राम कृष्ण ढकाल (Ram Krishna Dhakal)

अझै पनि लजाउँछ्यौ / Aajhai Pani Lajaunchhau
➤ Singer - Ramkrishna Dhakal
➤ Music - Deepak Jungam
➤ Lyrics - Raman Ghimire

अझै पनि लजाउँछ्यौ, बेहुली झैं उसै गरि 
अझै पनि रिसउँछ्यौ, घुर्क्याउँछ्यौ उसै गरि 
आधा उमेर बिति सक्यो, जिन्दगीको यसै गरि 
खुसि तिम्रो मुस्कानमा, फक्रेकै छ उसै गरि 

रहर मात्र कहाँ फुल्छन, बाधा पिर बिझी दिन्छन 
हास्दा हास्दै आँखाभरी, यी चोटहरु छल्कि दिन्छन 
गुलाफी ति आधरमा लुकाएरै तर फेरी 
अझै पनि बाँढदछयौ सुखहरु उसै गरि
अझै पनि रिसउँछ्यौ, घुर्क्याउँछ्यौ उसै गरि 

धेरै इच्छा सम्झौतामा पुर्दा पनि खुसि हुन्छौ 
अति पिरे बेदनाले एकान्त मै रोइ दिन्छौ 
उदासीको बोझलाई हृदय मै गाँठो पारी 
अझै पनि माया गर्छयौ मलाई तिमि उसै गरि 
अझै पनि रिसउँछ्यौ, घुर्क्याउँछ्यौ उसै गरि 

ओराली लागेको हरिणको/ Orali Lageko Harinko Chaa Bho
➤ Singer - Ram Krishna Dhakal
➤ Music - Nyhoo Bajracharya
➤ Lyrics - Ananda Adhikari

ओराली लागेको, हरिणको चाल भो
बाचुन्जेल सम्मपनि मरेकै हाल भो
छल गर्यो मायाले, छल गर्यो मायाले

मुहारै राम्रो शिरिष जस्तो, जुनतारा हार खाको
त्यो जोडी देख्दा, सबैले भन्थे, इश्वरकै वर पाको
माया त रैछ धारिलो छुरा, रेटिनै पर्यो नि
बासै उठाउने, कस्तो यो खेल भो?
जीवनमा धेरै-धेरै, धेरै नै झेल भो

सबैको देख्छु हासी र खुशी, सिखर को बाटो मा।
आफ्नो त बरै भाग्य नै फाट्यो मायाकै फाटोमा।
दुइ-चार दिनको त्यो मृगतृष्णा, क देख्नु पर्यो नि
झिरै मा उनेको माछी झैँ हाल भो।
जिन्दगी देखि अब, खुशी नै पार भो

कहिले छायाँसँग खसेँ / Kaile chhaya sanga khase
➤ Singer - Ram Krishna Dhakal
➤ Music - 
➤ Lyrics - Dinesh Adhikari

कहिले छायाँसँग खसेँ, कहिले आँधीबीच पसेँ
जिन्दगीमा धेरै चोटि आफैँसँग टाढा बसेँ

जिन्दगीले घेरिरह्यो कतै जान पाइएन
मात्तिएर छेउकुना छुन पनि पाइएन
जत्ति रिस उठे पनि आफैँलाई मात्र डसेँ
जिन्दगीमा धेरैचोटि आफैँसँग टाढा बसेँ

नचाहेका कति कुरा टार्न पनि चाहिएन
दुखिरह्यो आफ्नै सास, रुन पनि पाइएन
कस्तो जुनी पाइएछ आफ्नै हेराइमा फसेँ
जिन्दगीमा धेरैचोटि आफैँसँग टाढा बसे 

जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ / JindagiMa Dherai Kura Garna Baki Chha
➤ Singer – Ram Krishna Dhakal
➤ Music – Chandan Shrestha
➤ Lyricist – Kshetra Pratap Adhikari

जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ 
सबै भन्दा ठुलो कुरा मर्न बाँकी छ
 
धेरै तरें खोला हरु बगें धेरै चोटी
कस्तो जुनी दियौ आमा धन्न कोटी कोटी 
अब एउटा मनको खोला तर्न बाँकी छ 
सबै भन्दा ठुलो कुरा मर्न बाँकी छ 

पहरा मा फुलें क्यारे परेली मा फुलें
चमेली र बाबरिको तरेली मा फुलें
फुल्न सम्म फुलें अब झर्न बाँकी छ 
सबै भन्दा ठुलो कुरा मर्न बाँकी छ 

बिहान उठ्ने बित्तिकै / Bihan uthne bittikai Himal Dekhna
➤ Singer - Ram Krishna Dhakal
➤ Music - Alok Shree
➤ Lyrics - Kali Prasad Rijal

बिहान उठ्ने बित्तिकै, हिमाल देख्न पाइयोस्
यी हातले सधै सधै, नेपाल लेख्न पाइयोस्

नेपाली श्रम र सिपको प्रवाह दिगन्त फैलियोस्
मलाई टेकी खुड्किलो, यो देश माथी उक्लियोस्
नेपालको म सन्तती, सगर्व भन्न पाइयोस्

मलाई छैन चाहना, मरेर स्वर्गमा पुगौ
छ कामना यहि मेरो, बरु म नर्क मै परु
जहाँ पुगेपनि तर नेपाली भेट्न पाइयोस्
नेपाली भन्न पाइयोस्

यो सुर्य चन्द्र को ध्वजा, मेरै रगतले रंगियोस
यहीको जल अन्जुली भर् निलेर मर्न पाइयोस्
स्वदेशको निम्ती, यो शिर चढाउन पाइयोस्

मन पराउने हजार / Man Paraune Hajar Bhetinchhan
➤ Singer - Ram Krishna Dhakal
➤ Music - Shambhujeet Baskota
➤ Lyrics - Kali Prasad Rijal

मन पराउने हजार भेटिन्छन, जुनि काट्ने एउटै हुन्छ
जति रुवावोस धरधरी रुवावोस, आफ्नो मान्छे आफ्नै हुन्छ

जति भुलु शहरको रमझममा मन त आफ्नो गाउँमै हुन्छ
साथी सुखमा हजार भेटिन्छन दुख बाड्ने एउटै हुन्छ

अब भूल गर्दिन भन्छु मान्छे हू गल्ती नै हुन्छ
मेरो भागवानले सब माफ दियो देउता भन्नु देउतै हुन्छ

रिसाउदा नि आफ्नै / Risaudani Aafnai Khushi Huda Ni Aafnai
➤ Singer - Ramkrishna Dhakal
➤ Music - Shambhujeet Baskota
➤ Lyrics - Raman Ghimire

रिसाउदा नि आफ्नै, खुशी हुँदा नि आफ्नै
सधैभरी तिमी मेरी, जे गरे नि आफ्नै

कहिले खुशी फिजाएर दुख टिप्दै फाल्यौ
कहिले दुख छाती भित्र लुकाएर हाँस्यौ
कयौं याद बदालिए तर तिमी आफ्नै

कहिले कहिँ सँगै रोयौ कहिले सँगै हाँस्यौ
आँगलोमा बाँधिएर दुख सुख बाड्यौ
बर्षौ बित्यो घामछाँयामा तर तिमी आफ्नै

हिरा काट्ने हिरैमा राखेर / Hira Katne Hiraima
➤ Singer – Ram Krishna Dhakal
➤ Music –  Alok Shree
➤ Lyrics – Ananda Adhikari

हिरा काट्ने हिरैमा राखेर, दुख काट्ने, दुखैमा हासेर
भन्न सजिलो, धेरै सजिलो, कसले पो बुझ्छ र, मनको पहिरो
दैब छोडेर, दैब छोडेर

दुई छेऊ सिक्काको झै, सुख दुख सरोबरी
हुन्न रैछ कहिले पनि, सबैलाई बरोबरी
आफ्नो दुख पहाड भन्छन, अरुको तराई
गार्है पर्दो रैछ बाच्न, भित्री मन जलाई

कहिले प्रीतको फूल पनि, बिष लाग्ने बन्छ पासो
एउटाको आँसु झर्दा, अर्कोको छुट्छ हाँसो
सकिदैन बनाउन, मन जाँच्ने कसी
बेग्लाबेग्लै हुन्छ क्यारे, भाग्य लेख्ने मसी

कहिले सम्झेर रोएँ / 
Kaile Samjhera roye Kahile Bhulera Roye
➤ Singer - Ram Krishna Dhakal
➤ Music - Shakti Ballav
➤ Lyrics - Kali Prasad Rijal
कहिले सम्झेर रोएँ, कहिले भूलेर रोएँ 
आसुँका बुँद परेलीमा, उनेर रोएँ 
रुने छैन भनि बाचा त गरे 
यहि बाचा सम्झी, धरधरी रोएँ 
ओठमा मुस्कान च्यापेर हिँडेको छु म 
हाँसी हाँसी म त, हाँसोमा लुकेर रोएँ 
कहिले काहीं त एकान्त माझ सुस्तरी रुन्थें 
के भयो कुन्नि आज बेसरी रोएँ 


उमेर ढल्दै जाँदा / 
Umer dhaldai jada... (2017)
➤Singer– Ram Krishna Dhakal
➤Music – Alok Shree
➤Lyricist –Dr. Bhola Rijal
उमेर ढल्दै जाँदा झनै मायाँ बढ्दो रहेछ 
यस्तै बेला एक अर्काको साथ चाहिँदो रहेछ 

कहाँ गयो होला / Kaha Gayo hola... 
➤ Singer - Ram Krishna Dhakal
➤ Music - 
➤ Lyrics - Kali Prasad Rijal

कसको अब फेरी पत्यार यहाँ  / Kasko Aba Feri Patyar Yaha...
➤ Singer – Ram Krishna Dhakal
➤ Music – Shakti Ballav
➤ Lyricist – Kanchan Pudasaini
Kasko Aba Feri Patyar Yaha, 
Nagare Pani bho aba pyar yahan

चरीले त छाडेर गैहाल्यो / Charile ta chhadera gaigayo...  
➤ Singer - Ram Krishna Dhakal
➤ Music - Alok Shree
➤ Lyrics - Kali Prasad Rijal

छाडी गएँ भने पनि / Chhadi gaye bhane pani... 
➤ Singer - Ram Krishna Dhakal
➤ Music - Shakti Ballav
➤ Lyrics - Kali Prasad Rijal

तिम्रो याद आउँदा अचेल / Timro Yaad Aauda Achel Kasto Kasto Hunchha...
➤ Singer - Ramkrishna Dhakal
➤ Music - Alok Shree
➤ Lyrics - Raman Ghimire
तिम्रो याद आउँदा अचेल, कस्तो कस्तो हुन्छ 
हिउँचुलीमा पहिलो झुल्का, घामले छोए जस्तो हुन्छ

थोरै थोरै रिस अनि / Thorai thorai rish ani... 
➤ Singer - Ram Krishna Dhakal
➤ Music - Alok Shree
➤ Lyrics - Kali Prasad Rijal
थोरै थोरै रिस अनि धेरै धेरै माया 
रिसमा पनि देख्छु म त मायाको नै छाया

बाँचुन्जेलीलाई / Bachunjelilai...
➤ Singer –  Ram Krishna Dhakal & Lata Mangeskar
➤ Lyrics – Ananda Adhikari
➤ Music –  Shikhar Santos

म हुरीमा दियो जलेको देख्छु / Ma Hurima Diyo Jaleko Dekhchhu...
➤ Singer - Ram Krishna Dhakal
➤ Music - Rajesh Thapa
➤ Lyrics - Ramesh BG

मायाँ जदौ ...रिदिमा काली मिसाको / Maya Jadau... Ridima Kali Misako
➤ Singer – Ram Krishna Dhakal & Melina Rai
➤ Music – Dipak Sharma
➤ Lyrics – Anand Adhikari

Maile ta Binti Bisako, Risani Maaf hos Jyan Lai Fakako
Yo maya ma chini misako, Muskan ma thorai thorai maha misako
Ae Jadau Maya Jadau, ridi ma kali misako
Ae Jadau Maya Jadau, Kali ma Ridi misako...

Kasle bhanchha sun lai naramro, Nambari sun lai naramro
Jasari hereni, jasari jaacheni, Maya jhai yo ta sunaulo

Maya Lai Sun Jhai Sajako, Risani maaf hos, Jyan lai fakako
Tei Sun ma Fulako subash misako, Maile ta binti bisako,
Ae Jadau Maya Jadau, Ridi ma kali misako
Ae Jadau Maya Jadau, kali ma Ridi misako

Kasale bhanchha Jun lai Naramro, Sitalu Jun lai Naramro
Daanda ma Luke ni, Badal ma chhupe ni, Maya jhai Yo ta Rasilo

Maya Lai Jun Jhai Sajako, Risani Maaf hos, Jyanlai Fakako
Junko masino Daag hatako, Maile Ta Binti Bisako ….
Ae Jadau Maya Jadau, Ridi ma kali misako...

मिठा मिठा कुरा सबै / Mitha Mita Kura Sabai Sunai Deu Ki Hajur...
➤ Singer - Ram Krishna Dhakal
➤ Music - Deepak Jangam
➤ Lyrics - Anamika

मेरो खुकुरीको / Mero Khukhuri Ko...
➤ Singer – Ramkrishna Dhakal
➤ Music – Shila Bahadur Moktan
➤ Lyrics – Rajendra Thapa

Mero khukuri ko naulo katha, Kasri sunau sathi
Paile khsthyo bairi mathi, Aaile khschu bhancha aafantai mathi

purba thiyena paschim thiyena utar dachin pani thiyena
Eutai ghar eutai pariwar parkhal katai thiyena
Man man aaja faate ko dekhchu jata tatai parkhal dekhchu
Ke bhayo kina daiba lagyo mai mathi
Mero khukuri ko...

Aash bhayena sath bhayena dhalda samaune haat bhayena
Bishwas gari angalo bhari masta nidaune kakh bhayena
Karai karai ma boli rahechu darai darai man kholi rahechu
Ke bhayo kina bajra khasyo mai mathi
Mero khukuri ko...
Paile khsthyo bairi mathi 

यो त सब भन्ने कुरा न हो / Yo ta sab bhanne kura na ho... 
➤ Singer - Ram Krishna Dhakal
➤ Music - Alok Shree
➤ Lyrics - Kali Prasad Rijal

रोएरै बसौं कि / Royerai basau ki... 
➤ Singer - Ram Krishna Dhakal
➤ Music - Nhyoo Bajracharya
➤ Lyrics - Kali Prasad Rijal

हिउँचुलीमा हिउँ बग्यो / Hinchulima Hiun Bagyo...
➤ Singer – Ram Krishna Dhakal
➤ Music – Mani Kamal Chhetri
➤ Lyrics – Mukundraj Sharma
हिउँचुलीमा हिउँ बग्यो, थाकखोलामा पानी

Hera aaja sagarmatha roi rahechha...
➤Singer - Ram Krishan Dhakal 
➤Music - Tika Bhandari 
➤Lyrics - Dr. Bhola Rijal

No comments: