ईश्वरबल्लभ (Ishwor Ballav)

हजार सपनाहरूको  / Hajar Sapana Haruko Maya Lagera Aaauchha...
➤ Singer: Bhaktaraj Acharya
➤ Music: Bhaktaraj Acharya
➤  Lyricist: Ishwor Ballav

हजार सपनाहरूको माया लागेर आउँछ
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ

मैले बाँचेको परिवेश सानो त्यति थिएन
परदेशी जस्तो कोही एक्लो पनि थिइन
अल्झें कहीं त के भो बाटो भुलेको छैन
भाँचिसकेको विश्वास फेरि भएर आउँछ

मेरा ती स्वरहरूलाई थुन्नु त्यति भएन
सबले भुलेको जस्तो भुल्नु पनि भएन
खुसी नै हो क्या हो मनमा भएर आउँछ
छिनमा लहर अनेकौं मनमा उठेर आउँछ

दुइटा फुल देउरालीमा / Duita Phool Deuralima...
➤ Singer: Narayan Gopal
➤ Music: Narayan Gopal
➤  Lyricist: Ishwor Ballav
दुईटा फुल देउरालीमा साथै राख्यौंजस्तो लाग्छ, कतै टाढा जाँदा खेरी सँगै हिँड्यौं जस्तो लाग्छ
देखें जस्तो पनि लाग्छ बोलेँ जस्तो पनि लाग्छ, कतै टाढा जाँदा खेरी सँगै हिँड्यौं जस्तो लाग्छ
दुइटा फुल देउरालीमा

गुलाफको तरेलीमा शीतको थोपा परे जस्तो, टल्किने त्यो निधारमा पसिना
सुकाइ दिएँ जस्तो लाग्छ पात हम्की पीपलको, बिसौनीमा जिन्दगीको पसिना
लत्रेका ती परेलीको सम्झना छ जस्तै लाग्छ, कतै टाढा जाँदा खेरी सँगै हिँड्यौं जस्तो लाग्छ
दुइटा फुल देउरालीमा

राती फुल्ने फुल टिपी सिउरी दिएँ जस्तो लाग्छ, कुनै रात बसेको त्यो बासमा
ओत मुनि आकासको छायाँ मुनि धरतीको, रात मुनि बसेको त्यो बासमा
बिर्से बिर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ, कतै टाढा जाँदा खेरी सँगै हिँड्यौं जस्तो लाग्छ
दुइटा फुल देउरालीमा

मेरो बेहोसी / Mero Behosi Aaja Mero Lagi Parda Bho...
➤ Singer: Narayan Gopal
➤ Music: Narayan Gopal
➤  Lyricist: Ishwor Ballav

मेरो बेहोसी आज मेरो लागि पर्दा भो
छोट्टिए पिर सबै दु:ख सबै पर्दा भो

यो नशा जिन्दगी हो या हो नशा रक्सीको
के हो यो पिरती हो नयाँ नयाँ प्रेयसी हो
जे थिए स्वप्न सबै नै पग्लिएर पानी भो
के बिहान साँझ सबै जिन्दगी नै पर्दा भो

मेरो यो मात यहाँ के हो तिमी भनिदेऊ
मेरो यो आश यहाँ के हो तिमी भनिदेऊ
जे थिए यात्राहरु ती अल्झिएर बाधा भो
हराए गीत सबै हार सबै पर्दा भो

Kasta Kasta Yi Manis Chhan...
➤ Singer: Badri Durga Kharel
➤ Music: Gopal Yonjan
➤ Lyricist: Ishwor Ballav

Malai Jindagi Yo...
➤ Singer: Narayan Gopal
➤ Music: Gopal Yonjan
➤  Lyricist: Ishwor Ballav


# गीतकार: आनन्द अधिकारी, ईश्वरबल्लभ, उन्नति बोहोरा शीला, कन्चन पुडासैनी, काली प्रसाद रिजाल, किरण खरेल, डा. कृष्ण हरि बराल, गोपाल योञ्जन, चाँदनी शाह, चेतन कार्की, दिनेश अधिकारी, जनकवि केशरी धर्मराज थापा, नगेन्द्र थापा, प्रेम विनोद नन्दन, बिपिन किरण, भिम बिराग, डा. भोला रिजाल, म.बी.बी. शाह, रास्ट्रकबि माधबप्रसाद घिमिरे, यादव खरेल, रत्न शमशेर थापा, रमण घिमिरे, रमेश क्षितिज, राजेन्द्र रिजाल, राजेन्द्र थापा, राम मान तृषित, सुवास चन्द्र ढुंगेल, हरिभक्त कटुवाल, क्षेत्र प्रताप अधिकारी