म.बी.बी. शाह (MBB Shah)

गाजलु ति ठुला ठुला आँखा  / Gajalu Ti Thula Thula Aankha...
➤ Singer: Gulam Ali
➤ Music: Deepak Jangam
➤ Lyricist: MBB Shah

गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा।
कालो लामो परेली केश, छाल परे कलिलो मायामा।

निधारको त्यो रातो टिका, छाप बनि बस्यो यो दिलैमा
झल्केको त्यो नाकको फुली, ज्योति बन्यो कलिलो मायामा

पातली त्यो मधुर ओंठ, स्वाद बनि बस्यो यो दिलैमा
मिलेका ति दाँतका पंक्ती, मोती बने कलिलो मायामा।

किन किन तिम्रो तस्बिर  / Kina Kina Timro Tasbir...
➤ Singer: Gulam Ali
➤ Music: Deepak Jangam
➤ Lyricist: MBB Shah

किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ उति हिस्सि लाग्छ
अध्याँरोमा रात बिच तारा पिच्छे घुम्छ
जुनेलीमा जुन शितै ओर्ली मुख चुम्छ

एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा ब्यूझें पनि सिरानमै हुन्छ 
प्रभातको प्रभातको मिर्मिरे उषा जब हुन्छ
मेरो मनको झझल्कोमा पहिले आईपुग्छ

बिछोडको बेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा त्यहि आशा बन्छ 
खोकिलामा आर्जु जसै मुटु भित्रै पुग्छ
जति टाढा पुग्छु सधैं नजिक त्यहि हुन्छ

लोलाएका ति ठुला / Lolayeka Ti Thula Timra Dui Najarle...
➤ Singer: Gulam Ali
➤ Music: Deepak Jangam
➤ Lyricist: MBB Shah

लोलाएका ति ठुला, तिम्रा दुई नजरले
हेरी दिए मलाई, चाहिन्न अर्को केहि
.
सौभाग्यशाली औठी तिम्रो त्यो हातको भै
स्पर्श मात्र पाए चाहिन्न अर्को केहि
सुन्दर मुहार तिम्रो चन्द्रमा सर्माउने
एक पल्ट देख्न पाए चाहिन्न अर्को केहि

छिनेको त्यो कटी मा जल को घडा सरी भै
टासी रहन पाए चाहिन्न अर्को केहि
काला घटा भदौका जस्ता ति केश लामा
छाया भए मलाई चाहिन्न अर्को केहि

के छ र दिउँ तिमीलाई मैले / K Cha Ra Deu Timilai Maile...
➤ Singer: Gulam Ali
➤ Music: Deepak Jangam
➤ Lyricist: MBB Shah

के छ र दिउँ, तिमीलाई मैले कोशेली भनेर
ल्याएको थिएँ, दुइ थोपा आँसु, पोखियो छल्केर

के छ र अरु, म संग दिउँ, कविता छोडेर
कोरेको थिएँ, तेही दिउँ भनि, मेटियो झस्केर
ल्याएको थिएँ, गीत यो दिन तिमीलाई भनेर
पवन बिचै बिलाई गयो, त्यो पनि गाएर

तस्विर थि,यो मसंग एउटा राखेको खिचेर
पुरानो भइ, त्यो पनि आज, गएछ रुझेर
दिएको थिएउ मायाले एउटा, चिनो है भनेर
त्यो पनि फिर्ता दिउँ कि भन्दा, गएछ खिएर


# तत्कालिन श्री ५ महाराजधिराज महेन्द्र बीर बिक्रम शाह देव  (1920-1972)
# गीतकार: आनन्द अधिकारी, ईश्वरबल्लभ, उन्नति बोहोरा शीला, कन्चन पुडासैनी, काली प्रसाद रिजाल, किरण खरेल, डा. कृष्ण हरि बराल, गोपाल योञ्जन, चाँदनी शाह, चेतन कार्की, दिनेश अधिकारी, जनकवि केशरी धर्मराज थापा, नगेन्द्र थापा, प्रेम विनोद नन्दन, बिपिन किरण, भिम बिराग, डा. भोला रिजाल, म.बी.बी. शाह, रास्ट्रकबि माधबप्रसाद घिमिरे, यादव खरेल, रत्न शमशेर थापा, रमण घिमिरे, रमेश क्षितिज, राजेन्द्र रिजाल, राजेन्द्र थापा, राम मान तृषित, सुवास चन्द्र ढुंगेल, हरिभक्त कटुवाल, क्षेत्र प्रताप अधिकारी