क्षेत्र प्रताप अधिकारी (Kshetra Pratap Adhikari)

म त लालिगुराँस भएछु / Ma Ta Laliguras Bhaechhu...
➤ Singer – Narayan Gopal 
➤ Music – Dibhya Khaling
➤ Lyricist – Kshetra Pratap Adhikari
म त लालिगुराँस भएछु,  
बनै भरि फूली दिन्छु मनै भरि फूली दिन्छु

फाँटहरुले कस्लाई पुग्छ, भिरमा पनि फूली दिन्छु
खुशी मात्र कहाँ हुन्छ, पिरमा पनि फूली दिन्छु

हेरी दिने कोही भैदिए, नानी भित्र फूली दिन्छु
लाई दिने कोही भैदिए, सिउदो भरि फूली दिन्छु।

मलाई छोडी मेरो छायाँ कतै झरेछ / Malai chhodi mero chhaya katai jharechha...
➤ Singer – Narayan Gopal 
➤ Music – 
➤ Lyricist – Kshetra Pratap Adhikari
मलाई छोडी मेरो छायाँ कतै झरेछ, 
तिमीसम्म आइपुग्दा साँझै परेछ

त्यसै कति बिते मेरा चिसा चिसा रातिहरु, 
तातो माया संगालेर खोजिरहें साथीहरु
वैंश छँदा नपुगेको रातै ढलेछ, 
तिमीसम्म आइपुग्दा साँझै परेछ

नलेखेको गीत मेरो पाखाभरि गाए जस्तो
नदेखेको माया मेरो आँखाभरि पाए जस्तो
जिन्दगीको छेउमा कतै ज्योति झरेछ
तिमीसम्म आइपुग्दा साँझै परेछ

जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ / Jindagi Ma Dherai Kurai Garna Baki Chha...
➤ Singer – Ram Krishna Dhakal
➤ Music – Chandan Shrestha
➤ Lyricist – Kshetra Pratap Adhikari
जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ 
सबै भन्दा ठुलो कुरा मर्न बाँकी छ
 
धेरै तरें खोला हरु बगें धेरै चोटी
कस्तो जुनी दियौ आमा धन्न कोटी कोटी 
अब एउटा मनको खोला तर्न बाँकी छ 
सबै भन्दा ठुलो कुरा मर्न बाँकी छ 

पहरा मा फुलें क्यारे परेली मा फुलें
चमेली र बाबरिको तरेली मा फुलें
फुल्न सम्म फुलें अब झर्न बाँकी छ 
सबै भन्दा ठुलो कुरा मर्न बाँकी छ 

गोठालो जाँदा लाएको माया / Gothalo Jada Layeko Maya...
➤ Singer – Kunti Moktan
➤ Music – 
➤ Lyricist – Kshetra Pratap Adhikari
गोठालो जाँदा लाएको माया, खेतालो जाँदा भुलेछ
पोखरा जाँदा गाएको माया, काठमाण्डौ जाँदा भुलेछ
निश्ठुरी मायालु...

बाटो त टाढा थिएन तर, मन धेरै टाढा भएछ
रोधीको रानो छोडेर मौरी, नौडाँडा काटि गएछ
निश्ठुरी मायालु...

पुरानो माया फाटेर हो कि, बिरानो नयाँ रोजेको
मायाँ त बुढो हुदैन हजुर, बिर्सन हो कि खोजेको
निश्ठुरी मायालु...

तिमीले त हाेईन तिम्रा भाकाहरुले / Timle Ta Hoina Timra Bhaka harule...
➤ Singer – Bachhu Kailash
➤ Music – Nati Kaji
➤ Lyricist – Kshetra Pratap Adhikari
तिमीले त हाेईन तिम्रा भाकाहरुले, मेराे मुटु छाेई सकेछन्
मैले पनि हाेईन मेरा अाँखाहरुले, तिम्राे लागि राेई सकेछन्

त्यसै त्यसै कस्ताे गाढा माया बसेकाे, रुँदा पनि जाँदै नजाने 
माया भन्ने यस्तै हाेकि मलाई मात्र यस्ताे, रुँदा पनि जाँदै नजाने

एकाेहाेराे माया हाे कि के भनेर साेधुँ, मलाई पिर पर्नु पराे नि
सपनीमा त्यति गाढा विपनीमा टाढा, याे मायाले गर्नु गराे नी

क्या बोर भयो / Kya Bore Bhayo...
➤ Singer – Yogeshwor Amatya
➤ Music – Nhyoo Bajracharya
➤ Lyricist – Kshetra Pratap Adhikari

आउछौ भनी पर्खि बसे, तिमि आइनौ, 
क्या बोर भयो 



# गीतकार: आनन्द अधिकारी, ईश्वरबल्लभ, उन्नति बोहोरा शीला, कन्चन पुडासैनी, काली प्रसाद रिजाल, किरण खरेल, डा. कृष्ण हरि बराल, गोपाल योञ्जन, चाँदनी शाह, चेतन कार्की, दिनेश अधिकारी, जनकवि केशरी धर्मराज थापा, नगेन्द्र थापा, प्रेम विनोद नन्दन, बिपिन किरण, भिम बिराग, डा. भोला रिजाल, म.बी.बी. शाह, रास्ट्रकबि माधबप्रसाद घिमिरे, यादव खरेल, रत्न शमशेर थापा, रमण घिमिरे, रमेश क्षितिज, राजेन्द्र रिजाल, राजेन्द्र थापा, राम मान तृषित, सुवास चन्द्र ढुंगेल, हरिभक्त कटुवाल, क्षेत्र प्रताप अधिकारी

#Narayan Gopal, Bacchu Kailash, Ram Krishna Dhakal, Yogeshwar Amatya, Satya Raj Acharya, Kunti Moktan, Swaroop Raj Acharya