सवारी मेरो रेलैमा / Sawari Mero Relaima
(महिला आवाजमा रेकर्ड भएको पहिलो नेपाली गीत - 1928AD)
➤Singer– Melwa Devi Gurung
➤Music – Melwa Devi Gurung
➤Lyricist –Melwa Devi Gurung
➤Music – Melwa Devi Gurung
➤Lyricist –Melwa Devi Gurung
सवारी मेरो रेलैमा...सवारी मेरो रेलैमा
सानु र सानु लैलै, कुसुमे रुमाल बरिलै
ज्यान तिमीले पायौ कि..सवारी मेरो रेलैमा
झन् पर जान्छु लैलै, झन् माया लाग्छ बरिलै
मोहनी लायौ कि... सवारी मेरो रेलैमा
मिर्मिर झ्यालैमा / Mirmir Jhyalai Ma
➤Singer– Melwa Devi
➤Music – Melwa Devi
➤Lyricist –Melwa Devi
➤Music – Melwa Devi
➤Lyricist –Melwa Devi
आऊ न बसुँ पियारी मिर्मिरे झ्यालैमा–२
छोडी जाऊ तोडी जाऊ मायालाई फोडी
दुःख गर्नु सुख गर्नु तिम्रै निम्ति गोरी
मिर्मिरे झ्यालैमा……
आऊ न बसुँ पियारी मिर्मिरे झ्यालैमा–२
सितार ल्याएँ गितार ल्याएँ लिने भए दिउँला
कड्के नजर मिठो अधर दिने भए लिउँला
मिर्मिरे झ्यालैमा……
आऊ न बसुँ पियारी मिर्मिरे झ्यालैमा–२
रङ्ग तिम्रो ढङ्ग तिम्रो देख्ता आफै बसेँ
ज्यानै जावोस् मानै जावोस् लान कम्मर कसेँ
मिर्मिरे झ्यालैमा……
आऊ न बसुँ पियारी मिर्मिरे झ्यालैमा–२
न घरलाई घर कहिन्छ / Na Gharlai Ghar Kahinchha
➤Singer– Melwa Devi
➤Music – Melwa Devi
➤Lyricist – (Shahid) Shukraraj Shasthri
➤Music – Melwa Devi
➤Lyricist – (Shahid) Shukraraj Shasthri
न घरलाई घर कहिन्छ, नारी नै दरवार हो।
एक मात्रै धर्म साधन, नारी घरको द्वार हो।
घरकी देवी नारी नै हो, नारी घरको ज्योति हो।
राजलक्ष्मी नारी नै हो, नारी माणिक मोति हो।
राजलक्ष्मी तु्ल्य भई, राजमन्त्री तुल्य भई ।
स्वर्गराज भो अबको, प्राप्त हुन योगको ।
हाई मेरो परदेसी प्रितम / Hai Mero Pardeshi Pritam
हाई मेरो परदेशी प्रितम छाडेर जानु भो
हरियो भन्नु तुलसी पत्र पहेंलो सुरति
परन्तु जम्मा नहुने भए के गर्नु पिरती
छानी छानी / Chhani Chhni
मेलवा देवी गुरुङ (Melwa Devi Gurung, 1902 - 1955) गीत रेकर्ड गराउने पहिलो नेपाली गायिका हुनुहुन्छ | सानैमा राणा दरबार पसेर वहाँले शास्त्रीय संगीतको तालिम लिनु भएको थियो | वहाँ तत्कालिन श्री ३ महाराज चन्द्र शमशेरको प्रिय पात्र हुनुहुन्थ्यो तर पछि जुद्ध शमशेरको कोपभाजनमा परि मुग्लान पस्नु पर्यो र वहाँको मृत्यु सन् १९५५ भारतमा नै भएको थियो।
No comments:
Post a Comment