अरुणा लामा (Aruna Lama)


 ए कान्छा मलाई सुनको तारा / Eh Kanchha Malai Sunko

➤Singer - Aruna Lama & Rudra Mani 
➤Music - Ambar Gurung 
➤Lyrics - Pasang Wangbal

ए कान्छा मलाई सुनको तारा खसाई देउन
त्यो तारा मात्र होइन जुन पनि झारी दिउला

गाई, गोरु बाधेर छिट्टै भेट्न आउन
बाटैमा रात पर्ला उज्यालोमै आउन
अँध्यारो के हो र माया पिरती अघि
पर्खी देउ म आउला अध्यारोलाई तोडि
ए कान्छा ... 

लौ उडि जाउ त्यहा बादल लुछी ल्याउन
बादललाई गासेर आचल बनाई दिउला
लौ हुन्छ बादलको आचल बनाई दिउला
छेउछेउमा ताराको जलप लगाई दिउला
ए कान्छा ...


 एक्लै बस्दा सँधै मलाई  / Eklai Basda Sadhai Malai

➤Singer - Aruna Lama
➤Music - Ganesh Pariyar & Ratna Bahadur Khadgi 
➤Lyrics - Dev Bajracharya

एक्लै बस्दा सधै मलाई, सम्झना तिम्रो आइदिन्छ
सहन नसकि आँखा बाट, आँसु त्यसै झरिदिन्छ

रोजेको थिए, तिमीलाई मैले, आफ्नो नै बनाउछु भनि
खोजेको थिए, जीवन भरि, तिमी संगै बिताउछु भनि
एक्लै बस्दा...

सम्झेको थिए, तिमीलाई मैले, बतास झैँ बत्तिएर जादैनौ भनि
सम्झेको थिए, जिन्दगी भरि, बिछोड कहिल्यै हुदैनौ भनि
एक्लै बस्दा...

 उदास मेरो जीवन कथा कसैलाई भनिन / Udas Mero Jeewan Katha

➤Singer - Aruna Lama 
➤Music - Narayan Gopal 
➤Lyrics - Bhairabnath Rimal

(उदास मेरो जिवन कथा कसैलाई भनिन
यो जन्म भरी सहेको व्यथा त्यो पनि भनिन ) x2

बेदना मेरो झन् शुन्य केवल पहरा सुसाई x2
साहारा विना जिन्दगी देख्ने छन् जुन विझाई
जिवनदर साँघुरिगयो परन्तु को देख्छ
आफन्तलाई सम्झना रहे परन्तु जो देख्छ
उदास मेरो जिवन कथा...

कपुर जस्तो जिवन दिनदिन उड्दछ अनन्त x2
औँशीको रात विपतको खेल खेल्दछ बसन्त
विरही वनमा भौँतारि खेल्छु खोजेर सृजना
निराश मेरो जिन्दगी देख्छु के मेट्छु तिस्रना
उदास मेरो जिवन कथा ...

 पोहोर साल खुशी फाट्दा / Pohor Saal Khushi Fatda 

➤Singer - Aruna Lama
➤Music - Ambar Gurung 
➤Lyrics - Rajendra Thapa

पोहोर साल खुशी फाट्दा, जतन गरि मनले टालें।
त्यहि साल माया फाट्यो, त्यसलाई पनि मन ले टालें।
यसपाली त मनै फाट्यो, के ले सिउने, के ले टाल्ने हो?
स्वास फेरे जस्तो लाग्छ, तर भन्छन मरी सकें।

मेरो भाग्य यति नै हो, भोग चलन गरि सकें।
सलहको भाग्य मेरो, मर्ने बाच्ने ठेगान छैन।
भाग्य फाटे जोढ्थे बरु, तर मन सिउने के ले हो?

सुख के हो दुख के हो, मनले खोज्ने खुशी के हो?
भावीले निधारमा कर्म, लेखिदिने मसि के हो?
कर्म लेख्ने मसि के हो? भाग्य टोक्ने कसी के हो?
कर्म फुटे जोढ्थे बरु, तर मन जोड्ने के ले हो?

पोहोर साल खुशी फाट्दा, जतन गरि मनले टालें।
त्यहि साल माया फाट्यो, त्यसलाई पनि मन ले टालें।
यसपाली त मनै फाट्यो, के ले सिउने, के ले टाल्ने हो?

 फूललाई सोधें / Phool Lai Sodhe 

➤Singer - Aruna Lama 
➤Music - Karma Yonjan 
➤Lyrics - Norden Rumba

फूललाई सोधेँ कहाँ गयो, कता गयो भमरा?
फूललाई सोधेँ कहाँ गयो, कता गयो भमरा?
लजाएर फूलले भन्यो, कहाँ गयो, कता लाग्यो
मेरो मन चोरिलग्यो त्यसैले, बैगुनीले

वनलाई सोधेँ कहाँ भाग्यो बादल? x2
सुसाएर वनले भन्यो कहाँ गयो, कता लाग्यो
मेरो तन रुझाएर पानीले, बेइमानीले
मेरो मन चोरीलग्यो त्यसैले, बैगुनीले

गोरेटोलाई मैले सोधेँ कहाँ गयो बटुवा? x2
समाएर उसले भन्यो कहाँ गयो, कता लाग्यो
मेरो मन चोरीलग्यो त्यसैले, बैगुनीले

खोला भन्छ निर्मोहीको त्यो मोहले नै गर्दा
बैँस गयो, उमेर गयो, खोजी हिँड्नुपर्दा
भेट्छु होला निष्ठुरीलाई त्यो घुम्तीतिर भनि
खोजी हिँड्छ अभागी त्यो बतासले पनि
कठै बरा, कसलाई होला बुझ्नै सकिन मैले
बित्यो युग यहाँ पर्खेको, अझै छैन फर्केको

फूललाई सोधेँ कहाँ गयो, कता गयो भमरा? x2
लजाएर फूलले भन्यो, कहाँ गयो, कता लाग्यो
मेरो मन चोरीलग्यो त्यसैले, बैगुनीले

सबैले भन्थे मायालु फुल भै / Sabai Le Bhanthe
➤Singer - Aruna Lama 
➤Music - Ambar Gurung 
➤Lyrics - Ambar Gurung

सबैले भन्थे, मायालु फूल भै, आँखामा फुल्छु
कर्मैले हजुर, आँशुमा म फुले x2
म आफै भन्थे, जिन्दगी आफ्नै, हातले लेख्छु
कुन मनले हजुर गीतमा म भुँले x2

सुन्दछु मेरो, यही धर्ती भित्र, आफ्नै छ रगत
पाउँदिन तर, कोहीपनि आफ्नो, बेग्लै छ जगत
देख्नेले भन्थे, उडेर एकदिन, आकाश छुन्छु
कुन दिनले हजुर, उड्न नै म भुलेँ x2

न घर मेरो,न वन मेरो, यहि मनले म एक्लो
मुहार मेरो, सबैको जस्तो, आँशुले म बेग्लो
लहरले भन्थ्यो, बगेर एकदिन, सागर पुग्छु
दिनले हजुर खोला मै म सुके x2

हाँगा हाँगा बन भरि /Hanga Hanga Banabhari Chaita Fulechha

➤Singer - Aruna Lama 

➤Music - Mani Kamal Chhetri
➤Lyrics - Hari Bhakta Katuwal

(हाँगा हाँगा बनभरि, चैत फूलेछ
थाहा नपाई मन भित्र, बैश फूलेछ) x2

(कता कता कसैलाई, भेटे भेटे झैँ
संग्लो पानी पिई तिर्खा, मेटे मेटे झैँ) x2
कोहो कोहो दुइ आँखामा, आइ डूलेछ
थाहा नपाई मनभित्र, प्रित फूलेछ

एकजोडी आँखा संधै, हाँसु हाँसु झैँ
एउटा माला फूल टिपी, गाँसु गाँसु झैँ
एकजोडी आँखा संधै, हाँसु हाँसु झैँ
एउटा माला फूल टिपी, गाँसु गाँसु झैँ
कसो कसो बिहानीको, निंद खुलेछ
थाहा नपाई मनभित्र, प्रित फूलेछ

लहरे बर घुमाउने चौतारी / Lahar Bar Ghumaune Chautari 
➤Singer - Aruna Lama 
➤Music - Deepak Jangam 
➤Lyrics - Deepak Jangam 

लहरे वर घुमाउने चौतारी x2
बह पोख्ने ठाउँ छैन, मन बुझाउने गाउँ छैन x2
बैरागीको मनलाइ बरिलै
लहरे वर घुमाउने चौतारी

आकाशको कालो बादल, मनभरि छायो x2
हास्ने खेल्ने उमेरलाई, के ले हो रुवायो x2
माइतीको आश, बलिबाश, जिउको नाश बरिलै x2
लहरे वर घुमाउने चौतारी

डाँडामाथि झुल्के घाम, आँखामा छ रात x2
आफन्तको भिंडबिच, कोहि छैन साथ x2
कहाँ मेरो गाउँ, कुन हो ठाउँ, के हो नाउँ बरिलै x2
लहरे वर घुमाउने चौतारी x2

बह पोख्ने ठाउँ छैन, मन बुझाउने गाउँ छैन x2
बैरागीको मनलाइ बरिलै
लहरे वर घुमाउने चौतारी


 बिरहले रोएको रातमा / Birahle Royeko Raatma

➤Singer - Aruna Lama 
➤Music - Deepak Jangam 
➤Lyrics - Narendraraj Prasai

विरहले रोएको रातमा, तिर्सनाले छोएको छातीमा
सधै नजलाऊ मलाई, मुटु दुखेको बेलामा x2

मायाको डोरी बाट्दैथे, पराई आँखाले काटेछ
हुरी बतासलाई छेक्दैथे x2 , बिचैमा पर्दा फाटेछ
विरहले रोएको...

जिन्दगी परेछ आँधीमा, भुमरी भित्रको यात्रामा x2
तिमीसंग हाँसेको यो जीवन x2, रोइदियो सबैको माँझमा
विरहले रोएको... 

 हेर न हेर कान्छा / Hera Na Hera Kanchha

➤Singer - Aruna Lama, & Jitendra Bardewa 
➤Music - Saran Ranjeet 
➤Lyrics - Aruna Lama

हेर न, हेर कान्छा डाडाँलाई फूलले ढाक्यो
टिप न, टिपेर एउटा चुल्ठोमा गाँसीदेउन
हुन्छ लौ हुन्छ कान्छी त्यो फूल म टिपी ल्याउँला
फूलेको फूल झैँ तर एकपल्ट हाँसीदेउन

सुम्पिए हृदय तिमीलाई हृदय मेरो नतोड
जीवनको बाटो छ लामो एकलै बिचमा नछोड

आकाश, धर्ती साछी छ हृदयको माया तिम्रै हो
यो जीवन मात्र होइन अर्को जीवन पनि तिम्रै हो

हेर न, हेर कान्छा डाँडालाई फूलले ढाक्यो
टिप न, टिपेर एउटा चुल्ठोमा गाँसीदेउन

जोवन हाम्रो एकबाजी फूलेको सम्झ मायामा
हृदयको माया मेरो एकबाजी सुम्पेको सम्झना

सुम्पेको तिम्रो त्यो माया भुलाउने छैन आजन्म
सम्झना राख्ने छु सँधै बाँधेको बाचा मायामा

हेर न, हेर कान्छा डाँडालाई फूलले ढाक्यो
टिप न, टिपेर एउटा चुल्ठोमा गाँसीदेउन
हुन्छ लौ हुन्छ कान्छी त्यो फूल म टिपी ल्याउँला
फूलेको फूल झैँ तर एकपल्ट हाँसीदेउन




No comments: