भूपी शेरचन (Bhupi Serchan)

अल्झेछ क्यारे पछ्यौरी / Aljhechha Kyare Pachhyauri Timro..
➤ Singer – Narayan Gopal
➤ Music – Gopal Yonjan
➤ Lyrics – Bhupi Serchan

अल्झेछ क्यारे, पछ्यौरी तिम्रो, चियाको बुटामा
बल्झेछ क्यारे, सिमलको काँडा, कलिलो खुट्टामा
 
आउँथ्यो कि चेली, भनेर आमा, दोबाटो धाएकी 
तीजमा पनि, बिर्सिछ क्यारे, गरिब माईती
सल्ला झैं आमा, सुसाई रहिन्, एक्लै कोठामा
 
छोरीलाई आषिस थाप्न पाईन अन्तिम कालैमा
भन्थेनी बाबाले आँशु झारी टिकाको थालीमा
त्यहि आँशु टिका पठाईदिऊँ कि सालको पातमा
 
भन्थेनी दाईले भाईटिकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो इन्द्रेणी लर्केला
दिनभरी काग कराई रह्यो बेलको ठुटामा

यो नेपाली शिर उचाली / Yo Nepali Shir Uchali...
➤ Singer – Prakash Shrestha & Lochan Bhattarai
➤ Music – Natikaji
➤ Lyrics – Bhupi Serchan

यो नेपाली शिर उचाली संसारमा लम्कन्छ
जूनकीरीझैँ ज्योति बाली अन्धकारमा चम्कन्छ

चाहे झुकोस नीलो आकाश यो नेपाली झुक्दैन
चाहे रुकोस चिसो बतास यो नेपाली रुक्दैन

एकातिर तराईको चारकोसे झाडी छ
अर्कोतिर उच्च शिर ठूलाठूला पहाड छ

जन्मे यहीँ गौतम बुद्ध शान्तिका अग्रदूत
सगरमाथा विजय गर्ने यही देशका हुन् सपूत


#  भूपी शेरचन 

# गीतकार: आनन्द अधिकारी, ईश्वरबल्लभ, उन्नति बोहोरा शीला, कन्चन पुडासैनी, काली प्रसाद रिजाल, किरण खरेल, डा. कृष्ण हरि बराल, गोपाल योञ्जन, चाँदनी शाह, चेतन कार्की, दिनेश अधिकारी, जनकवि केशरी धर्मराज थापा, नगेन्द्र थापा, प्रेम विनोद नन्दन, बिपिन किरण, भिम बिराग,  भूपी शेरचन, डा. भोला रिजाल, म.बी.बी. शाह, रास्ट्रकबि माधबप्रसाद घिमिरे, यादव खरेल, रत्न शमशेर थापा, रमण घिमिरे, रमेश क्षितिज, राजेन्द्र रिजाल, राजेन्द्र थापा, राम मान तृषित, सुवास चन्द्र ढुंगेल, हरिभक्त कटुवाल, क्षेत्र प्रताप अधिकारी,
#Bhupi Sherchan दिपक बुढाथोकी, नीर शाह, अम्बर गुरुङ, तुलसी घिमिरे