डा. कृष्ण हरि बराल (Krishna Hari Baral)

के भूल भयो प्रिया म संग बोल्दिनौ / Ke bhool bhayo priya...
➤Singer– Narendra pyasi
➤Music – Madan Dipbim
➤Lyricist – Dr. Krishna Hari Baral
के भूल भयो प्रिया...मसंग बोल्दिनौ
उज्यालो जून उघार्दै पर्दा रातको खोल्दिनौ

अँध्यारो देख्छु मुहार तिम्रो बादल छाएझैं
सुस्केरा सुन्छु चैतमा आंधिबेहेरी आएझैं
एकान्त रोज्छु मनमा कतै तुँवालो छायो कि
बसन्त नआइ जीवनमा तिम्रो बर्सात आयो कि

रुनेछ मेरो संसार तिम्रो उज्यालो नपाँउदा
अन्धकार छाउछ जसरी राति जून नआँउदा
रुवाई मेरो संसारलाई तिमी अरुलाई नरोज
मायाको फूल नफक्रि झर्छ टाढिन नखोज
अरुलाई नरोज...

रिसाई देउ न बिन्ति / Risauda jhanai ramri, risaideuna binti...
➤Singer– Rabin Sharma
➤Music – Ram Thapa
➤Lyricist – Dr. Krishna Hari Baral

मनका सबै बोझ हरु बिसाई देउ न बिन्ति 
रिसा उदा  झनै राम्री रिसाई देउ न बिन्ति 

गुलाफी ति गाला भरि अझ लाली छाओस 
आँखा भरि जवानीको नशा सल्बलाओस 
अर्ध मौन ओठ हरु फुकाई देउ न बिन्ति 

बादलु ति केशहरु हिमालमा छर्दै 
हृदय मा पुग्छौ  तिमि बाहिर आँखा तर्दै 
यस्तो कला मलाई पनि सिकाई देउ न बिन्ति 

पर्दा पछाडी नै  / Parda Pachadi nai...
➤Singer– Anand Karki
➤Music – Hari lamsal
➤Lyricist – Dr. Krishna Hari Baral
जे जे हुनु छ हुन्छ यहाँ, पर्दा पछाडी नै
दुखेर कोही रुन्छ यहाँ पर्दा पछाडी नै 

यो रंगमञ्च झुट हो, भ्रम हो र ब्यार्थ हो 
माकुरो जाल बुन्छ यहाँ पर्दा पछाडी नै

खुल्छन सारा रहस्य खुल्नु हो जिन्दगि 
सुटुक्क कोइ सुन्छ यहाँ पर्दा पछाडी नै 

जमाना खराब छ  / Jamana kharab chha...
➤Singer– Nisha desar
➤Music – Suresh Gaire
➤Lyricist – Dr. Krishna Hari Baral

मान्छे हरुको आफ्नै चाहना खराब छ 
भन्न त भन्दछन सब जमाना खराब छ 

तिर हुन् कि के हुन् ति दृष्टि, यो छातीमा गड्दछन 
देख्दै छु आँखाहरुकै, निशाना खराब छ 

बाहिर हेर्दा एउटा, भित्र छ अर्कै रुप 
बुज्नै छ गार्हो गार्हो, बहाना खराब छ 



# गीतकार: आनन्द अधिकारी, ईश्वरबल्लभ, उन्नति बोहोरा शीला, कन्चन पुडासैनी, काली प्रसाद रिजाल, किरण खरेल, डा. कृष्ण हरि बराल, गोपाल योञ्जन, चाँदनी शाह, चेतन कार्की, दिनेश अधिकारी, जनकवि केशरी धर्मराज थापा, नगेन्द्र थापा, प्रेम विनोद नन्दन, बिपिन किरण, भिम बिराग, डा. भोला रिजाल, म.बी.बी. शाह, रास्ट्रकबि माधबप्रसाद घिमिरे, यादव खरेल, रत्न शमशेर थापा, रमण घिमिरे, रमेश क्षितिज, राजेन्द्र रिजाल, राजेन्द्र थापा, राम मान तृषित, सुवास चन्द्र ढुंगेल, हरिभक्त कटुवाल, क्षेत्र प्रताप अधिकारी