धर्मराज थापा (Dharmaraj Thapa)

हरियो डाँडा माथि / Hariyo Danda Mathi Halo Jotne Saathi
➤ Singer – Dharmaraj Thapa
➤ Music –
➤ Lyrics – Dharmaraj Thapa 

हरियो डाँडामाथि हलो जोत्ने साथी
हो हो माले हो हो, हो हो तारे हो हो

चाम्रोमाटो माथि बाल्दै मनको बाती
डल्ला फर्काई‍ फर्काई ढाड मर्काई मर्काई
हो हो झुले हो हो, हो हो लुरे हो हो

अनौं हलो समाई बाँझो खान्छ कमाई
हिउँद वर्षाभरि जोत्छ यसै गरी
हो हो तिर्खे हो हो, हो हो तारे हो हो

त्यतिका दिन गयो बसेर के भयो
काम गर्ने दिन सबै भाइ हिंड

हाम्रो तेञ्जिङ्ग शेर्पाले चड्यो हिमाल चुचुरा / Hamro Tenjing Sherpa Le
➤ Singer – Dharmaraj Thapa
➤ Music –
➤ Lyrics – Dharmaraj Thapa 

हाम्रो तेञ्जिङ्ग शेर्पाले चड्यो हिमाल चुचुरा
गम्केर बजाउ खैजडी झम्केर नाच मुजुरा 
सगर माथि चम्केके नेपाल तारा तेञ्जिङ्गलाई 
छक्कै परि बिस्वले स्याबास दिन्छ हेर भाई 

नेपालीले माया / Nepalile Maya Maryo Bari Lai
➤ Singer – Dharmaraj Thapa
➤ Music – 
➤ Lyrics – Dharmaraj Thapa 

नेपालीले माया मार्यो बरी लै 
जन्मेको देश लाई नेपाली भेष लाई 
हिडेको बाटो बारीको माटो 
हासीया नाम्लो मकैको आटो 
बनको सिटि मेला कि ठिटी 
ऐसेलु दाना दिउसोको खाना 
नेपालीले...

मागेर डुल्छन आँतका भाई 
अरुकै निम्ति लड्दछन् दाई 
रोप्दै छौ हामि काट्दै छौ हामि 
दाईं हाल्छन अर्कै पाकाको आई 
नेपालीले...


सिरिमा सिरी / Siri ma siri 
➤ Singer – Narayan Gopal & Gyanu Rana Thapa
➤ Music – Dharmaraj Thapa
➤ Lyrics – Dharmaraj Thapa 

सिरिमा सिरी नी कान्छा बताश चल्यो
बावरी फूलको बासना सुन मेरो निरमाया
मायालु आयो नी कान्छा फालेर हान्दै
नबोले पनि हाँसन सुन मेरो निरमाया

ढुंगाको छानो नी कान्छी टिनको छानो
नौतल्ले घरको वहाँ सम्म सुन मेरी निरमाया
तिम्रो र हाम्रो नी कान्छी भेट र भा छैन
यो माया लैजाउँ कहाँ सम्म सुन मेरी निरमाया

उकाली ज्यानको के चिसो पानी गोगन पातले पिउँला
फूल गुँथेर देवतालाई दिउँला जोबन कल्लाई दिउँला
बाढीमा आयो नी कान्छा मर्स्यांग्दी गंगा
वारी है पिपल पारी बर सुन मेरो निरमाया
नमरी बाँचे नी कान्छा काल ले सांचे
यो माया लाउंला जनक भर सुन मेरो निरमाया

दिनै र भरि घाँस र काट्यो कोइरालो र टाँकी
आधि र बैंश यसरि गयो आधि रह्यो खाली
घाँसै र काट्यो नी कान्छी गोगन डाली
सेपिलो ठाउंमा चाँप होला सुन मेरी निरमाया
बोलेर मात्रै नी कान्छी के फाइदा हुन्छ
रिसानी भए माफ होला सुन मेरी निरमाया

Saili Rimai Chauri Gai...
Aaja Madal Bajeko Kina...
Dhuru Dhuru Narou Aama...
Aai pugyo  Railaima...
Reshamle Nani...
Aaja Malai Sancho Chhaina...
Hariyo Bhanu...
Khai Ta Malai Jali Rumal...
Timile Bhane Birseki Hauli...
Tansenko Shital...
Karma Rukho...
Bukyanima Buki Phoolyo...


जनकवि केशरी धर्मराज थापा (Dharma Raj Thapa, 1925-2014) नेपालका चर्चित कवि मात्र होइन एक कुशल लोक गायक र लोक संगीत संकलक पनि हुनुहुन्थ्यो । वहाँ कि छोरी ज्ञानु राना पनि चर्चित लोक गायिका हुनुहुन्छ । 

No comments: