काली प्रसाद रिजाल (Kali Prasad Rijal)

नारायण गोपाल संग  (with Narayan Gopal)

आखाँ छोपि नरोउ भनि / Aankha Chhopi Narou Bhani... 
(V & M: Narayan Gopal) (1st recorded)

आखाँ छोपि नरोउ भनि भन्नु पर्या छ
मुटुमाथि ढुङ्गा राखि हाँस्नु पर्या छ

भोलि उठि कहाँ जाने केहि थाहा छैन
फर्कि आउने हो कि होइन केहि थाहा छैन
बाचा छिटै आउछु भनि गर्नु पर्या छ

छाति भरि गाउँ बेसि पखेरिको छाँया
आँखा भरि मेला पात मायालुको माया
आफैलाइ छाडि कतै जानु पर्या छ

भन्ने कुरा कति थियो, छाति भित्रै रह्यो
परेलिका ओठबाट आँशु झरि रह्यो
कुल्चिएर आफैलाइ हिँड्नु पर्या छ

झरेको पात झैँ भयो / Jhareko Paat Jhai Bhayo... 
(V & M: Narayan Gopal) (1st recorded)

झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी

चुरा फुटेसरी भयो चराहरु उडीगए
हजार कोपिलाहरु नमुस्कुराउँदै झरे
उठेको बस्ती झैँ भयो प्रवास मेरो जिन्दगी

विहान जो खुशी थियो जलेर साँझ भैसक्यो
भिजेको पात पातमा निशादको कथा थियो
अधेँरी रात झैँ भयो विषाद मेरो जिन्दगी

जलिरहेछ लास भित्र भित्र कहिँ छातीमा
टुटेफुटेका स्वप्न झैँ अँगारमात्र छातीमा
जिवन बजर सरी भयो उराठ मेरो जिन्दगी
निभेको दिप झैँ भयो उदास मेरो जिन्दगी

माया गर्नेको चोखो माया पनि देखियो / Maya Garne Ko Chokho Maya Pani Dekhiyo...
(V & M: Narayan Gopal, later V: Ramkrishna Dhakal, Lochan Bhattarai)

माया गर्नेको चोखो माया पनि देखियो
बाचा गर्नेको बाचा बन्धन पनि देखियो

फूल सुकुमार छ, निस्पाप छ। कोमल भन्थे, कोमल भन्थे
फूलको धारले रेटेको पनि देखियो

रोइरोई नछुटिने, कसम खानेले, कसम खानेले
हाँसी-हाँसी कसम तोडेको पनि देखियो

प्रेम वरदान हो, दुइ आत्माको संगम भन्थे, संगम भन्थे
कोहीकोही ले त आत्मा बेचेको पनि देखियो

सबको भगवान छ, भगवानले हेर्छन भन्थे, हेर्छन भन्थे
तिम्रो भगवानले हेरेको पनि देखियो

झर्यो जिन्दगी फुट्यो जिन्दगी / Jharyo Jindagi... 
(V & M: Narayan Gopal)

झर्यो जिन्दगी फुट्यो जिन्दगी
छल्केर आँखामा बग्यो जिन्दगी

काँडामा हाँसेको मीठो जिन्दगी
सपनीमा नाचेको झुठो जिन्दगी
रहरको दहमा डुब्यो जिन्दगी

पीरले भरेको खाली जिन्दगी
पिरतिले र्वाएको प्यारो जिन्दगी
आज आफ्नै छातीमा दुख्यो जिन्दगी

केही मिठो वात गर  / Kehi Mitho Baat Gara.... 
(V & M: Narayan Gopal)

केही मिठो वात गर रात त्यसै ढल्किदै छ
भरे फेरी एकान्तमा रुनु त छदै छ

रमाइलो कुरा गर, सपनाको कुरा गर
संगसंगे बिताएको, सम्झनाको कुरा गर
दुख छोड दुखलाई त जिन्दगानी छदै छ

आऊ नाचौं अँध्यारोमा, जुनकिरी नाचे जस्तै
बतासमा उडौं आज, सिमलको भुवा जस्तै
दुई कदम साथ हिडौं छुटिनु त छदै छ

यसैगरी बिताई दिन्छु/ Yasai gari bitai dinchhu... 
(V & M: Narayan Gopal)

यसैगरी बिताई दिन्छु, दुई दिनको जिन्दगी
हाँसो म लुटाई दिन्छु, आफू आँसुमा डुबि

भिँड छ, म भिँडमा आफुलाई बिलाई दिन्छु
बिर्सी दिन्छु आफुलाई, खोज, म हराई दिन्छु
कि त लुकि यतै-कतै रोइदिन्छु सुस्तरी

च्याती दिन्छु आफूलाई, बाली दिन्छु साँझमा
फाली दिन्छु आफुलाई दिनहरुको माझमा
गाई दिन्छु गित आफ्नो आफैलाई नै पिई

वनै खायो डँढेलोले/ Banai Khayo Dadhelole... 
(V: Fatteman, M: Narayan Gopal)

वनै खायो डँढेलोले, मनै खायो त्यै मोरीको पापी मायाले

आधा राति ब्युँझिएर, गाऊँ-गाऊँ लाग्छ, डाँफे सरी बोल हालेर
भोक पनि छैन मलाई, तिर्खा पनि छैन, मन बुझाउने के के बारेर
खोला सुक्यो खडेरीले, यो ज्यान सुक्यो बैगुनीको आशै आशले

हसाइँमै दच्कियो कि बरै आँखा मेरो, त्यो मायाको छैन बगर
परेलीमै अल्झियो कि कठै मुटु मेरो, कति राम्रो गर्नी बाचल
बाली लग्यो असिनाले, यो ज्यान लग्यो बैमानीको छिर्के मायाले

with Ram Krishna Dhakal

बिहान उठ्ने बित्तिकै / Bihan uthne bittikai... 
(V: Ram Krishna Dhakal, M: Alok Shree)

बिहान उठ्ने बित्तिकै, हिमाल देख्न पाइयोस्
यी हातले सधै सधै, नेपाल लेख्न पाइयोस्

नेपाली श्रम र सिपको प्रवाह दिगन्त फैलियोस्
मलाई टेकी खुड्किलो, यो देश माथी उक्लियोस्
नेपालको म सन्तती, सगर्व भन्न पाइयोस्

मलाई छैन चाहना, मरेर स्वर्गमा पुगौ
छ कामना यहि मेरो, बरु म नर्क मै परु
जहाँ पुगेपनि तर नेपाली भेट्न पाइयोस्
नेपाली भन्न पाइयोस्

यो सुर्य चन्द्र को ध्वजा, मेरै रगतले रंगियोस
यहीको जल अन्जुली भर् निलेर मर्न पाइयोस्
स्वदेशको निम्ती, यो शिर चढाउन पाइयोस्

मन पराउने हजार / Man Paraune Hajar Bhetinchhan... 
(V: Ram Krishna Dhakal, M: Shambhujeet Baskota)

मन पराउने हजार भेटिन्छन, जुनि काट्ने एउटै हुन्छ
जति रुवावोस धरधरी रुवावोस, आफ्नो मान्छे आफ्नै हुन्छ

जति भुलु शहरको रमझममा मन त आफ्नो गाउँमै हुन्छ
साथी सुखमा हजार भेटिन्छन दुख बाड्ने एउटै हुन्छ

अब भूल गर्दिन भन्छु मान्छे हू गल्ती नै हुन्छ
मेरो भागवानले सब माफ दियो देउता भन्नु देउतै हुन्छ

थोरै थोरै रिस अनि / Thorai thorai rish ani... 
(V: Ram Krishna Dhakal, M: Alok Shree)
थोरै थोरै रिस अनि धेरै धेरै माया 
रिसमा पनि देख्छु म त मायाको नै छाया

Charile ta chhadera gaigayo...  
(V: Ram Krishna Dhakal, M: Alok Shree)

Chhadi gaye bhane pani... 
(V: Ram Krishna Dhakal, M: Shakti Ballav)

Kaile samjhera royen... 
(V: Ram Krishna Dhakal, M: Shakti Ballav)

Royerai basau ki... 
(V: Ram Krishna Dhakal, M: Nhyoo Bajracharya)

Yo ta sab bhanne kura na ho... 
(V: Ram Krishna Dhakal, M: Alok Shree)

Kaha Gayo hola... 
(V: Ram Krishna Dhakal, M: Kali Prasad Rijal)

with Other
  • Nisthurile chhodera gaihali... (V: Yam Baral, M: Alok Shree)
  • Mero hajur lai ke deuni bheta... (V: Sharmila Bardewa, M: Alok Shree)
  • Kasle dela timlai maya... (V: Udit Narayan & Deepa, M: Alok Shree)

# गीतकार: आनन्द अधिकारी, ईश्वरबल्लभ, उन्नति बोहोरा शीला, कन्चन पुडासैनी, काली प्रसाद रिजाल, किरण खरेल, डा. कृष्ण हरि बराल, गोपाल योञ्जन, चाँदनी शाह, चेतन कार्की, दिनेश अधिकारी, जनकवि केशरी धर्मराज थापा, नगेन्द्र थापा, प्रेम विनोद नन्दन, बिपिन किरण, भिम बिराग, डा. भोला रिजाल, म.बी.बी. शाह, रास्ट्रकबि माधबप्रसाद घिमिरे, यादव खरेल, रत्न शमशेर थापा, रमण घिमिरे, रमेश क्षितिज, राजेन्द्र रिजाल, राजेन्द्र थापा, राम मान तृषित, सुवास चन्द्र ढुंगेल, हरिभक्त कटुवाल, क्षेत्र प्रताप अधिकारी
# राम कृष्ण ढकाल, स्वर सम्राट नारायण गोपाल गुरुवाचार्य, यम बराल, शर्मिला बर्देवा, उदित नारायण झा, दीपा नारायण झा