ऋतुहरुमा तिमी / Rituharu ma timi hariyali basanta hau (BS 2034)
➤ Singer – Arun Thapa
➤ Music – Ram Thapa
➤ Lyrics – Rajendra Rijal
ऋतुहरुमा तिमी, हरियाली बसन्त हौ।
नदीहरुमा तिमी हो,पबित्र गंगा हौ।
निर्दोष छन ति तिम्रा, हत्केलाहरू।
तर मायाले भरिएका छन औलाहरु।
पवित्र छन तिम्रा, लाजका गहना।
तर चाहनाले भिजेका छन, ओठहरु।
हावाहरुमा तिमी, शितल पवन हौ।
नदीहरुमा तिमी हो, पबित्र गंगा हौ।
प्रकृतिले मलाई जन्म दिएकी,
तिम्रो सिउदो मा सिन्दुर भर्न।
सरस्वतीले कलम थमाए कि।
तिम्रो सुन्दरताको सधैँ, बयान गर्न।
फूलहरुमा तिमी, कोमल गुलाव हौ।
नदीहरुमा तिमी हो, पबित्र गंगा हौ।
चोट के हो व्यथा के हो / Chot k ho byatha ke ho...
➤ Singer: Arun Thapa
➤ Music: Arun Thapa
➤ Lyricist: Subash Chandra Dhungel
चोट के हो, व्यथा के हो? म जस्तो घाइते लाइ सोध
मिलन के हो, खुशी के हो? म संग कहिले सोध्दै नसोध
मलाइ लाग्छ यो जीवन मेरो, चोटै-चोटले भरिएको छ
सागर भन्दा गहिरो व्यथा, यो मुटुभित्र छरिएको छ
गम्भीर भन्छन सबै मलाइ, मेरो उदास मुहार देखि
भन्दैनन कोहि यो बाचेको छ, छातीभरि घाउ बोकी
भुलूं भुलूं लाग्यो मलाई / Bhulu Bhulu Lagyo Malai
➤ Singer: Arun Thapa
➤ Music: Bikram Gurung
➤ Lyricist: Bikram Gurung
भुलु भुलु लाग्यो मलाई सपनीमा,
मिठो लाग्दैन बिपनी
हो… मिठो लाग्दैन बिपनी
रोजु रोजु लाग्यो मलाई अँधेरी नै,
मिठो लाग्दैन उजेली
हो… मिठो लाग्दैन उजेली
रात दिन आँखा मेरो, भिजी दिन्छ त्यसै-त्यसै
पिरतीको भाका मिठो, सम्झी हिँड्थे सधैँ-सधैँ
तर रहेर छ नि राजै,
मुटु भिझाउने, दुनिया हसाउने हो…
पल-पल मनै जलाउने
कसरी भन्नु मैले, जिवन हो घाम पानी
बित्नेलाई बिती दिन्छ, एकोहोरो जिन्दगानी
कसैलाई हाँसो धेरै,
कसैलाई आँशु धेरै,
एक नाश छैन हो...
सम्झ अनौठो कहानी
जति माया लाए पनि / Jati Maya Laye Pani
➤ Singer: Arun Thapa
➤ Music: Arun Thapa
➤ Lyricist: Binod Gauchan
जति माया लाए पनि, जति कसम खाए पनि
निस्ठुरीले बाटो लाग्दा, आँखा तरी गए पछि
मनमा पिर त पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो
साचो प्रिती लाएकै थिएँ, चोखो जोवन दिएकै थिएँ
बुझ्नेले कुरा नबुझे पछि, मनमा कुरा नलिए पछि
मनमा पिर त पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो
दुख तिम्रा सबै लिई, सुख दिन्छु भनेकै थिएँ
बुझ्नेले कुरा नबुझे पछि, मनमा कुरा नलिए पछि
मनमा पिर त पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो
म रोए पनी तिमि हाँसी दिनु / Ma Royepani Timi Hasidinu
➤ Singer: Arun Thapa
➤ Music: Arun Thapa
➤ Lyricist: Bhusan Kharel
म रोए पनि तिमी हाँसिदिनु x2
यो झरी जाने जिन्दगी देखि पन्छिदिनु
म रोये पनि तिमी हाँसिदिनु
(कहिलेकाही ति मिलनका यादहरु आए भने
सपना सम्झी त्यसलाई बिर्सी दिनु ) x2
(म त यस्तै नै भए, यसै सस्तो नै भए
तिमी मुल्यवान बनिदिनु ) x2
म रोए पनि तिमी हाँसिदिनु
(कतै ति बेहोसीएका पलहरु बल्झिन्छ भने
खेल नै सम्झी हाँसेर टारिदिनु) x2
(सन्जोग हाम्रो विझाउने भुल भए
त्यसमा न गहिरिदिनु) x2
म रोए पनि तिमी हाँसिदिनु
यो झरी जाने जिन्दगी देखि पन्छिदिनु
म रोए पनि तिमी हाँसिदिनु
दोष कसैलाई दिन चाहन्न / Dosh Kasailai Dina Chahanna
➤ Singer: Arun Thapa
➤ Music: Suk Gurung
➤ Lyricist: Suk Gurung
दोष कसैलाई दिन चाहन्न
पिउने छु बरु आँखाको आँशु
मायाको चिनो सम्झेर
नसोध्नु प्रिय कसैलाई पनि, कस्तो छ उ भनेर
दिनभरी भुल्छु नशामा डुबि, रात काट्छु कल्पेर
मायाको संसार फेरिँदो रहेछ, बाचालाई भुलेर
म भुल्ने छैन त्यो हाम्रो माया, राख्ने छु साँचेर
तिमि हेर्छौ भने / Timi Herchhau Bhane
➤ Singer: Arun Thapa
➤ Music: Dinesh Subba
➤ Lyricist: Dipak Budhathoki
तिमी हेर्छौ भने यो छातीभित्र, नदेखिने घाउ धेरै धेरै छन्
तिमी सुन्छौ भने यो जिन्दगीमा. कहिले नमेटिने कथाहरू छन्
खुसीहरूमा जिउन सकिन, जिन्दगी नै अभिषाप झैं भयो
शिशा झैं मुटु चर्किरह्यो, पल पल व्यथाहरू बल्झी नै रह्यो
जिउँदै मरेको आभास हुन्छ, जिउनुको के अर्थ नै रह्यो
जब पीरहरू बरदान झैं भयो, के आशामा जीवन अल्झी नै रह्यो
अरु संग नजोख मलाई / Aru Sanga Najokh Malai
➤ Singer: Arun Thapa
➤ Music: Arun Thapa
➤ Lyricist: Subash Chandra Dhungel
अरु संग नजोख मलाई,
थाहै छ तिमीलाई म सस्तो छु
सुनगाभा कोहि कोहि चमेली,
थाहै छ तिमीलाई म काँडा हुँ
तिमी भन्छौ सुन भन्दा सस्तो हुन्छ मायाहरु
तर म भन्छु माया भन्दा (महंगो छैन केहि अरु) x2
सुन संग नदाँज मलाई x2
थाहै छ तिमीलाई म ढुङ्गा हुँ
तिमी भन्छौ गुराँस भन्दा राम्रो छैन फूल अरु
तर म भन्छु गुराँस भन्दा (राम्रो प्रितिका फूलहरु ) x2
बहार संग नदाँज मलाई x2
थाहै छ तिमीलाई म पतझड् हुँ
साँझको जुन संगै / Saanjh Ko Jun Sangai
➤ Singer: Arun Thapa
➤ Music: Arun Thapa
➤ Lyricist: Kishor Gurung
साँझको जुन संगै आउछौ तिमी भनेर,
टोलाई रहन्छु आकाशमा रातको तारा गनेर
सजाई रहन्छु सपनाहरु हृदय भरि उमंग लिएर
तर तिमीले बिर्सि दिएउ बिछोडको मिलन मायाका कथाहरु
हत्केला चुमेर भाग्ने गर्थेउ लाजले ति आँखा छोपेर
चुडियो मुटु भागी दिएउ मिठो सपना गैदिएउ छोडेर
आँखाको निँद खोसी जाने / Aankha Ko Nindh
➤ Singer: Arun Thapa
➤ Music:
➤ Lyricist:
आँखाको निंद खोसी लाने,
हृदयको तंरग छेडी जाने
तिमीलाई के सजाय दिउ,
कि सधैलाई बाँधी दिउ
बहकिदै थिएँ मद्होस् भएर
थामिएछु तिम्रो आभास पाएर
मोहनी मन त तिम्रै नाम भनी लेखिदिउँ
निरस निरस थिए यी मेरा आँखाहरु
रसिएछन् तिम्रो मुस्कान पाएर
भन्छौ नै भने परेलीभित्र लुकाइदिउँ
न पोखिने न जोखिने तिमि लाई मेरो चोखो मायाँ / Na Pokhine Na Jokhine
➤ Singer: Arun Thapa
➤ Music:
➤ Lyricist:
न पोखिने न जोखिने तिमि लाई मेरो चोखो मायाँ
न देखिने न लेखिने मेरो मनको सबै न्यानो माया
गहराईमा लुकेका मायाहरु तिमि आँखाले मात्र नखोज्ने गर
यति सुन्दर अनि यति कोमल मायाँ तिमि ओठले मात्र नखोज्ने गर
केहि सोच्ने गर, केहि बुझ्ने गर, प्रीतिका बातहरु केहि सोध्ने गर
तिम्रो मायाँ के हो, तिमि आफै भन, अनि तेस्लाई म मा सधै रोज्ने गर
लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो / Lagna Thalyo Jeevan
भुलेका कथा तिता मिठा / Bhuleka Katha Tita Mitha
मेरो गीत सबै तिमि लाई / Mero Geet Sabai Timilai
सपनाहरु सबै हे ईश्वर जहर भयो / Sapana Haru
जिन्दगीका यात्राहरुमा / Jindagika Yatra Haruma
No comments:
Post a Comment