के माया माया लाग्छ / Ke Maya Lagchha Ra
➤Singer– Nishan Bhattarai & Eleena Chauhan
➤Music – Ankit Babu Adhikari
➤Lyricist – Hark Saud
➤Music – Ankit Babu Adhikari
➤Lyricist – Hark Saud
जुन उदाउने तारा लाग्ने संधै राति राति
एक्लै झ्यालमा बसी मैले कति हेर्नु माथि
कालो कपाल घुंग्रियो, मनमा माया उम्रियो
कति बस्नु हेरेर, राख मायाले बेरेर
(कति डुल्छौ ओरिपरि, भुनभुनाउदै मौरी सरि
कति हेर्छौ घरि घरि ज्यान सुक्ला लौरी सरि ) x2
ए ! माया माया लाग्छ र ?
उखुम मै लाग्छ नि
मेरो याद आउछ र ?
हुर्हुरी आउछ नि
तिमीलाई हेरे पुग्छ किन जानु अन्तु
तिम्रो यित्ति माया पाए जाग्छ तन्तु तन्तु
नछोप त्यो मुहार, बनाई दिन्छु जुहार
मेटाई देउ तलतल, लाग अघि नपर अलमल
(यतै बसे डाली गूंड गुलेलीले झार्देलान
तिमि डाँफे मै मैना पासो भित्र पार्दे लान ) x 2
के लैजान्छौ संगै मा ?
गुटुंग टुंग भगाई
राख्छौ कि त संगै मा
पाखुरीमा समाई
लाहुर जाने रेल / Lahur Jane Rail
➤Singer– Nishan Bhattarai
➤Music – Prashant Poudel
➤Lyricist – Prashant Poudel
➤Music – Prashant Poudel
➤Lyricist – Prashant Poudel
नरोउ धरर.. पियारी ..नरोउ धरर
लाउर जाने रेल ले लान्छ सरर
आफ्नो ख्याल गर मेरो पीर नगर
लाउर जाने रेलै ले लान्छ सरर
नरोउ धरर...
मन दुखे पनि आँसु रोकी हाँस्नु पर्दो रैछ
तड्पी तड्पी भए पनि बाँच्नु पर्दो रैछ
मर्न पनि गार्हो रैछ बाँच्न झनै गाह्रो
दुई दिनको जिन्दगिले अप्ठ्यारोमा पारो
नरोउ धरर पियारी...
चाड बाड आउदा पनि घर आए नन भन्दै
पर्खि राकी हौली प्यारी आउने दिन गन्दै
दिन गन्दै महिना बित्यो महिना गन्दै बर्ष
परदेशी को कर्म खोटी छैन खुशी हर्ष
नरोउ धरर.. पियारी ..नरोउ धरर
लाउर जाने रेल ले लान्छ सरर
आफ्नो ख्याल गर मेरो पीर नगर
लाउर जाने रेलै ले लान्छ सरर
No comments:
Post a Comment