दिनेश अधिकारी (Dinesh adhikari)

यो सम्झिने मन छ / Yo samjhine man chha, ma birsu kasori...
➤ Singer - Narayan Gopal
➤ Music -
➤ Lyrics - Dinesh Adhikari

यो सम्झिने मन छ, म बिर्सु कसोरि
तिमी नै भनिदेउ ए जाने निठुरि

यी औंला तीनै हुन तिमीले चुमेका
परेली यीनै हुन तिमीले पुछेका
म सक्दिन आफ्नै प्रतिबिम्ब छोप्न
म सक्दिन छाती फुटाएर जोड्न

पखाले यी आखापनी दृश्य उहि छ
जहाँ नै म हिडे पनि धर्ती उहि छ
न सक्छु म आकश चिथोरेर फेर्न
न सक्छु म जूनको उज्यलो नै छेक्न

तिमि जुन रहरले ममा फुल्न आयौ  / Timi jun raharle ma ma fulna aayau... 
➤ Singer - Narayan Gopal
➤ Music -
➤ Lyrics - Dinesh Adhikari
तिमी जुन रहरले ममा फुल्न आयौ, सबै सुख हराए, सधैँ चोट पायौ
म डुब्दो किनारा कहाँ हाँस्न सक्नु ?, व्यर्थै तिमीले मेरो हात समायौ

बैँसालु तिम्रा ती रहरहरूमा, न मैले कहिल्यै हरियाली कोरेँ
राताम्य तिम्रा ती अधरहरूमा, न मैले कहिल्यै खुसियाली पोतेँ
र, सायद रिसायौ तिमी भित्रभित्रै, न भित्री तिम्रा खुल्दुली सोधेँ

रुझे हुन् ती तिम्रा पलक र आँखा, मसँग कहिल्यै इशारा नबोल्दै
रुखे हुन् ती तिम्रा यौवन र भाखा, मसँग कहिल्यै निःश्वास नखोल्दै
र, सायद सराप्यौ सबै बैँसलाई, जो शून्यतामा बिलाए मजस्तै

सोचेजस्तो हुन्न जीवन / Soche jasto hunna jiwan...
➤ Singer - Tara Devi
➤ Music - Natikaji
➤ Lyrics - Dinesh Adhikari

सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन
जस्तो भोग्यो, उस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन

पीरहरू बटुलेर रोइरहुँजस्तो लाग्छ
खुसीहरू समेटेर हाँसिरहुँजस्तो लाग्छ
आँसु–आँसु हुन्न जीवन, खुसी–खुसी हुन्न जीवन
जस्तो भेट्यो, उस्तै हुन्छ, रोजेजस्तो हुन्न जीवन

घाम ताप्न पर्खी बस्यो, पानी उसै बर्सिदिन्छ
अँधेरोमै रमूँभन्दा उल्यालो पो सल्किदिन्छ
पानी पर्नु पनि जीवन, घाम लाग्नु पनि जीवन
यौटा रोज्यो, अर्कै मिल्छ, खोजेजस्तो हुन्न जीवन

कहिले छायाँसँग खसेँ / Kaile chhaya sanga khase ... 
➤ Singer - Ram Krishna Dhakal
➤ Music - 
➤ Lyrics - Dinesh Adhikari

कहिले छायाँसँग खसेँ, कहिले आँधीबीच पसेँ
जिन्दगीमा धेरै चोटि आफैँसँग टाढा बसेँ

जिन्दगीले घेरिरह्यो कतै जान पाइएन
मात्तिएर छेउकुना छुन पनि पाइएन
जत्ति रिस उठे पनि आफैँलाई मात्र डसेँ
जिन्दगीमा धेरैचोटि आफैँसँग टाढा बसेँ

नचाहेका कति कुरा टार्न पनि चाहिएन
दुखिरह्यो आफ्नै सास, रुन पनि पाइएन
कस्तो जुनी पाइएछ आफ्नै हेराइमा फसेँ
जिन्दगीमा धेरैचोटि आफैँसँग टाढा बसे

----
खुसी छु म आज तिमीभन्दा धेरै
तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै

हिजोसम्म लाग्थ्यो कतातिर जाऊँ ?
कोसँग हिँडूँ म ? कोसँग रमाऊँ ?
तिमीलाई भेट्दा हरायो बिरानी
तिमी हौ कि सायद मेरो पुग्ने ठाउँ

जति छन् सीमाना सबैलाई मेटूँ
म आँखा उघार्दा तिमीलाई देखूँ
तिमी अर्चना हौ मेरो जिन्दगीको
म चाहन्छु सृष्टि तिमीमा समेटूँ
----
निधारमा लर्काएर सप्तरङ्गी टिको
हिँडिरहूँ सधैँ तिमी शिखरको बाटो
ओखरमा फोरिदिएँ बाधाहरू मैले
जता पनि पुग दाजै ! घामभन्दा पहिले

चहचह ! पिङ हैन, माया झुलेको छ
सयपत्रीसँगै मेरो खुसी फुलेको छ
अङ्ग–अङ्ग पुजेकी छु तिमीलाई मैले
जता पनि पुग दाजै ! घामभन्दा पहिले
 
आँगनले भैलेनीको भाका पाएको छ
घर सम्झी परदेशी फर्की आएको छ
मालाभरि उनेकी छु तिमीलाई मैले
जता पनि पुग दाजै ! घामभन्दा पहिले

पहाड झुक्नुपर्छ आँधी रोक्नुपर्छ
हामी युवा जुटेपछि काँडा फुल्नुपर्छ

पहराको शक्ति खेल्छ हाम्रो नसा नसामा
पहराको माया हुन्छ हाम्रो चौडा छातीमा
जहाँ हामी टेक्छौं त्यहीं मोती फुल्नुपर्छ
जहाँ हामी जान्छौं त्यहीं घाम लाग्नुपर्छ

सिंगो धरती हाम्रो नै हो हामीसँग छैन के
हिंडेपछि भीर पनि मुलबाटो बन्छ रे
आऔं अब पानीबाट आगो झिक्नुपर्छ
जताततै निर्माणको ढोका खोल्नुपर्छ
शब्द – दिनेश अधिकारी
स्वर – दिवाकर खड्का, राम थापा
संगीत – राम थापा

----

पहाडमा जाडो बढे, तराईले सेक्नुपर्छ
आँधी आए तराईमा, पहाडले छेक्नुपर्छ
हैन भने देशभक्ति छैन हाम्रो छातीभित्र
माटोलाई चोट लाग्दा मुटुहरू रुनुपर्छ
 
बाँडीचुँडी खाऊँ भन्छ, फाटे मन सिऊँ भन्छ
विपत्तिको ठेस लागे साझा आँसु रोऊँ भन्छ
पूर्वतिर पैह्रो जाँदा, पश्चिमले जुट्नुपर्छ
दक्षिणका तिर्खाहरू उत्तरले मेट्नुपर्छ
हैन भने....

अभावमा यौटै छाता दुइटाले ओढूँ भन्छ
उजाडिए एउटा घर सबै मिली जोडूँ भन्छ
भन्ज्याङको भोको पेट मधेसले भर्नुपर्छ
विघ्न परे फाँटलाई लेकहरू झर्नुपर्छ
हैन भनेँ....
----

यो मन्दिर, मस्जिद, यो चैत्य, यो गुम्बा
मलाई छ प्यारो सधैँ आफूभन्दा

खसे एक इँटा मेरो छाती दुख्छ
झरे यस्को छानु मेरै शिर झुक्छ
नियालूँ सधैँ म यो सम्पन्न शोभा
उघारेर मनका सबै झ्याल–ढोका

कला देख्छ कोही, कोही भेट्छ धर्म
यो हो कल्प–कल्प नयाँ लाग्ने कर्म
यिनै हुन् चिनारी— मेरो नाम छोप्दा
इतिहासमा आफ्नो अनुहार खोज्दा

# गीतकार: आनन्द अधिकारी, ईश्वरबल्लभ, उन्नति बोहोरा शीला, कन्चन पुडासैनी, काली प्रसाद रिजाल, किरण खरेल, डा. कृष्ण हरि बराल, गोपाल योञ्जन, चाँदनी शाह, चेतन कार्की, दिनेश अधिकारी, जनकवि केशरी धर्मराज थापा, नगेन्द्र थापा, प्रेम विनोद नन्दन, बिपिन किरण, भिम बिराग, डा. भोला रिजाल, म.बी.बी. शाह, रास्ट्रकबि माधबप्रसाद घिमिरे, यादव खरेल, रत्न शमशेर थापा, रमण घिमिरे, रमेश क्षितिज, राजेन्द्र रिजाल, राजेन्द्र थापा, राम मान तृषित, सुवास चन्द्र ढुंगेल, हरिभक्त कटुवाल, क्षेत्र प्रताप अधिकारी