricist: Laxmi Prasad Devkota

ईश्वर तैंले रचेर फेरी कसरी बिगारीस् ?
सृष्टिको फुल रोपेर तेस्तो कसरी लतारीस् ?
ती फुल हरे मलाई दिई कसरी पछारीस् ?

हे दिदी, मैले ती मुना देख्दा मुनाको मुहार
ती मुना पनि मर्दछन् जस्तै भन्ने थिएन बिचार
मुना छातीको जुहार

पृथ्वी तिर नहेर मुना म पनि आउँछु
आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु
प्रेमको हिरा छुटेको तल म लिई म आउँछु

(कसरी खायो आगोले दिदी कमलको शरीर
कसरी खायो आगोले दिदी कमलको शरीर)२
म यहाँ बस्दिंन अब, म यहाँ बस्दिंन
 
एउटा मान्छेको मायाले कति / Euta Manche ko Mayale Kati
➤ Singer:  Narayan Gopal
➤ Music:  Narayan Gopal
➤ Lyricist: Chandani Shah

एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा
एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा

शिशिर यामको जाडोमा पनि फुल्दछ फूल मुस्कानको
अँध्यारो औंसीको रातमा पनि बल्दछ दियो बिश्वासको
नयनभरिको आँसुमा पनि बसेको हुन्छ तस्वीर त्यो
हृदयभरिको चोटमा पनि लुकेको हुन्छ मायालु त्यो

बिछोड हुँदाको दुखमा पनि भरोसा हुन्छ मिलन को
झगडा हुँदाको बेलामा पनि पत्यार हुन्छ साहराको
मायालु बिनाको हुँदो हो कति उराठ लाग्दो संसार यो
पिरती बिनाको हुँदो हो कति निरास एक्लो सम्झना यो

ए कान्छा ठट्टैमा यो जोवन / Eh Kancha Thattai Ma Yo Joban

➤ Singer –  Narayan Gopal  & Tara Devi
➤ Music –  Narayan Gopal
➤ Lyricist – Ratna Shumsher Thapa

ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो
जादैन वाचा खेर, पर्ख लिन आउला  

मिर्मिरे उषामा, औठी साट्न आउनु
सिरमा रेशमी फेटा बाँधी आउनु
अमुल्य हीरालाई, फुलैफुलको डोली
बाजालाई अघि लाई, बैशाखैमा आउला

ओभानो सिउदोमा, सिन्दूर छरीदिउला
सुनको चुराले, नाडी सजाई दिउला
सितारा जडेको, घुम्टो म ओढी
सुस्तरी,लाजले निहुरी म आउला

Lyrics

ए मलाई मायाँ गर्छु भन्नेहरु / Ye Malai Maya Garchhu
➤ Singer:  Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan

ए मलाई माया गर्छु भन्ने हजुर, कहिले माया पनि देखाउने गर 
तिम्रो टाढाको म्वाइँ पुगेन मलाई, बरु आई मलाई सताउने गर
 
भावनामा नआऊ तिमी , यादमा नआऊ 
तन्नेरीको सपनाजस्तै विस्वादमा नआऊ 
प्रीतिको फूल टिप्नुपर्छ भने, काँडा देखि डराई नभाग्ने गर 

मान्छे के के भन्छन् तिमीलाई , मनले के के भन्छ 
साँचो साँचो कुरा भन तिमी ती सबैले सुन्छ 
नलुकाई मनका सारा विम्बहरु, मन खोली मलाई देखाउने गर

**



नारायण गोपाल गुरुवाचार्य (Narayan Gopal Guruwacharya) (1939-1990) नेपालको चर्चित सदाबहार गायक हुनुहुन्छ । सन् 1960 देखि 1990 सम्मको ३० बर्षको गायकी यात्रामा उहाँले १३६ गीतहरु गाउनु भएको छ जस मध्ये १००+ गीतहरु नेपाली श्रोता माझ चर्चित सदाबहार गीतका रुपमा रहेका छन् । नेपाली संगीत क्षेत्रको सर्बश्रेष्ठ गायकको रुपमा उहाँलाई "स्वर सम्राट"को उपाधिले पनी सम्मानित गरियको छ | उहाँले १८ ओटा नेपाली चलचित्र तथा एक गीती नाटक (मालती मंगले)मा पनी स्वर दिनु भएको छ |

चलचित्र (Movies) (18) 
#हिजो आज र भोलि/ Hijo, Aaja, ra Bholi (1968): 
#परिवर्तन/ Parivartan (1971): * Bahiniko daya chha bhane * Timile Malai Samjhine Chhainau * Jatiko Maya Mechilai Uti mahakali lai  
#मनको बाँध / ManKo Bandh (1974): * Basi Ramro Deurali * Kasturi He Baas Aauchha Bhanchhan 
#सिन्दुर / Sindoor (1980): * Ko Kasko Ho * Luku Luku Lagyo Malai 
#बदलिँदो आकाश / Badlido Aakash (1983): * Janminu Parchha Harek Manis  
#कान्छी / Kanchhi (1984): *Chhoriko Janma Hareko Karma
#लाहुरे / Lahure (1998): * Birtako Chino Beerko Santan * Pahadako Maathi mathi *  
#चोट / Chot (1990): * Birahi Maya Adhuro Rayo  
#कोशेली / Kosheli (1990): * Jindagani Goretoma Gham Chhaya Ho  
#चिनो / Chino (1991): * Mohoni Lagla Hai * Timro Manma Lukeko Kura * Janmera Kokhama Kasaiko 
#मायाँ / Maya (1991):  
#कान्छी/ Kanchhi (1991): *Himal Sari Ma * Chhoriko Janma 
#दक्षिणा / Dakshina (1994): * Yo Mutulai Kasari  #Meetjyu (1995): * Yaha Bachne Har Diwana Lai
( M: Amber Gurung, L: Madhab P Ghimire)

* आज भोलि दुख्दैन गोडा, मैले काँडो टेके पनी/ Aaj Bholi Dukhdaina Goda - Narayan Gopal
* म जहाँ जाउँ ठक्कर खान्छु, म कहाँ जान्छु र / Ma Jaha Jaha Jaau Thakkar Khanchhu - Narayan Gopal
*गीतैले बोलाई दरौंदीलाई / Gitaile Bolai Daraudilai- Narayan Gopal
*आमा हो.. रुन्छु पाऊ समाती /Aama Ho.. Runchhu Paau Samati- Narayan Gopal
*यो मायाँ क्या राम्रो /Yo Maya Kya Ramro- Narayan Gopal
*सँधै त तिमि / Sadhai Ta Timi Ujeli Muhar (V: Narayan Gopal/Tara Devi)
*शिरको टोपी भुईंमा राखी / Shirko Topi Bhuima Rakhi  (V: Narayan Gopal)
*शिर झुक्यो लाजैले हो कि / Shir Jhukyo Laajle Ho Ki -Narayan Gopal
*हे.. कुन्जमा गुन्जियो / He Kunjama Gunjiyo (V: Narayan Gopal/Tara Devi)
*मलाई पनि लैजाउ/ Malai Pani Laijaau (V: Tara Devi)
*Dhoka Khol Malati Dhoka Khol Ho (V: Narayan Gopal)

No comments: