नरेन्द्र प्यासी (Narendra Pyasi)

तिमि बिनाको जीवन / Timi Binako Jiwan
➤ Singer –  Narendra Pyasi 
➤ Music –  Ashish Abiral 
➤ Lyrics –  Anand Adhikari 

तिमि बिनाको जीवन, सोच्न सम्म नि म सक्दिन 
फूल बिनाको बासना, सोच्न सम्म नि म सक्दिन 

कसले देख्यो र देउतालाई, देउता भन्नु तिमि हौ 
प्रीतको सिंगो संसार, शृष्टि पनि तिमि हौ

मायाले दिन्छौ भने त, बिसै  पनि पी दिउला 
तिम्रो धोका यो मनमा, राखी सबै सियी दिउँला 

तिमीले दिने माया / Timile Dine Maya
➤ Singer –  Narendra Pyasi 
➤ Music –  
➤ Lyrics –  

तिमीले दिने माया अजम्बरी छ भने, गंगाको पानी भन्दा चोखो छ भने
मेरो मनको बाटो गरी जिन्दगीमा आई देउ, तिम्रो दिलमा पर्खिरहुला

(मनमा बस तनमा बस..मेरो सपनाको संसारमा बस)

तिमीसंग लुकाउनु के छ र, आफ्नै मन भेटि सम्झी चढाई दिउँला 
घाम छायाँ झै फेरिने यो चोलामा, पिरतीलाई देउता नै बनाई दिउँला

जिन्दगीमा कमाउनु के छ र, जति सक्यो पुण्य किनी सजाई दिउँला
चाहे राख चाहे फ्याँक तिम्रै खुशी, तिम्रो लागी दुख सबै उठाई दिउँला 

के भूल भयो प्रिया म संग बोल्दिनौ / Ke bhool bhayo priya...
➤Singer– Narendra Pyasi
➤Music – Madan Dipbim
➤Lyricist – Dr. Krishna Hari Baral

के भूल भयो प्रिया...मसंग बोल्दिनौ
उज्यालो जून उघार्दै पर्दा रातको खोल्दिनौ

अँध्यारो देख्छु मुहार तिम्रो बादल छाएझैं
सुस्केरा सुन्छु चैतमा आंधिबेहेरी आएझैं
एकान्त रोज्छु मनमा कतै तुँवालो छायो कि
बसन्त नआइ जीवनमा तिम्रो बर्सात आयो कि

रुनेछ मेरो संसार तिम्रो उज्यालो नपाँउदा
अन्धकार छाउछ जसरी राति जून नआँउदा
रुवाई मेरो संसारलाई तिमी अरुलाई नरोज
मायाको फूल नफक्रि झर्छ टाढिन नखोज
अरुलाई नरोज...

प्रिय तिमि बिना / Ekai Pal Pani...Priya Timi Bina
➤Singer– Narendra Pyasi
➤Music – Abhimanyu
➤Lyricist – Ashish Aviral

एकै पल पनि बाँच्न गार्हो भो प्रिय तिमि बिना 
सासै फेर्न नि अफ्ठ्यारो भो प्रिय तिमि बिना 
हरदम तिम्रै यादहरुमा तड्पी रहन्छ यो मन 
यो मन बुझाउन साह्रो भो प्रिय तिमि बिना 

तिमि नै मन पर्छ / Timi Nai Man Parchha
➤Singer– Narendra Pyasi
➤Music – Narendra Pyasi
➤Lyricist – Milan Lamshal 'Nabik'

कयौं बसन्त ऋतु यहाँ कटेर गयो 
तर कम भएन मायाँ झनै बढेर गयो 
नयाँ फूल जहाँ फुल्छ भमरा उतै सर्छ 
मलाई भने किन किन तिमि नै मन पर्छ

फर्केर हेरुँ कसैलाई तिम्रै मुहार देखुँ 
सम्झेर लेखुँ कसैलाई तिम्रै याद लेखुँ 
तिम्रै न्यानो अंगालोमा हराई दिने, मेरो रहर छ
मलाई भने...

अब यो बाँकी जीवनमा नहोस कुनै भूल 
नदेखुन यी नजरले अन्तै फुलेका फूल 
तिमि संगै फक्रिदिने संगै ओईलाउने रहर छ 
मलाई भने...

तिमीले हॉसे गजल  / Timile Hase Gajal
तिमीले हॉसे गजल, तिमीले रोए गजल

म जल कमल हुँ / Ma Ta Jalkamal Hun
Bibastako Huri Chalchha
Jaam Kyare Udera
Ekadeshma
Kam Chhaina Mero Desh
Manbhari Tan Bhari
Maya Oh Maya
Har Saas Nepalmai Chalos
Timro Jawaf Kurda Kurdai
Yo Aankhama Timro Aankha
Jandaichhu Ma Aasu
Manlai Sajai Rakhe Aauchhau Bhanera
Kasari Maile Prasansa Garu

No comments: