किन किन तिम्रो तस्बिर मलाई / Kina Kina Timro Tasbir
➤Singer - Gulam Ali
➤Music - Deepak Jangam
➤Lyrics - MBB Shah
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ x2
नबोलेर जति हेर्छौ उति हिस्सि लाग्छ
अध्याँरोमा रात बिच तारा पिच्छे घुम्छ
जुनेलीमा जुन शितै ओर्ली मुख चुम्छ
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
(एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा ब्यूझें पनि सिरानमै हुन्छ ) x2
प्रभातको प्रभातको मिर्मिरे उषा जब हुन्छ
मेरो मनको झझल्कोमा पहिले आईपुग्छ
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
(बिछोडको बेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा त्यहि आशा बन्छ ) x2
खोकिलमा... खोकिलमा आर्जु जसै मुटु भित्रै पुग्छ
जति टाढा पुग्छु सधैं नजिक त्यहि हुन्छ
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ उति हिस्सि लाग्छ
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
गाजलु ति ठुला / Gajalu Ti Thula Thula Aankha
➤Singer - Gulam Ali
➤Lyrics - MBB Shah
➤Music - Deepak Jangam
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा
कालो लामो परेली केश, छाल परे कलिलो मायामा
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा
निदारको त्यो रातो टिका, छाप बनि बस्यो यो दिलैमा x2
झल्केको त्यो नाकको फुली…x2, ज्योति बन्यो कलिलो मायामा
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा
पातली त्यो मधुर ओंठ, स्वाद बनि बस्यो यो दिलैमा x2
मिलेका ति दाँतका पंक्ती…x2, मोती बने कलिलो मायामा
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा
कालो लामो परेली केश, छाल परे कलिलो मायामा
गाजलु ति ठुला-ठुला आँखा, तिर बनि पसे यो दिलैमा
लोलाएका ति ठुला / Lolayeka Ti Thula Timra Dui Najarle
➤Singer - Gulam Ali
➤Music - Deepak Jangam
➤Lyrics - MBB Shah
(लोलाएका ति ठुला, तिम्रा दुई नजरले
हेरिदिए मलाई, चाहिन्न अर्को केहि ) x2
लोलाएका ति ठुला...
सौभाग्यशाली औठी, तिम्रो त्यो हातको भै x2
स्पर्श मात्र पाए, चाहिन्न अर्को केहि
सुन्दर मुहार तिम्रो, चन्द्रमा सर्माउने
एक पल्ट देख्न पाए, चाहिन्न अर्को केहि
लोलाएका ति ठुला...
छिनेको त्यो कटि मा, जलको घडा सरि भै x2
टाँसीईरहन पाए, चाहिन्न अर्को केहि
काला घटा भदौका, जस्ता ति केशरामा
छायाँ भए मलाई, चाहिन्न अर्को केहि
लोलाएका ति ठुला, तिम्रा दुई नजरले
हेरिदिए मलाई, चाहिन्न अर्को केहि
लोलाएका ति ठुला...
के छ र दिउँ / K Cha Ra Deu Timilai Maile Koseli
➤Singer - Gulam Ali
➤Music - Deepak Jangam
➤Lyrics - MBB Shah
के छ र दिउँ, तिमीलाई मैले कोशेली भनेर
ल्याएको थिएँ, दुइ थोपा आँसु, पोखियो छल्केर
के छ र दिउँ, तिमीलाई मैले कोशेली भनेर
के छ र अरु, म संग दिउँ, कविता छोडेर
कोरेको थिएँ, तेही दिउँ भनि, मेटियो झस्केर
ल्याएको थिएँ, गीत यो दिन तिमीलाई भनेर
पवन बिचै बिलाई गयो, त्यो पनि गाएर
ल्याएको थिएँ, दुइ थोपा आँसु, पोखियो छल्केर
के छ र दिउँ, तिमीलाई मैले कोशेली भनेर
तस्विर थि,यो मसंग एउटा राखेको खिचेर
पुरानो भइ, त्यो पनि आज, गएछ रुझेर
दिएको थिएउ मायाले एउटा, चिनो है भनेर
त्यो पनि फिर्ता दिउँ कि भन्दा, गएछ खिएर
ल्याएको थिएँ, दुइ थोपा आँसु, पोखियो छल्केर
के छ र दिउँ, तिमीलाई मैले कोशेली भनेर
नहुँदामा एउतै पीर / Nahundama Eautai
➤Singer - Gulam Ali
➤Music - Shakti Ballav
➤Lyrics - SP Koirala
सुन हराए तै बरु / Sun Haraye Tai Baru
➤Singer - Gulam Ali
➤Music - Jeevan Shrestha
➤Lyrics - Kali Prasad Rijal
रेशमले छोपेर रंगाउ / Reshamle Chopera Rangau
➤Singer - Gulam Ali
➤Music - Raju Bagdas
➤Lyrics - Rajendra Thapa
मन भित्र के छ ठुली किन बोल्दिनौ / Man Bhitra Ke Chha Thuli
➤Singer - Gulam Ali
➤Music - Nhyoo Bajracharya
➤Lyrics - Shyam Tamot
ओठ भरि लुक्छ जीवन / Otha Bhari Lukchha Jiwan
➤Singer - Gulam Ali
➤Music - Jeevan Shrestha
➤Lyrics - Dinesh Adhikari
निधारमा रातो रातो टिका लगाई दिउँ कि / Nidharma Rato Rato
➤Singer - Gulam Ali
➤Music - Sur Sudha Samuha
➤Lyrics - Kiran Kharel
No comments:
Post a Comment