स्वरूप राज आचार्य (Swaroop Raj Acharya)

बल गरेर त्यो मन यता / Bal Garera Tyo Man Yata Moda Bhandina Ma 
➤Singer– Swaroop  Raj Acharya
➤Music – Mahesh Khadka
➤Lyricist – Bipin Kiran
(Album: Kiran 2)

बल गरेर त्यो मन यता, मोड भन्दिन म, 
माया गर्छेउ थाहा छ मलाई, छोड भन्दिन म
तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै, 
मैसँग नाता जोड भन्दिन म
म त माया गर्छु तिमीलाई...

म मात्रै कहाँ हो र तिमीलाई माया गर्ने, 
तिमीले आफ्ना आफन्तलाई होला सोध्नु पर्ने
रितै हो जन्म घर छोड्ने के गर्छेउ खोइ तिमी, 
जन्म-घरसँगको नाता तोड भन्दिन म
पराईको पछ्यौरी त्यो ओड भन्दिन म

बाटो सबै सजिलो त कहाँ हुन्छ हिड्न
मनपराई एउटालाई यात्रा नहोस भिन्न
गारो हुन्छ कहिलेकाही साँचो माया चिन्न
तिम्रो माया टुक्रा पारी ओड भन्दिन म
फल नदिने बृक्षलाई गोड भन्दिन म

मन मिल्ने मान्छे कतै / Mana Milne Manchhe Katai Bheteu Ki Timile
➤ Singer – Anju Panta (Solo), Swaroop Raj Acharya (Solo)
➤ Music – Sachin Singh  
➤ Lyrics – Raj Babu Shrestha

मन मिल्ने मान्छे कतै, भेट्यौ की तिमीले
तिर्खा लागी प्यास कतै मेटेउ की तिमीले
मैले भने तिमीलाई भुल्नै सकिन
तिमी बाहेक अरु संग खुल्नै सकिन

नजानेरै तिम्रो चित्त दुखाएकी मैले
तिमि संग कुनै कुरा लुकाएकी मैले
रिसै उठे आँखा तिमीले तरेपनी हुन्थ्यो
आफ्नै ठानी जती गाली गरेपनि हुन्थ्यो
मन मिल्ने...

संगै हिड्दा कतै खुट्टा लाग्यो की तिमीलाई
मैले बोल्दा मनमा ठेस पुग्यो की तिमीलाई
चित्तै दुखे मन खोलेर माझेपनि हुन्थ्यो
गल्ती भए मुख फोरेरै बाझेपनि हुन्थ्यो
मन मिल्ने ...

कति दिन बिते यहि यादमा / Kati Din Bite Yahi Yaadma
कती दिन बिते यही यादमा, कती छ अरु बिताउनु 
कि त आउनु तिमी नै स्वयम्, कि त याद यो नपठाउनु

कहिं तन दुखे कहिं मन दुखे, तिमी आँशु पुछेर हसाउँथ्यौ
अब को छ र दुख देखाउनु, कसलाई भनि मुस्काउनु

तिमी गाउँथ्यौ र म सुन्दथें, तिमी सुन्दथ्यौ र म गाउँथें
सबै सोध्दछन किन मौन छस्, अब अर्थ के छ र गाउनु


आधा बाटो हिंडी सकें / Aadha Baato Hidi Sake

एउटा सानो गाउँमा हुर्केको यो ठिटो / Euta Saano Gaauma

जिन्दगि यो यस्तै छ / Kista Bandi Saahuko Rin Tire Jastai Chha

ति आँखामा आँशु कहिले नआओस / Ti Aankha Ma Aasu Kahile Naos

तिमीलाई पिडा मलाई खुशी / Timilai pida malai khushi
➤Singer– Swarup Raj Acharya
➤Music – Mahesh Khadka
➤Lyricist – Bipin Kiran

नजर बाट टाढा भाग्यौ / Najar Bata Tadha Bhagyau

भबिश्य र भाग्य खोज्दै / Bhabisya Ra Bhagya Khojdai

सियो धागो जस्तै भन्थे / Siyo Dhago Jastai Bhanthe

No comments: