मास्टर मित्रसेन थापा (Mitrasen Thapa)

लाहुरेको रेलीमाई फेसनै राम्रो / Lahure Ko Remai Fesanai Ramro
➤Singer– Mitrasen Thapa
➤Music – 
➤Lyricist –

लाहुरेको रेलीमाई फेसनै राम्रो 
रातो रुमाल रेली माई खुकुरी भिरेको 
कालो कोट सेतो ज्याकेट गलबन्दीलाई बेरी 
मुसमुस हाँस्छ न तरुनी लाई हेरी 
बसेकी छे कान्छी नानी नया लुगा फेरी 
मुड्के आँखालाई हेर्छन लाउरे आउँदा खेरि 

छि है कस्तो रहेछ भेना किन है चम्केको  
एस्तो  सुन्दा फुरुङ्ग भई लाहुरे है ढल्केको 
लेकिन साली क्या हे भन्दै उतै हे सल्केको 
किन फुल्छस लाउरे दाई लुट्न है पल्केको 

कालेजुङ्गमा नसा लाग्यो खुट्टा भयो बांगे 
छेत्रे टोपी खोलखाल पारि थाप्ला पारे नाङ्गे 
यता उति लर्बराउंदा मोजमा खिच्यो जाङ्गे 
तरुनीले रुपिया पैसा भित्र लगी टांगे 
बल्ल खाईस… 

लाहुरेको रेलीमाई फेसनै राम्रो 
रातो रुमाल रेली माई खुकुरी भिरेको 

मलाई खुत्रुक्कै पर्यो जेठान तिम्रो बहिनिले/ Malai Khutrukai Paryo Jethan Timro Bahini Le
➤Singer– Mitrasen Thapa
➤Music – 
➤Lyricist –


अब त जाउँ कान्छी घर / Aba Ta Jau Kanchhi Ghar Bato Chha Ukali Orali
➤Singer– Mitrasen Thapa
➤Music – Mitrasen Thapa
➤Lyricist – Mitrasen Thapa

अब त जाउँ कान्छी घर 
बाटो छ उकाली ओराली 

अँध्यारी खोला गुयाँली पाक्यो 
है माया चरीले चाखेको 
टिपेर जाउँ सिपै म छैन 
है माया बचनै राखेको 

धानको बाला झुल्यो हजुर देशै रमाईलो / Dhaan ko Bala jhulyo hazoor deshei ramailo

भन गोर्खाली दाजुभाई / Bhana Gorkhali Daju bhai Jai Gorkhali

स्वामी नजाउ छाडी बिदेश / Swami na jao chhari bidesh
(V: Mitrasen & Melva Devi, M&L: Mitrasen)

किन गर्छौ तानातानी, मानामानी, दुई दिनको छ दाना पानी / Kina garchha tanataani dui din ko chha 

भयौं बदनाम हेर भाई नेपाली हो / Bhayau Badnaam Hera Bhai Nepali Ho

बिच बजारमा, आठकुने ढोका, तानसेनको शितल पाटि / Bich bazarma aathkune dhoka

नौतले बाउन्ने ढोका / Nautale Baaune Dhoka

ज्ञान गर ध्यान यहि / Gyan Gara Dhyan Yahi

हा हा रेलिमाई / Ha Ha Relimaai



मास्टर मित्रसेन थापा (सन् 1895-1946) पुराना भारतीय नेपाली गायक हुनुहुन्छ । वहाँले २३  नेपाली गीतहरु रेकर्ड गराउनु भएको छ । वहाँ एक कुसल गायक/ संगीतकारको अतिरिक्त त्यो बेलाको चर्चित रंगकर्मी र लेखक पनि हुनुहुन्थ्यो  । वहाँले तत्कालिन ब्रिटिस इन्डियन आर्मीमा भर्ति भई पहिलो बिश्व युद्द समेत लड्नुभएको थियो । सन् १९३० को दशकमा नेपाल भ्रमणको क्रममा वहाँले नेपालका समकालीन गायक गायिका रत्न दास प्रकाश, मेल्वा देवी आदि संग सहकार्य गर्नु भएको थियो। 

No comments: