गोपाल योञ्जन उत्कृष्ट नेपाली संगीतकार तथा गीतकार हुन् | उनले केहि उत्कृष्ट गीतहरु गाएका पनि छन् । उनले गाएका प्राय गीतहरु राष्ट्रिय भावनाले ओतप्रेत छन् ।
As a Singer/Musician/ Lyricist
लाहुरे / Ghar Ta Mero Yahan Hoina...Lahure
➤ Singer: Gopal Yonjan
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
घर त मेरो यहाँ होईन
घर त मेरो हिमाली पाखा बेसी हो रे
कुन दिनको सन्जोगले बनें लाहुरे
कतै म त पर्साएर राखिएको बोको बनें
परदेश र मधेशमा नाम्लो अनि डोको बनें
कतै मान्छे तर्साउने दोबाटोको लाखें बनें
आखिरमा घर फिर्दा घरै भित्र पाखे बनें
सुरो बनि हेरें मैले जंगल तरें सागर तरें
साथि भाइको मायाँ खातिर कति चोटी मरें मरें
जब सुनें मलाई मेरै गाउँले नै बिर्से अरे
त्यै दिन संगी म त आत्मै बाट मरें मरें
मेरो पाउमा / Mero Pauma
➤ Singer: Gopal Yonjan & Mira Rana
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
मेरो पाउमा आज कोई पाउजु बाँध
मेरो मायाँले मलाई बोलायो
आँखा भरि मधुपर्क बोकेकी केश भरि मधुमास
लाली लगाउने ओठमा उसको बेली चमेली सुबाश
देशले रगत मागे / Deshle Ragat Mage Malai Bali Chadhau
➤ Singer: Gopal Yonjan
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
देशले रगत मागे मलाई बलि चढाउ
रुदिनन् मेरी आमा उ नेपालीकी छोरी
बुढेसकालका लठ्ठी देस यज्ञभित्र होमि
मेरी बुढीआमा गोठमै हांसीखुशी देखिंछिंन
ती कागडाका संतान अझै मरेका छैनन
तर चियाबारी र बास घारी कुरिरहेका हुंछन
पाउदिन केहि पनि रगत स्तनको साटो
आउदैन माग्न उसलाई उ नेपालीकी छोरी
यमराजको शिर छिनाउने सारा पृथ्वीका संतान
बघिनीको दुध हैन त्यो त नेपालीको स्तन
सक्दिन म त बांच्न निर्धा भएर एकछिन
बरु सहिद भएरै वीरकै मृत्यु म मर्छु
हामी वीर बनेर मर्छौ गोली त उ सहन्छे
माग्दिनन् सुनका अक्षर उ नेपालकी छोरी
बनेको छ पहराले/ Baneko Chha Paharale Yo Chhati
➤ Singer: Gopal Yonjan
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
बनेको छ पहराले यो छाति मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मी टाकुरामा खेल्ने
म झुक्दै नझुक्ने नेपालको छोरो
खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतिले मेरो लाज छोपिन्न
घोटिएर हातपाउ झरि जाउन औँला
तर कोही अगाडि यी हात जोडिन्न
म आगो सहन्छु अन्याय सहन्न
म तृष्णा सहन्छु तिरस्कार सहन्न
मेरो शिर उडाउ बरु त्यो सहन्छु
तर शिर परायाले टेके सहन्न
As a Musician/ Lyricist
यति चोखो यति मीठो / Yeti Chokho Yeti Mitho Diula Timilai Maya...
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
यति चोखो यति मीठो दिउँला तिमीलाई माया
बिर्सनेछन् साराले पुराना प्रेमका कथा
मेरो सारा जीवन सबै तिमीलाई
मीठा-मीठा क्षणहरू सबै तिमीलाई
मेरो खुसी मेरो सुख सबै-सबै तिमीलाई
आँखाभित्र बस्नू तिमी छातीमा निदाउनू
सपनीमा पनि मलाई सुस्तरी चियाउनू
सधैं सधैं तिमी मेरी माया बनी आउनू आउनू
मलाई माफ गरिदेउ / Malai Maaf Garideu Mera Lobhi Nazar...
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
मलाई माफ गरिदेउ, मेरा लोभी नजर, कहीं कसैमा डुबेछ भने
म त खोजीरहेछु, हरेक चेहेरामा, मेरी सपनाकि प्रियसी मायालु
उ आँउछे सधैं म निदाएको बेला, अनि बस्छे मेरो छातीमा
उ साट्छे सधैं मेरा पिरहरुसित, उसका मिठा मिठा भावना
मलाई माफ गरिदेउ मेरो प्रेमको कुरा, कही कसैलाई बिझेछ भने
उसको आँखा र ओठ, मेरो रोदीघर हो, उसको छाती मेरो बास हो
उसको आँशु बर्षा, उसको सुस्केरा शिशीर, उसको मुस्कान मेरो मधुमास
मलाई माफ गरिदेउ, मैले मृगतृष्णा, कहीं कसैमा देखेछु भने
लौ सुन म भन्छु मेरो राम कहानी / Lau Suna Ma Bhanchhu Mero Raam Kahani...
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
लौ सुन म भन्छु मेरो राम कहानी
त्यो एकदिनको घाम सयौं दिनको पानी
म उठ्दा आकासले मलाई थिचिदिन्छ, अघि बढ्दा धर्ती मलाई खाल्डो खन्छ
म रोए यो आँसु रित्याऊँ भनेर, तर आँसुले नै मलाई नै बगाउँछ
यो बिधवाको सिँउदो कि मेरो जवानी, त्यो एकदिनको घाम सयौं दिनको पानी
तेरो आस्वासनमा मैले बाँची हेरें, मैले आगोमाथि पनि नाची हेरें
जीवनलाई चारैतिरबाट हेरें, केवल म पुरानो सबै नौले पाएँ
यही गीत साँचे पछिलाई निसानी, त्यो एकदिनको घाम सयौं दिनको पानी
हिमाल सरि म अग्लि रहेछु / Himal Sari Ma Agli Rahechhu...
➤ Singer: Narayan Gopal & Aruna Lama
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
हिमाल सरि म अग्लि रहेछु, समात, समात, समात मलाई
बादल सरि म पग्लि रहेछु, सम्हाल, सम्हाल, सम्हाल मलाई
यि तारा कति छन् म गन्न सकुँला, तर तिम्रो माया कति छ नसोध
जहाँ बरले पिपल अङ्गालेर बस्छ, तिम्रो मेरो साइनो त्यतै तिर खोज, त्यतै तिर सोध
दुलही सरि म रंगिरहेछु उचाल, उचाल, उचाल मलाई
म खोली बनेर सुस्तरी आँउला, तिम्रो सागरमा केही ठाउँ देउ
तिम्रा सारा तृष्णा मै मेटिदिउँला, मलाई तिमी मै समेटिन देउ, समेटिन देउ
आकाश सरि म फैलिरहेछु अंगाल, अंगाल, अंगाल मलाई
गल्ती हजार हुन्छन / Galti Hajar Hunchhan...
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
गल्ती हजार हुन्छन, यहाँ होश हराएको बेला
एक्लै तिमी नआउ, म मात्तिएको बेला, म मात्तिएको बेला...
मेरा यी हातहरुले कहीं घात गर्न सक्छ
अनि प्यारो गर्दा गर्दै, पाप पनि गर्न सक्छ
रुपको के मुल्य हुन्छ, म पशु भएको बेला?
एक्लै तिमी नआउ, म मात्तिएको बेला
कहीं धर्म गर्ने निहुमा बलिदान हुन नपाओस्
सम्पूर्ण अंग बाधी अत्याचार हुन नपाओस्
मेरा कामनाहरुले मलाई हराई दिन्छ
तिमी भन्दा तिम्रो योवन कहीं मन पराईदिन्छ
रक्षक मलाई नसम्झ, राक्षश भएको बेला
एक्लै तिमी न आउ म मात्तिएको बेला
Yaha Bachneharu...
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
Ma Kasari Bhanu...
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
Timi Ek Phool...
➤ Singer: Narayan Gopal & Aruna Lama
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
Jeevan Ko Harek Modma...
➤ Singer: Narayan Gopal & Aruna Lama
➤ Music: Gopal Yonjan
➤ Lyricist:Gopal Yonjan
Chumera Panabhari...
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
Kehi Chotle...
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
Jeevan Dekhi Dherai Dherai...
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
Meri Maya...
➤ Singer: Udit Narayan Jha
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
Mero Chheu...
➤ Singer: Bhaktaraj Acharya
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
Udi Jau Bhane...
➤ Singer: Sushila Kansakar
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
Mayalu Hajar Hunchhan...
➤ Singer: Dhruba KC
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
Royerai Janchhu...
➤ Singer: Tara Thapa
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
Saun Farki...
➤ Singer: Dil Maya Khati
➤ Music: Gopal Yonjan
➤ Lyricist: Gopal Yonjan
No comments:
Post a Comment