१ (अ-अ:), २ (क-ङ), ३ (च-ञ), ४ (ट-ण & त-न), ५ (प-भ), ६ (म), ७ (य-ज्ञ)
क ख ग घ ङ
कसरि म भुलें / Kasari Ma Bhule, Ke ma ma bhule
➤ Singer – Narayan Gopal
➤ Music – Madhu Chhetri
➤ Lyrics – Bhim Birag
कसरि म भुलें, के मा म भुलें
तिम्रो ओँठमा, तिम्रो मुस्कानमा
आँखामा कि, भाकामा
कसरि म भुलें, के मा म भुलें
पानीभित्र डुबीबस्छ, चन्द्रमाको छायाँ
सपना भित्र, मन भुल्छ, मनभित्र माया
तिम्रो रुपमा कि रंगमा, के मा म भुले
कसरि म भुलें, के मा म भुलें
गहिराइमा, सागर भुल्छ, सागरमा पानी
तिमीलाई खोजिबस्छ, आँखाका यी नानी
तिम्रो साथले कि बातले, के मा म भुलें
कसरि म भुलें, के मा म भुलें
➤ Singer – Narayan Gopal
➤ Music – Madhu Chhetri
➤ Lyrics – Bhim Birag
कसरि म भुलें, के मा म भुलें
तिम्रो ओँठमा, तिम्रो मुस्कानमा
आँखामा कि, भाकामा
कसरि म भुलें, के मा म भुलें
पानीभित्र डुबीबस्छ, चन्द्रमाको छायाँ
सपना भित्र, मन भुल्छ, मनभित्र माया
तिम्रो रुपमा कि रंगमा, के मा म भुले
कसरि म भुलें, के मा म भुलें
गहिराइमा, सागर भुल्छ, सागरमा पानी
तिमीलाई खोजिबस्छ, आँखाका यी नानी
तिम्रो साथले कि बातले, के मा म भुलें
कसरि म भुलें, के मा म भुलें
कस्तुरी हे बास आउछ भन्छन / Katuri He Baas Aauchha Bhanchhan (Movie: Manko Baandh)
Collection: Jhalak Man Gandarbh (Nepali folk song)
कस्तुरी हे, बास आउछ भन्छन
सुन माया, आउदैन त्यो किन, हो यो दिनैमा
हो...ओ...पहिले माया हाँसेर लायौ
सुन माया, अहिले पो चाल पायौ, हो यो दिनैमा
तिम्रो माया छ एकातिर
सुन माया, न हेर मतिर, हो यो दिनैमा
हो...ओ... आकाशैका नौ लाखे तारा
सुनमाया, आँसुका नौ धारा, हो यो दिनैमा
कहिले काँही म हाँस्छु/ Kahile Kahi Ma Haschhu Dherai Ber Haschhu
➤ Singer – Narayan Gopal
➤ Music –
➤ Lyrics –
कहिले काँही म हाँस्छु धेरै बेर हाँस्छु
जो हाँसी रहे छन् केवल उनि हरुको माझ हाँस्छु
केहि चोटले / Kehi Chotle Gyani Hunchha Dherai Chotle Bani Hunchha
➤ Singer – Narayan Gopal
➤ Music – Gopal Yonjan
➤ Lyrics – Gopal Yonjan
केहि चोट ले ज्ञानी हुन्छ , धेरै चोट ले बानि हुन्छ
मेरो मन भाँच या साँच, मलाई अब जे गरे हुन्छ
मान्छेले गर्ने कर्म हरु के ले असल खराब हुन्छ,
आफ्नो अपजस हातहरुले जे गर्यो तेहि खराब हुन्छ
डढेको मन बाँधी राख सबै एकछिन मा खाक हुन्छ
मेरो मन भाँच या साँच मलाई अब जे गरे हुन्छ
न त पिडा ले आतिन्छु न त माया ले मातिन्छु
मलाई दोष देउ या देउ गुहार कालो रंग मा जे पोते हुन्छ
के को बत्ति नदेख्ने लाइ मेरो पिडा समान हुन्छ
मेरो मन भाँच या साँच मलाई अब जे गरे हुन्छ
केहि मिठो बात गर / Kehi Mitho Baat Gara
केही मिठो बात गर रात त्यसै ढल्किँदैछ
भरे फेरि एकान्तमा रुनु त छँदैछ
रमाइलो कुरा गर सपनाको कुरा गर
सँगसँगै बिताएका सम्झनाको कुरा गर
दुःख छोड, दुःखलाई त जिन्दगानी छँदैछ
भरे फेरि एकान्तमा रुनु त छँदैछ
आउ नाचौँ अँध्यारोमा जूनकीरी नाचे जस्तै
बतासमा उडौँ आज सिमलको भुवा जस्तै
दुई कदम साथ हिडौँ छुट्टिनु त छँदैछ
भरे फेरि एकान्तमा रुनु त छँदैछ
को कस्को हो/Ko kasko ho Kasle chinna sakchha ra
को कस्को हो, को कस्को हो, कसले चिन्न सक्छ र
सिन्दुर हो या, धुलो हो जीवन, कस्ले भन्न सक्छ र
आँखा नै हो मिठो सपना देख्नु गल्ति होईन
मुटु नै हो चोखो मायाँ गर्नु गल्ति होईन
बिति सकेका कुरा हरु लाई कसले साँच्न सक्छ र
को कस्को हो...
देखिएको आफ्नो हैन लेखिएको नै हो
खोजिएको आफ्नो हैन भेटिएको नै हो
बगी सकेको आँसु लाई कसले थाम्न सक्छ र
को कस्को हो...
गल्ति हजार हुन्छन / Galti Hajar Hunchhan Yaha Hosh Harayeko Bela
गल्ती हजार हुन्छन, यहाँ होश हराएको बेला
एक्लै तिमी नआउ, म मात्तिएको बेला,
म मात्तिएको बेला...
मेरा यी हातहरुले कहीं घात गर्न सक्छ
अनि प्यारो गर्दा गर्दै, पाप पनि गर्न सक्छ
रुपको के मुल्य हुन्छ, म पशु भएको बेला?
एक्लै तिमी नआउ, म मात्तिएको बेला
कहीं धर्म गर्ने निहुमा बलिदान हुन नपाओस्
सम्पूर्ण अंग बाधी अत्याचार हुन नपाओस्
मेरा कामनाहरुले मलाई हराई दिन्छ
तिमी भन्दा तिम्रो योवन कहीं मन पराईदिन्छ
रक्षक मलाई नसम्झ, राक्षश भएको बेला
एक्लै तिमी न आउ म मात्तिएको बेला
No comments:
Post a Comment