राजेन्द्र रिजाल (Rajendra rijal)

ऋतुहरुमा तिमी / Rituharu ma timi, hariyali basanta hau... (BS 2034)
➤ Singer – Arun Thapa
➤ Music – Ram Thapa
➤ Lyrics – Rajendra Rijal

ऋतुहरुमा तिमी, हरियाली बसन्त हौ।
नदीहरुमा तिमी हो,पबित्र गंगा हौ।

निर्दोष छन ति तिम्रा, हत्केलाहरू। तर मायाले भरिएका छन औलाहरु।
पवित्र छन तिम्रा, लाजका गहना। तर चाहनाले भिजेका छन, ओठहरु।
हावाहरुमा तिमी, शितल पवन हौ।
नदीहरुमा तिमी हो, पबित्र गंगा हौ।

प्रकृतिले मलाई जन्म दिएकी, तिम्रो सिउदो मा सिन्दुर भर्न।
सरस्वतीले कलम थमाए कि। तिम्रो सुन्दरताको सधैँ, बयान गर्न।
फूलहरुमा तिमी, कोमल गुलाव हौ।
नदीहरुमा तिमी हो, पबित्र गंगा हौ।

प्रतीक्षा गर मेरी मायालु / Pratikshya gara meri mayalu...
➤ Singer – Deepak Kharel
➤ Music – Sambhujit Baskota
➤ Lyrics – Rajendra Rijal

प्रतीक्षा गर मेरी मायालु, समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ
कहिले हसाँउछ कहिले रुवाउँछ,  आँसु र हाँसोको संगम पनि गराउँछ

पर्खन्छन् कति आत्माहरु मायाको धुनी बालेर
झस्कन्छन् कति सपनासँग विपना हो कि भनेर
धैर्य गर मेरी प्रेयसी समयले मानिसलाई कहाँ कहाँ पुराउँछ

उर्लन्छन् कति खोलाहरु फर्किने आशा लिएर
तर्सन्छन् कति प्रेमीसँग धोका हो कि भनेर
केही त बोल मेरी जिन्दगी, समयले मानिसलाई कहाँ कहाँ पुराउँछ
कहिले हसाँउछ कहिले रुवाउँछ आँसु र हाँसोको संगम पनि गराउँछ

एकै नजरमा माया बस्यो है / Ekai najar ma maya basyo hai...  
➤ Singer – Binod Chaudhari/ Umesh Pandey
➤ Music – Shambhujeet Banskota
➤ Lyrics – Rajendra Rijal

एकै नजरमा माया बस्यो है, लुकीछिपी हेरि दिना ले
त्यो आखा ले जिउदै मार्यो है, ओठ टोकि हासी दिना ले

फुल हौ कि जुन तिमी कहाँ सजाइ राख्ने
छाती भित्र राख्ने हो कि आखा भित्र राख्ने
एकै बोलि ले गोलि लाग्यो है, मिठो वचन गरि दिना ले
त्यो आँखा ले जिउदै मार्यो है, ओठ टोकि हासी दिना ले

बासुरीको धुन तिमी मेरो सरगमको
लेखी दिउकी रगत ले गीत यो मिलनको
लौन मलाई अन्धो पार्यो है, एकै छिनको चिन जानी ले
त्यो आँखाले जिउदै मार्यो है, ओठ टोकि हासी दिना ले

प्रेमको माला पहिराई दिएँ / Premko mala... (BS 2032)
➤ Singer – Narayan gopal
➤ Music – CK Rasaili
➤ Lyrics – Rajendra Rijal
प्रेमको माला पहिराई दिएँ, सम्हाली राख यसलाई
नओइलिने फूलको माला हो, संगाली राख यसलाई
प्रेमको माला…

तिमि मेरो जिबनको उज्यालो हौ, म संधै तिम्रो साथ हुन्छु
सुखमा पनि दु:खमा पनि, एउटै भाब म पोखीरहन्छु
प्रेमको माया…

मायाको बन्धनले बाँधी दिएँ, दुइ दिनको सहारा होइन
पबित्र सिन्दूर छरीदिएँ, तृष्णामा मुछिएको माया होइन
प्रेमको माला…

Yo karmabhumi ko aangan ma... 
(V: Deepak Kharel, M: Sambhujit Baskota) (natonal song)

Timi lali guras fule jasti... 
(V: Prakash Shrestha, M: Shambhujeet Banskota)

Nartaki bani abhinaya garyau... 
(V: Prem Dhoj Pradhan, M: Shambhujeet Banskota)

Prem ko mulya malai nasodha... 
(V: Prakash Shrestha, M: Shambhujeet Banskota)

Pujideu mera premka rahar harulai... 
(V: Manohar pandey, M: CK Rasaili) (1st song)(BS 2031)

Chhekera chhekinnan himalka takura haru...
(V: Prakash shrestha)

Timro chitthile... 
(V: Bhuwan KC)


# गीतकार: आनन्द अधिकारी, ईश्वरबल्लभ, उन्नति बोहोरा शीला, कन्चन पुडासैनी, काली प्रसाद रिजाल, किरण खरेल, डा. कृष्ण हरि बराल, गोपाल योञ्जन, चाँदनी शाह, चेतन कार्की, दिनेश अधिकारी, जनकवि केशरी धर्मराज थापा, नगेन्द्र थापा, प्रेम विनोद नन्दन, बिपिन किरण, भिम बिराग, डा. भोला रिजाल, म.बी.बी. शाह, रास्ट्रकबि माधबप्रसाद घिमिरे, यादव खरेल, रत्न शमशेर थापा, रमण घिमिरे, रमेश क्षितिज, राजेन्द्र रिजाल, राजेन्द्र थापा, राम मान तृषित, सुवास चन्द्र ढुंगेल, हरिभक्त कटुवाल, क्षेत्र प्रताप अधिकारी