उकाली ओरालीहरुमा / Ukali Oraliharuma
➤ Singer: Tara Devi
➤ Music:
➤ Lyricist: Chandani Shah
उकाली ओरालीहरुमा भन्ज्याङ अनि चौतारीहरुमा
सुन्दर ती दहहरुमा हिमालका विशाल छातीहरुमा
जहाँ जहाँ जान्छौ तिमी म पाइला बनी पछ्याइरहन्छु
ती छहरा खोला खहरेहरुमा सम्झना बनी बगिरहन्छु
तराइँका हरिया फाँटमा पहाडका तरेलीहरुमा २
हिमालका सुन्दर अनि विकट ती बस्ती बस्तीहरुमा
जहाँ जहाँ जान्छौ तिमी म बाटो बनी साथै आइरहन्छु
ती सुस्केरा थकाई सुसेलीहरुमा गीत बनी गुन्जिरहन्छु
मुटु कमाउने जाडोहरुमा कपाल दुख्नेब गर्मीहरुमा
मन हर्ने सुन्दर दृश्य शान्त शीतल वातावरणमा
जहाँ जहाँ जान्छौ तिमी म आकाश बनी देखिरहन्छु
ती लेक बेसी अनि पाखाहरुमा पवन बनी भेटिरहन्छु
शुभकामना भरी / Shubhakamana bhari Harek Swasma
➤ Singer: Tara Devi
➤ Music: Natikaji
➤ Lyricist: Chandani Shah
शुभकामना भरी हरेक स्वासमा, तिम्रो दिर्घायुको कामना गर्न सकुँ म
शुभकामना भरी हरेक पलमा, तिम्रो जीवनमा सुवास छर्न सकुँ म
आँखाका दुई घडा प्रितले भरेको, हरेक गोधुँली अविशेष देओस्
श्रद्धा भक्ति विश्वास मायाले उनेको, हर शब्द यो मंगल माला बनोस्
शुभकामना भरी हरेक उशामा, तिम्रा विहानीहरू रंगाउन सकुँ म
मुटुको दियोमा सधैं बलिरहने, अखण्ड बत्ती पथप्रदर्शक रहोस्
सधुवाको सिउँदोमा झल्किरहने, सिंदुर झैं शुभ त्यो जीवन बनोस्
शुभकामना भरी हरेक सन्ध्यामा, तिम्रा साँझहरू सजाइदिन सकुँ म
नौ सय खोला तरेर जाने / Nau saya khola tarera jane birsane po hou ki
➤Singer– Taradevi
➤Music – Shiv Shankar
➤Lyricist –Yadav Kharel
➤Lyricist –Yadav Kharel
नौ सय खोला, तरेर जाने, बिर्सने पो हौ कि मलाई, बिर्सने पो हौ कि?
नफर्के सम्म, पर्खेर बस्छु, सम्झनाको दियो जलाई, बिर्सने पो हौ कि?
बादलले ढाके, म रोइरहेछु भनेर ठाने है
बाडुल्की लागे, म सम्झिरहेछु भनेर ठाने है
बतास चले, म छटपटाएँ भनेर सोचे है
घामले पोले, म बिरामी भएँ भनेर जाने है
सम्झिरहेछु, सम्झिरहेछु जाने है...
बिजुली चम्के, निन्द्रामै बिउझे भनेर बुझे है
हिउ नै परे, म यहिँ नै मरे भनेर बुझे है
सम्झिरहेछु, सम्झिरहेछु जाने है...
काली पारि दाई कति राम्रो / Kali Pare Dai Kati Ramro
➤Singer– Taradevi
➤Music – Nati Kaji
➤Lyricist –Dharmaraj Thapa
➤Lyricist –Dharmaraj Thapa
कालिपारी दाई कति राम्रो, ढाकाटोपी, काँधैमा गलबन्दी x2
हातभरी फुरा उठ्यो, जुरको डाली खन्दा
मेरो जुनी यसै बित्यो भेटहोलाकि भन्दा
बाढी आयो काली गंगा कुनाकानी खेल्दै
हजुरलाई भेटौ भनि आको म त खेल्दै
कालिपारी... x2
शिरमा लाउने शिरको टोपी, पाउमा लाउने जुत्ता
मन त मेरो दोमन भयो यता जाउ कि उता
खेतीपाती नै र हुने, ठुला रुख मुनि,
मनको कुरा मन मै रहनी जैले सुकै पनि
कालिपारी ... x2
फुलको थुँगा बहेर गयो / Phoolko Thunga Bahera Gayo
➤Singer– Taradevi
➤Music – Natikaji
➤Lyricist – Madhav Prasad Ghimire
➤Music – Natikaji
➤Lyricist – Madhav Prasad Ghimire
फुलको थुँगा बहेर गयो गंगाको पानीमा
कहिले भेट होला है राजै यो जिन्दगानीमा
झरीको पछि झुल्केको घाममा निर्झर पहाडको x2
भर्खरै प्रिती बसेको बेला पिर पर्यो बिछोडको
कहिले भेट होला है राजै यो जिन्दगानीमा
नहाँसु भने सखीलाई पिर मै हाँसु कसरि x2
रुऔला राती भनेर आँसु मै साचुँ कसरि
कहिले भेट होला है राजै यो जिन्दगानीमा
रातमा मलाई, हेर्दछ टोलाई पुर्वको ताराले x2
त्यो कान्तीपुरमा सपनाको सुरमा सम्झ्यो
कि प्याराले कहिले भेट होला है राजै
यो जिन्दगानीमा कहिले भेट होला है राजै
यो जिन्दगानीमा...
सोचे जस्तो हुन्न जीवन / Soche Jasto Hunna Jiwan
➤Singer– Taradevi
➤Music – Natikaji
➤Lyricist – Dinesh Adhikari
➤Lyricist – Dinesh Adhikari
सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन
पिडाहरु बटुलेर, रोहि रहू जस्तो लाग्छ
खुसि हरु समेटेर, हासी रहू जस्तो लाग्छ
आसु आसु हुन्न जीवन, खुसी खुसी हुन्न जीवन
भेट्यो जस्तो उस्तै हुन्छ, रोझे जस्तो हुन्न जीवन
सोचे जस्तो ...
घाम ताप्न पर्खी बस्छु, पानी उसै बर्षी दिन्छ
अधेरो मै रमौ भन्दा, उज्यालो पो टल्किदिन्छ
पानि पर्नु पनि जीवन, घाम लाग्नु पनि जीवन
एउटा रोज्यो, अर्कै मिल्छ, खोजे जस्तो हुन्न जीवन
सोचे जस्तो ...
पार्वती हो नाउँ / Parbati Ho Naau
➤Singer– Taradevi
➤Music – Shiva Shankar
➤Lyricist –Kiran Kharel
➤Lyricist –Kiran Kharel
हिमालको काखमा छ सानो मेरो गाउँ
पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ
कालो कालो बादलमा केश फिजाउँछु
कलकल बग्दै म यो देश भिजाउँछु
प्रभातमा टल्किएको मोती जस्तो शीत
यो माटोमा रोपेकी हुँ मैले चोखो प्रीत
यो देशमा ल्याउँछु नयाँ नयाँ रंग
रमाउँदै गाउँछु म कोइलीको संग
मेरो हाँसो संगालेर फूल मगमगाउँछ
मेरो रुप सिंगारेर जून जगमगाउँछ
रात पनि रिझाउँछ मेरो नयनमा
नयाँ दिन उदाउँछ मेरो वदनमा
बतासमा हराउँदै गए पनि पर
स्वर्ग जस्तो नेपाल हो मेरो माइतीघर
ए कान्छा ठट्टैमा यो बैश / Eh Kancha Thattai Ma
➤ Singer – Narayan Gopal & Tara Devi
➤ Music – Narayan Gopal
➤ Lyricist – Ratna Shumsher Thapa
जादैन वाचा खेर, पर्ख लिन आउला
मिर्मिरे उषामा, औठी साट्न आउनु
सिरमा रेशमी फेटा बाँधी आउनु
अमुल्य हीरालाई, फुलैफुलको डोली
बाजालाई अघि लाई, बैशाखैमा आउला
ओभानो सिउदोमा, सिन्दूर छरीदिउला
सुनको चुराले, नाडी सजाई दिउला
सितारा जडेको, घुम्टो म ओढी
सुस्तरी,लाजले निहुरी म आउला
एक फूल झरेर के भो / Ek phool jharera Ke bho...
➤ Singer – Tara Devi
➤ Music – Shiva Shankar
➤ Lyricist – Ram Man "Trishit"
Ek phool jhearea ke bho, jaba saath bahar aauchha
youban rahirahe ta dheraiko pyar aauchha...
Madhos ko lagi kewal, madira kai ke jarurat
yo raat jagmagauna, tarakai ke jarurat
maile ujyalo chahen, chandrai hajar aauchha
youban rahi rahe dherai ko pyar aauchha...
fursad bhena kaile, runa laai fool jharda
aasu banena paani, dui aakha bata girda
jiwan ma preet ko halchhal, say baar baar aauchha
youban rahirahe ta, dherai ko pyar aauchha...
दिलमा हजुर आएर / Dilma Hajur aayera ...
➤ Singer – Tara Devi
➤ Music – Shiva Shankar
➤ Lyricist – Ram Man "Trishit"
Dilama hajur aayera matrai malai thaha bho
mero pani jawani aaisakeko rahechha...
mailai thaha thiyena, mero yo heraile
mohoni lagchha arulaai, mero kura garaile
hajurai najik bhaera, matrai malai thaha bho
bharkharko jasto bachpan, biti sakeko raichha...
pahile ma aile jastai, muskauna jandina the
arule malai herda sarmauna jandina the
maya hajurko payera matrai malai thaha bho
mero purano baani badli sakeko rahechha...
नौ गेडीको मेरो माला / Naugediko mero mala, timikaha khasyo ki
(v: Taradevi, M: Nati Kaji, L: Yadav Kharel)
नौगेडीको मेरो माला (तिमि कहाँ)x2 खस्यो कि
मेरो मन भो कस्तो कस्तो (कसै सित)x2 मायाँ बस्यो कि
अमर मायाँ छाडेर जाने / Amar Maya Chhadera Jane
आमा भएर पोखी हेर / Aama Bhaera Pokhi Hera
घाममा पनि माया / Ghamma Pani Maya
जता ततै खोजें मेरो मुटु भित्र / Jata Tatai Khoje
तिम्रो मायाँ पत्थरको / Timro Maya Pattharko
तिम्रा पाऊहरुमा म संधै झुकी रहन्छु / Timra Pauharuma Ma
तिमीलाई हाँसेर बिदा मात्रै / Timilai Hasera Bida Matrai
फुलै फुलको मौषम तिमीलाई / Phoolai Phool Ko Mausam Timilai
मनको निश्चलतामा अडेर / Manko Nischalta Ma Adera
यति ठुलो संसारमा / Yati Thulo Sansarma
रिमझिम रिमझिम / Rimjhim Rimjhim
सुटुक्क आई मुटुमा / Sutukka Aai Mutuma
Yo Hasilo Jindagima (Shiva Shankar, Ram Man 'Trishit')
Timro Maya Pattharko (Shiva Shankar, Kiran Kharel)
Baru Pattharko Murti (Shiva Shankar, Kiran Kharel)
Yeti Khusho diyi diyewu (Shiva Shankar, Kiran Kharel)
Jasko Lago Sara Khushi Gumaye (Shiva Shankar, Ram Man 'Trishit')
Barai Mahina Barai Kaala (Shiva Shankar, Laxman Lohani)
Behuli Banne Mero Dhoko (Shiva Shankar, Kiran Kharel)
Aankha Harule Runa Nakhoje (Shiva Shankar, Kiran Kharel)
तारा देवी (Tara Devi, 1945 – 2006) चर्चित नेपाली गायिका हुनुहुन्छ । नारायण गोपाल र अरुणा लामा जस्ता गायक गायिकाको समकालीन वहाँले करिब चालिस बर्षको संगीत यात्रामा हजारौ गीतहरु गाउनु भएको छ ।
No comments:
Post a Comment