राम मान तृषित (Ram Man Trishit)

मैले पुण्य मनपराएँ/ Maile punya man paraye... 
(V: Narayan Gopal, M: Gopal Yonjan)
मैले पुण्य मनपराएँ, या पाप मनपराएँ
जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ...
 
जब फुल र काँडा दुइटा, सँगै रमाउन सक्छ
जब दागको रंगमा पनि, टिका समाउन सक्छ
नसोध मैले बरदान, या श्राप मन पराएँ
जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ...
 
तिमीसँग लिनुपनि छ, तिमीलाई दिनुपनि छ
हाम्रो हिसाब किताबमा, सच्याउनु पनि छ
यो हिसाब भुलेर तिमीलाई, बेहिसाब मनपराएँ
जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ...

मान्छेको माया यहाँ/ Manchhe ko maya yaha... 
(V: Narayan Gopal & Gyanu Rana, M: Shiva Shankar)
मान्छेको माया यहाँ, खोलाको पानी जस्तो
किनारालाई छोई भाग्ने, लहरेको बानी जस्तो
यो रात फकाई आउने, सुन्दर विहानी जस्तो

माया त जोवनको आवेश मात्र नै हो
तिर्खाको अर्को राम्रो एक भेष मात्र नै हो
तिम्रो हेराईमा केबल आँखा छ मुटु छैन
तिम्रो बोलाईमा स्वर छ ढुकढकी केही छैन
मान्छेको माया यहाँ,,,

मायाको विशालता यो आकाश धर्ती नै हो
माया त साँच्ची सुन्दर आत्माको मुर्ति नै हो
तिमी पानीलाई आकार दिने कोशिस नगर
तिमी हावालाई सद्भाव दिने कोशिस नगर
मान्छेको माया यहाँ...

एक फूल झरेर के भो / Ek phool jharera Ke bho... 
(V: Tara Devi, M: Shiva Shankar)
Ek phool jhearea ke bho, jaba saath bahar aauchha
youban rahirahe ta dheraiko pyar aauchha...

Madhos ko lagi kewal, madira kai ke jarurat
yo raat jagmagauna, tarakai ke jarurat
maile ujyalo chahen, chandrai hajar aauchha
youban rahi rahe dherai ko pyar aauchha...

fursad bhena kaile, runa laai fool jharda 
aasu banena paani, dui aakha bata girda
jiwan ma preet ko halchhal, say baar baar aauchha
youban rahirahe ta, dherai ko pyar aauchha...

दिलमा हजुर आएर / Dilma Hajur aayera ... 
(V: Tara Devi, M: Shiva Shankar)
Dilama hajur aayera matrai malai thaha bho
mero pani jawani aaisakeko rahechha...

mailai thaha thiyena, mero yo heraile
mohoni lagchha arulaai, mero kura garaile
hajurai najik bhaera, matrai malai thaha bho
bharkharko jasto bachpan, biti sakeko raichha...

pahile ma aile jastai, muskauna jandina the
arule malai herda sarmauna jandina the
maya hajurko payera matrai malai thaha bho
mero purano baani badli sakeko rahechha...

अलिकति तिमी अभिमान छोड / Alikati timi bhimaan chhoda... 
(S: Yogesh Vaidya, M: Shiva Shankar)
अलिकति तिमी अभिमान छोड, अलिकति म अभिमान छोडुं 
हुन सक्छ अँध्यारो जीवनलाई, एक नौलो बिहानी तर्फ मोडु 

आँखामा यस्तो गाजल छ तिम्रो, हर फूलको रंङ्गलाई छेकि दिने
आँखामा यस्तो सपना छ मेरो, हर रात उज्यालो देखि दिने
अलिकति तिमी...

हाम्रै हातमा न हो हाम्रो आफ्नो खुशी, तिम्रो मेरो गतिमै हाम्रो मिठो मीलने
किन यस्तो सजिलो मोडमा पनि, तिम्रो पाऊमा थकान मेरो पाऊमा जलन 
अलिकति तिमी...


# गीतकार: आनन्द अधिकारी, ईश्वरबल्लभ, उन्नति बोहोरा शीला, कन्चन पुडासैनी, काली प्रसाद रिजाल, किरण खरेल, डा. कृष्ण हरि बराल, गोपाल योञ्जन, चाँदनी शाह, चेतन कार्की, दिनेश अधिकारी, जनकवि केशरी धर्मराज थापा, नगेन्द्र थापा, प्रेम विनोद नन्दन, बिपिन किरण, भिम बिराग, डा. भोला रिजाल, म.बी.बी. शाह, रास्ट्रकबि माधबप्रसाद घिमिरे, यादव खरेल, रत्न शमशेर थापा, रमण घिमिरे, रमेश क्षितिज, राजेन्द्र रिजाल, राजेन्द्र थापा, राम मान तृषित, सुवास चन्द्र ढुंगेल, हरिभक्त कटुवाल, क्षेत्र प्रताप अधिकारी
# Nepal, Nepali, Nepalese, Dr. Ramman Shrestha Trisit