नबिर्सेँ तिमीलाई न पाएँ तिमीलाई / Na birse timilai na paye timilai...
➤Singer– Anju pant/ Jagadish Samal
➤Music – Mahesh Khadka
➤Lyricist – Bipin Kiran
नबिर्सेँ तिमीलाई न पाएँ तिमीलाई
बिना अर्थ दिलमा सजाएँ तिमीलाई
त्यो यात्रा सुनौलो अनि साथ तिम्रो
सम्झेर भेट्न बोलाएँ तिमीलाई
आयौ समिपै जब तिमी निदरीमा
यो हलचल यो धड्कन सुनाएँ तिमीलाई
रमाएँ एकैछिन पछि आँसु झर्यो
अनि आँसु पुछ्दै पठाएँ तिमीलाई
भयो आश रित्तो र यो मन निराश भो
अनि बेहोशी मै कराएँ तिमीलाई
अनायासै मेरो दुख्यो जिन्दगीमा
परेली भिजाई बगाएँ तिमीलाई
माया एउटा संग बिहे एउटा संग / Maya Euta Sanga Bihe Euta Sanga
➤ Singer – Anju Panta
➤ Music – Diwan Kinar
➤ Lyrics – Diwan Kinar
माया एउटा संग, बिहे एउटा संग
यस्तै रैछ भाग्य लेख्ने , नियम देउता संग
नचाहेर भुल्नु पर्ने, अतीत कुनै कुनै
बन्धन गास्यो जुनचाही संग, पर्ने उस्को हुनै
सम्झीएर बाँच्नु पर्ने, जुनकीरीलाई जुनै
हुँदा पनि मुटु भरी, आँखा भरी उनै
सपना एउटा संग, बिपना एउटा संग
यस्तै रैछ भाग्य लेखने नियम देउता संग
सम्झौता कि बाध्यता, हो खै केहो जीवन यो
नबने भा जाती हुन्थ्यो, कि माया की मन यो
भुल्नै गारो छुटे पछी, माया प्रीती झन यो
रोजेको नै गुम्ने रिती, खै कसरी बन्यो
मन चै एउटा संग, तन चै एउटा संग
यस्तै रैछ भाग्य लेखने नियम देउता संग
मन मिल्ने मान्छे कतै भेटेउ की तिमिले / Mana Milne Manchhe Katai Bheteu Ki
➤ Singer – Anju Panta (Solo), Swaroop Raj Acharya (Solo)
➤ Music – Sachin Singh
➤ Lyrics – Raj Babu Shrestha
मन मिल्ने मान्छे कतै, भेटेउ की तिमीले
तिर्खा लागी प्यास कतै मेटेउ की तिमीले
मैले भने तिमीलाई भुल्नै सकिन
तिमी बाहेक अरु संग खुल्नै सकिन
नजानेरै तिम्रो चित्त दुखाएकी मैले
तिमि संग कुनै कुरा लुकाएकी मैले
रिसै उठे आँखा तिमीले तरेपनी हुन्थ्यो
आफ्नै ठानी जती गाली गरेपनि हुन्थ्यो
मन मिल्ने...
संगै हिड्दा कतै खुट्टा लाग्यो की तिमीलाई
मैले बोल्दा मनमा ठेस पुग्यो की तिमीलाई
चित्तै दुखे मन खोलेर माझेपनि हुन्थ्यो
गल्ती भए मुख फोरेरै बाझेपनि हुन्थ्यो
मन मिल्ने ...
हाँस्न लाई ओठ खोलें / Hasna Lai Oth Khole Aakhaa
➤ Singer – Anju Panta
➤ Music – Prabesh Hamal
➤ Lyrics – Prabesh Hamal
हाँस्नलाई ओठ खोलें आँखा भरि आँशु भयो
बाँच्नलाई साथ रोजें दुनिया टाढा भयो
यो मायाको संसारमा आज धेरै जाल भयो
काँडे तारको बार लाएर यो मनलाई किन बार्यौ
तिमी उडेउ चरि सरि पिजँडामा मलाई पार्यौ
यस्तै गर्नु थियो भने मुटु साट्ने वाचा के लाई
बाहानामा टाढा भयौ जीवन भरि मन जलाई
यो मायाको संसारमा...
यसरी नै बाँच्ने भए तिम्रो यादले मलाई मार्यो
दोबटोमै पुग्न नपाई गोरेटोमै एक्लो पार्यो
तिम्रो लागि बाँचु भन्दा आफै भित्र लागे मर्न
कहिले देखि सिक्यौ भन मुटु भित्र तीर छेड्न
हाँस्नलाई ओठ खोलें...
आउँछ छु भनि निस्ठुरीले भर किन पार्नु / Aauchhu Bhani Nisthurile
➤ Singer – Anju Panta
➤ Music – Santosh Shrestha
➤ Lyrics – Damu Marsiful
आउँछु भनि निस्ठुरीले, भर किन पार्नु
ज्यानै दिने बाचा गरी, माया किन मार्नु
झल्को आउँदा अतितको, फुट्न खोज्छ छाती
चिच्याउने रै छु उसको, नाम लिदै राति
सुकाएरै मार्ने भए, फूल किन सार्नु
आधा घाटमै छाड्ने भए, खोला किन तार्नु
मेरो खबर उसैकहाँ, पुर्याइदेउन कोहि
तिम्रै यादमा मर्छे होला, भनिदेउन रोइ
उस्कै जीत भो जीवनमा, मैले पर्यो हार्नु
एकै छाक भए पनि, भन्देउ नून बार्नु
अमृत भनि बिष दियौ / Amrit Bhani Bisa Diyau
आफ्ना मान्छेले नै दुखमा / Aafna Manchhe Le Nai
आँसु दिई बैगुनीले / Aansu Diyi Baiguni Le
उपहार के दिउँ खै मन परेको मान्छेलाई / Upahaar Ke Diun Khai
*एकै पल पनि बाँच्न गार्हो भो प्रिय तिमि बिना / Ekai Pal Pani
कति सपना साँचेको थिए / Kati sapana Sacheko The
कलेजीमा बस्यौ तिमि / Kalejima Basyau Timi
किन तिम्लाई के भयो र टाढा हुँदै गयौ / Kin Timilai Ke Bhayo Ra
घाम जुन जस्तै डुब्नु रैछ र / Ghaam Jun Jastai Dubnu Raichha Ra
छाडी जाने निष्ठुरीको यति धेरै / Chhadi Jane Nisthuriko Yati Dherai
*जता जता दियो बाल्छु / Jata Jati Diyo Balchhu
जाली भन्ने थाहा भए तिम्रो नजिक / Jali Bhanne Thaha Bhae
तनको चोट भुली सकें / Tanko Chot Bhuli Saken
तिमि संग भेट भो भने अतित बल्झिन्छ / Timi Sanga Bhet Bho Bhane
तिम्रो मायाँ मुटु रेट्ने खुकुरीको धार रैछ / Timro Maya Mutu Retne
तिम्रै जीतको चर्चा छ रे / Timrai Jeetko Charcha Chha Re
तिम्रै यादमा भित्र भित्रै / Timrai Yaadma Bhitra Bhitrai
तिम्रै साथले मलाई हाँस्न सिकायो / Timrai Saathle Malai Hasna Sikayo
तिम्रो दिलमा राख्यौ किन / Timro Dilma Rakhyau Kina
तिमीले पराई ठाने पछि / Timile Parai Thane Pachhi
तिमीले भुल्न सके पनि मैले भुल्न सकिन / Timile Bhulna Sake Pani
तिमीले मायाँ सँधै यसरि नै गर्दै जानु / Timile Maya Sadhai Sadhai
तिमीले मुटु टुक्रा पर्यौ / Timile Mutu Tukra Paryau
तिमीले साथ छोडे पछि कसैलाई त रोज्नै पर्छ मैले / Timile Saath Choode Pachhi
धेरै लाई बाँड्दा नपुग्ला माया / Dherai Lai Badda Napugla Maya
पल पल रोएँ जिन्दगिमा / Pal Pal Royen Jindagima
बुझेको छु तिम्रो म सँग / Bujheko Chhu Timro Ma Sanga
म सँग तिमीले जोडे पछि नाता / Ma Sanga Timile Jode Pachhi Naata
*मलाई बाँसुरीले रुवायो / Malai Bansurile Ruwayo
मलाई बीच बाटो मै छोड्ने भए / Malai Bich Bato Mai
मलाई मन पराउने एउटा मान्छे / Malai Man Paraune Euta Manchhe
मुटु भित्र मलाई राखी अन्तै नाता जोड्यौ भने / Mutu Bhitra Malai Rakhi
*मैले तिमीलाई चाहेर पनि / Maile Timilai Chaher Pani
मैले शितल छायाँ दिएकै त / Maile Shital Chhayan
यति धेरै तिम्रो याद किन आउँछ होला / Yati Dherai Timro Yaad
रुँदै हुन्छौ जहिले पनि मैले देख्ने सपनीमा / Rundai Hunchhau Jahile Pani
*रिसाएको मान्छेलाई भेट्न पाए हुन्थ्यो / Risayeko Manchhe Laai Bhetna
शिरैमा ढाका टोपी मुगलान जाने हो कि / Shiraima Dhaka Topi
अन्जु पन्त (Anju Pant, b.1979) चर्चीत नेपाली गायिका हुनुहुन्छ । वहाँको भुतपुर्ब श्रीमान मनोज राज शिवाकोटी पनि गायक संगीतकार हुनुहुन्छ ।
No comments:
Post a Comment