माधबप्रसाद घिमिरे (Madhav Prasad Ghimire)

फुलको थुँगा बहेर गयो / Phool ko Thunga Bagera Gayo...
➤ Singer - Tara Devi
➤ Music - Natikaji
➤ Lyrics - Madhav Prasad Ghimire

फूलको थुंगा, बगेर गयो, गंगाको पानीमा 
कहिले भेट, होला हे राजै, यो जिन्दगानीमा 
झरीको पछि, झुल्केको घाममा, निर्झर पहाडको
भर्खरै प्रिती बसेको बेला, पिर पर्यो बिछोडको
नहासु भने सखिलाइ पिर, मै हासु कसरी ?
रोउला राती, भनेर आसु, मै साचु कसरी ?
रातमा मलाई, हेर्दछ टोलाई,  पुर्बको  ताराले 
त्यो कान्तिपुरमा, सपनाको सहरमा, सम्झ्योकी प्याराले 


आजै र राति के देखे सपना / Aaja Ra Rati Ke dekhe sapana... 
➤ Singer – Narayan Gopal
➤ Music –
➤ Lyrics – Madhav Ghimire

आजै र राति के देखे सपना मैं मरि गएको
बतास बिमुख हांगाको फूल भइ झरी गएको

मर्स्याङ्ग्दि नदी नरमाइलो सुसाइरहेको
कहाँ हो कहाँ बादलभित्र म रोइ रहेको

वारी र पारी घाम र छाया माझैमा पियार
संसारमा जन्म दियर ईशवर बैंसमा नामार

आजै र राती के देखे सपनामै मरी गएको
बतास बिमुख हांगाको फूल भई झरी गएको


गाउँछ गीत नेपाली  / Gauchha geet Nepali, Jyotiko pankh uchali... (National song)
➤ Singer - Aanand Karki/Kunti Moktan/Tara Thapa/Mamata/Raju Lama (group)
➤ Music -
➤ Lyrics - Madhav Prasad Ghimire
गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली
जय जय जय नेपाल सुन्दर शान्त नेपाल ।
गण्डकी कोशी कर्णाली मेची र महाकाली
लेक र बेंसी ब्युँझाउँछन् लहर लाख उचाली
हिमालचुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली ।
सीताले सारा भिजाइन दक्षिण लंका भारत
भृकुटी तारा उदाइन उत्तर चीन तिब्बत
बुद्धले यहीं पाएथे ज्ञानको पहिलो मुहान
शिबले यहीं ल्याएथे सृष्टिको पहिलो बिहान ।
पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं
हामीले हिमाल उठायौं एशियाको माझमा
सभ्यता बास बसेथ्यो आएर यहीं साँझमा ।
यही नेपाली माटोमा दिलको फूल रोपेर
यही पहाडी शिलामा पृतको गीत खोपेर
बाँचौला हामी नेपालमा चन्द्र र सूर्य ध्वाजा लिई
नाँचौंला हामी हिमालमा ज्योतिको पंख उचाली ।

नेपाली हामी रहौँला कहाँ / Nepali Hami rahaula kaha, Nepalai narahe... (National song)
➤ Singer – Natikaji
➤ Music – Natikaji
➤ Lyrics – Madhav Ghimire

नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे
तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको
माटो र पानी पहिलो धन धर्तीका छोराको
ए कहाँबाट संसार हेर्छौ सन्झ्यालै नरहे
   
दसैँ र तिहार रमाइला हाम्रा चुड्का र ख्यालीले
हिर्दय हाम्रो जुर्मुराउँछ जितको झ्यालीले
बैँसको तालमा नाचौँला कहाँ मादलै नरहे
  
ए कति राम्रो बिहानी पख घामको रेखी हो 
सभ्यता पहिलो संसारमा फैल्यो हिमाल देखि हो  
बिम्झौँला कहाँ पुर्वको पैलो उज्यालै नरहे
नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

लाग्दछ मलाई रमाइलो / Lagdachha malai ramailo...  (National song)
➤ Singer – Lasmit Rai/Yasodha Parajuli
➤ Music –
➤ Lyrics – Madhav Ghimire
लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
हिमालचुली मन्तिर पानी भर्ने पँधेरो।
लेकै हेर्यौ लाली गुराँस बेंसी हेर्यो प्याउली
पिरती बास्ने परेवा बिरह बोल्ने न्याउली
हिमाल छुन्छ बेलुकी सप्तर्षिको ताँतीले
जुनेली रात बिताउँछु गाउँदा गाउँदै साथीले।
सम्झन्छु म हिउँचुली आँसुको ढिका खसाली
यो बिरानो मुलुकमा बस्दैन माया बसाली
वनमा घाम नलागे जगत सारा अँधेरो
नौडाँडाको पारीमा प्रीतिको देश छ मेरो।
मेरो कान्ले लेकैलाई पाकेर जाने बादल
हातले मैले नछोए पनि छ कति कोमल
डर लाग्छ मलाई यही बादलु छायाँले
पार्दछ जहाँ इन्द्रेणी पाइला भिज्ने मायाले।


# गीतकार: आनन्द अधिकारी, ईश्वरबल्लभ, उन्नति बोहोरा शीला, कन्चन पुडासैनी, काली प्रसाद रिजाल, किरण खरेल, डा. कृष्ण हरि बराल, गोपाल योञ्जन, चाँदनी शाह, चेतन कार्की, दिनेश अधिकारी, जनकवि केशरी धर्मराज थापा, नगेन्द्र थापा, प्रेम विनोद नन्दन, बिपिन किरण, भिम बिराग, डा. भोला रिजाल, म.बी.बी. शाह, रास्ट्रकबि माधबप्रसाद घिमिरे, यादव खरेल, रत्न शमशेर थापा, रमण घिमिरे, रमेश क्षितिज, राजेन्द्र रिजाल, राजेन्द्र थापा, राम मान तृषित, सुवास चन्द्र ढुंगेल, हरिभक्त कटुवाल, क्षेत्र प्रताप अधिकारी

#veteran Nepali poet/ Lyricist Rastrakavi Madhav Prasad Ghimire.