सुवास चन्द्र ढुंगेल (Subash Chandra Dhungel)

 चोट के हो व्यथा के हो / Chot k ho byatha ke ho...
➤ Singer: Arun Thapa
➤ Music: Arun Thapa
➤ Lyricist: Subash Chandra Dhungel

चोट के हो, व्यथा के हो? म जस्तो घाइते लाइ सोध
मिलन के हो, खुशी के हो? म संग कहिले सोध्दै न सोध

मलाइ लाग्छ यो जीवन मेरो, चोटै-चोटले भरिएको छ
सागर भन्दा गहिरो व्यथा, यो मुटुभित्र छरिएको छ

गम्भीर भन्छन सबै मलाइ, मेरो उदास मुहार देखि
भन्दैनन कोहि यो बाचेको छ, छातीभरि घाउ बोकी

जति चोट दिन्छौ देऊ मायालु  / Jati chot dinchhau deu mayalu...
➤ Singer: Bhakta Raj Acharya
➤ Music: Bhakta Raj Acharya
➤ Lyricist: Subash Chandra Dhungel

जति चोट दिन्छौ देऊ मायालु मुटुभित्र साँचेर राख्नेछु
जति आँसु दिन्छौ देऊ मायालु दुई आँखाबाट झार्नेछु

मुटुमा फुलेको विश्वासको फूल विवसताको हुरीले झारिदिएछ
तर तिम्रो नजरमा दोषीको श्रेय यो अभागीलाई मिलेछ
ठिकै छ मायालु म तिम्रो नजरमा दोषी भएर बाँच्नेछु

विछोडको घाउमा खाटा नबस्दै तिमीले फेरि बदनाम गर्यौ
मेरो जीवनमा बहार आउने सारा मुहानहरू थुनिदियौ
ठिकै छ मायालु म जीवनभरि नै उजाड भएर बाँच्नेछु

फूल झरे पनि काँढा झर्दैन/  Phool Jhare Pani...
➤ Singer – Rabin Sharma &
➤ Music – Ram Thapa
➤ Lyrics – Subash Chandra Dhungel

फूल झरे पनि, काँढा झर्दैन 
म मरे पनि मेरो माया मर्दैन  
तारा झरेपनी, जुन झर्दैन
म मरे पनि मेरो माया मर्दैन

गिलासको पानी जस्तो, माया पोखिदैन
सुन जोख्ने तराजुमा, माया जोखिदैन
ऋतु जस्तो मेरो माया, कहिले फेरिदैन
सस्तो प्रेमपात्र मा, माया लेखिदिन

मेरो माया पिपलको पात जस्तो हैन
मन संगै मेरो माया, कहिले बहकिन्न
मेरो माया गुलाफको, फूल जस्तो होइन
मनमा फुल्छ भीरपाखा, बनमा फुल्दैन

तिम्रो मनको किताब बाट झिकी देउ नाम मेरो / Timro Manko Kitab Bata (2019)
➤ Singer: Karna Das
➤ Music: Indra Benzankar
➤ Lyricist: Subash Chandra Dhungel

मन बिना बाँच्न पाए  / Man bina bachna paye
➤ Singer: Sangita Rana pradhan
➤ Music: Abid
➤ Lyricist: Subash Chandra Dhungel

मन बिना बाँच्न पाए, हुन्थ्यो दुई चार बर्ष 
पीर पनि हुँदैनथ्यो, हुँदैनथ्यो हर्ष 



#सुवास चन्द्र ढुंगेल 

# गीतकार: आनन्द अधिकारी, ईश्वरबल्लभ, उन्नति बोहोरा शीला, कन्चन पुडासैनी, काली प्रसाद रिजाल, किरण खरेल, डा. कृष्ण हरि बराल, गोपाल योञ्जन, चाँदनी शाह, चेतन कार्की, दिनेश अधिकारी, जनकवि केशरी धर्मराज थापा, नगेन्द्र थापा, प्रेम विनोद नन्दन, बिपिन किरण, भिम बिराग, डा. भोला रिजाल, म.बी.बी. शाह, रास्ट्रकबि माधबप्रसाद घिमिरे, यादव खरेल, रत्न शमशेर थापा, रमण घिमिरे, रमेश क्षितिज, राजेन्द्र रिजाल, राजेन्द्र थापा, राम मान तृषित, सुवास चन्द्र ढुंगेल, हरिभक्त कटुवाल, क्षेत्र प्रताप अधिकारी