जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ / Jindagi Ma Dherai Kura

➤ Singer – Ram Krishna Dhakal
➤ Music – Chandan Shrestha
➤ Lyricist – Kshetra Pratap Adhikari

जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ 
सबै भन्दा ठुलो कुरा मर्न बाँकी छ
 
धेरै तरें खोला हरु बगें धेरै चोटी
कस्तो जुनी दियौ आमा धन्न कोटी कोटी 
अब एउटा मनको खोला तर्न बाँकी छ 
सबै भन्दा ठुलो कुरा मर्न बाँकी छ 

पहरा मा फुलें क्यारे परेली मा फुलें
चमेली र बाबरिको तरेली मा फुलें
फुल्न सम्म फुलें अब झर्न बाँकी छ 
सबै भन्दा ठुलो कुरा मर्न बाँकी छ