भिम बिराग (Bhim Birag)

तिमीले पनि म जस्तै / Timile pani ma jastai, maya diyera hera...
➤ Singer - Narayan Gopal
➤ Music - Bhim Birag
➤ Lyrics - Bhim Birag
तिमीले पनि म जस्तै माया दिएर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सीहेर

सुनसान रातसँगै एकान्त भएर हेर
सागरको लहर जस्तै आशाक्त भएर हेर
आँशुका थोपा जस्तै भुईँमा खसेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सिहेर

पूजा फुल जस्तै दिन दिन मरेर हेर
ढुँगाको मुर्ति जस्तै दोबाटोमा बाँचीहेर
छातीमा एउटा घाइते मुटु बोकेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सिहेर


आजभोलि हरेक साँझ / Aaja bholi, harek saanjh, maattina thalechha...
➤ Singer - Narayan Gopal
➤ Music - Bhim Birag
➤ Lyrics - Bhim Birag
आजभोलि हरेक साँझ मातिन थालेछ
जिन्दगीदेखि जिन्दगी आतिन थालेछ

रहरै रहरमा पिएँ, बिवस भएर पिएँ, 
दुखमा पिएँ सुखमा पिएँ,पिउँदिन पिउँदिन भन्दै पिएँ
आजभोलि जिन्दगानी छोटिन थालेछ
जिन्दगीदेखि जिन्दगी आतिन थालेछ

मन्दिरमा बसेर पिएँ, मसानमा लडेर पिएँ
नाचेर पिएँ हाँसेर पिएँ, एकान्तमा कहिलेकाहीँ रूँदै पिएँ
आजभोलि हरेक रात रक्सिन थालेछ
जिन्दगीदेखि जिन्दगी आतिन थालेछ

कसरी म भुलेँ केमा म भुलेँ / Kasari ma bhule, Ke ma ma bhule...
➤ Singer - Narayan Gopal
➤ Music - Madhu Chettri
➤ Lyrics - Bhim Birag
कसरी म भुलेँ, केमा म भुलेँ
तिम्रो ओठमा, तिम्रो मुस्कानमा, आँखामा कि भाकामा

पानी भित्र डुबिबस्छ, चन्द्रमाको छायाँ
सपनाभित्र मन भुल्छ, मनभित्र माया

तिम्रो रूपमा कि रंगमा, केमा म भुलेँ
गहिराईमा सागर भुल्छ, सागरमा पानी

तिमीलाई खोजिबस्छ, आँखाका यी नानी
तिम्रो साथले कि बातले, केले म भुलेँ

फूलै फूल मात्र पनि / Fuali ful matra pani hoina raichha jeewan...
➤ Singer - Madhu Chettri
➤ Music - Bhim Birag
➤ Lyrics - Bhim Birag
फूलै फूल मात्र पनि होईन रैछ जिवन, 
काँडा बिच फुल्ने फूल रैछ जिवन
मरिदिने मानिसले बिष पिउने गर्छन्, कोहि बाँचिदिन बिष पिउने गर्छन्
बिषै बिष मात्र पनि होईन रैछ जिवन, काँडा बिच फुल्ने फूल रैछ जिवन
अरूलाई कुल्चेर अघि बढ्छ मानिस, देउता बन्ने रहरमा ढुंगा बन्छ मानिस
रहर गर्नु मात्र पनि होईन रैछ जिवन, काँडा बिच फुल्ने फूल रैछ जिवन

Galat modma jaba, modinchha jindagi...
➤ Singer - Prem Dhoj Pradhan
➤ Music - Bhim Birag
➤ Lyrics - Bhim Birag

Birsidine harulai, aba birsidinai jaati... (2019)
➤ Singer – Shishir Yogi
➤ Music – Rajkumar Shrestha
➤ Lyrics – Bhim Birag


# गीतकार: आनन्द अधिकारी, ईश्वरबल्लभ, उन्नति बोहोरा शीला, कन्चन पुडासैनी, काली प्रसाद रिजाल, किरण खरेल, डा. कृष्ण हरि बराल, गोपाल योञ्जन, चाँदनी शाह, चेतन कार्की, दिनेश अधिकारी, जनकवि केशरी धर्मराज थापा, नगेन्द्र थापा, प्रेम विनोद नन्दन, बिपिन किरण, भिम बिराग, डा. भोला रिजाल, म.बी.बी. शाह, रास्ट्रकबि माधबप्रसाद घिमिरे, यादव खरेल, रत्न शमशेर थापा, रमण घिमिरे, रमेश क्षितिज, राजेन्द्र रिजाल, राजेन्द्र थापा, राम मान तृषित, सुवास चन्द्र ढुंगेल, हरिभक्त कटुवाल, क्षेत्र प्रताप अधिकारी
# भिम विराग