चेतन कार्की (Chetan Karki)

तीजको रहर आयो बरी लै / Tijko rahar aayo bari lai... (Movie: Kanyadan)
➤  Singer: Deepa Jha, Shushma Shrestha, etc.
➤  Music: Manohari Singh (original)
➤  Lyricist: Chetan Karki

गाऔँ स्वर खोलेर दिदी र बहिनी, नाचौँला मिलेर दामली सैनी
तीजको रहर आयो बरी लै, तीजको रहर आयो बरी लै

नौ डाँडा काटेर गएका चेली, भाग्यले भेट्न पाएछौँ फेरी
को कहाँ पुग्ने हो केही थाहा छैन, आगुम भेट हुने हो होइन
मनको धोको पुर्‍याई गाऔँ, स्वरमा स्वर मिलाई गाऔँ
तीजको रहर आयो बरी लै...

भदौरे भेलले सकेन छेक्न, जन्मेको माटोमा चेलीलाई छेक्न
बिर्सेर आजलाई कर्करे सासु, आमाजु नन्दले दिएको आँशु
छिर्कीरी मारेर खेलौँला आज, जगत जमानी बिर्सेर लाज
तीजको रहर आयो बरी लै...

विश्वासै बर्सेनी हाम्रा यी माइती, बाबा र आमा नि दाजै र भाइ ती
गर्दछौँ बिन्ती महादेव हामी, युग युग बाँचुन् शिरका स्वामी
निर्जल बसेर लिएको बर्त, सफल पारिदेऊ हे दुःखहर्ता
तीजको रहर आयो बरी लै...

छोरीको जन्म हारेको कर्म / Chhoriko Janma Hareko Karma... (Movie: Kanchhi, 1984)
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Chetan Karki
छोरीको जन्म हारेको कर्म, कहाँको जन्म भोग कहाँ
जाँदैछ चेली, आँशु समेटी, माइतीलाई छोडी यहाँ

न कुनै जन्ती, न दुल्हा राजा, न त कुनै डोली न पन्चे बाजा
यो कस्तो बिदाई चेलीको आज, यहाँ रुन्छन आमा-बाबु साथी समाज
यो जन्मको धर्ती, यो खेलेको आँगन बिर्सेर जाने कहाँ
जाँदैछ चेली, आँशु समेटी, माइतीलाई छोडी कहाँ

न त कोही देख्छन, कलेजीको घाउ, मानिसको सागरमा धड्केको नाउ
काँडै काँडा लाग्छन सबै टेक्ने ठाउँ, छिया छिया मुटु, चिरा चिरा पाउ
मन खाने कसको बुझिदिने को छ, अबलाको मर्म कहाँ
त्यो आमाको काख, बाबुको आशिष मायालु कहाँ हो कहाँ

विरहमा मिलनको बरु आशा हुन्छ, मिलनमा बिछोडको संधै त्रास हुन्छ
बरु भावी तैंले सबै दु:ख नलेख्नु, यो कस्तो जीबन, यो कस्तो बन्धन न रुनु न हाँस्नु जहाँ
ढुकढुकी मनको, ज्योति नयनको, हुँदैछ पराई यहाँ

झलमल्ल हुँदैछ, यता सिउँदो खाली, टलपल छन् आँखा सिन्दुर हाली
सुबास छर्छ कहीं खुसीको बतास, कतै आँधी हुरी निराशै निराश
कहीं जन्ती बाजा कतै ठाडो शंख बताउँछन् मलामी यहाँ
डोली न डोली दुवै चढे डोली, तर यो कहाँ त्यो कहाँ

Yo Mayako Mohani...
➤ Singer:  Gyanu Rana, Prem Raja Mahat & Sunita Subba 
➤ Music: Gopal Yonjan
➤ Lyricist: Chetan Karki

Yo Otha Timra...
➤  Singer: Aruna Lama
➤  Music: Gopal Yonjan
➤  Lyricist: Chetan Karki

Sapanima Je Dekhethe...
➤  Singer: Sunita Subba
➤ Music: Gopal Yonjan
➤ Lyricist:  Chetan Karki

Ti Gajalu Aankhale...
➤  Singer: Prakash Shrestha & Sukmit Gurung
➤  Music: Gopal Yonjan
➤  Lyricist: Chetan Karki


# गीतकार: आनन्द अधिकारी, ईश्वरबल्लभ, उन्नति बोहोरा शीला, कन्चन पुडासैनी, काली प्रसाद रिजाल, किरण खरेल, डा. कृष्ण हरि बराल, गोपाल योञ्जन, चाँदनी शाह, चेतन कार्की, दिनेश अधिकारी, जनकवि केशरी धर्मराज थापा, नगेन्द्र थापा, प्रेम विनोद नन्दन, बिपिन किरण, भिम बिराग, डा. भोला रिजाल, म.बी.बी. शाह, रास्ट्रकबि माधबप्रसाद घिमिरे, यादव खरेल, रत्न शमशेर थापा, रमण घिमिरे, रमेश क्षितिज, राजेन्द्र रिजाल, राजेन्द्र थापा, राम मान तृषित, सुवास चन्द्र ढुंगेल, हरिभक्त कटुवाल, क्षेत्र प्रताप अधिकारी