उस्ताद साहिँला

कालो ठेकी नारान / Kalo Theki Naran
(Recorded: BS1991/ AD 1934)

कालो ठेकी नारान काली काठको,  
रातो ठेकी दारको
दिनै आउँछ रिङ्ग्दै घुम्दै, 
जोवन एकै बारको हजुर 
कर्मै रिसाउने

हातमा बाला नारान कानमा सुना
माइतीमा लाउदैनन 
गएको जोवन, बहेको पानि, फर्केर आउँदैन, 
हजुर कर्मै रिसाउने 



उस्ताद साहिँला (Ustaad Sahila, ~b. 1898) राणाकालिन नेपालको चर्चित गायक हुनुहुन्थ्यो । उहाँको वास्तविक नाम अष्टमान श्रेष्ठ थियो | राणाकालमा रेकर्ड भएको वहाँको "कालो ठेकी नारान काली काठको" बोलको गीत त्यो समय र प्रजातन्त्र प्राप्ति र रेडियो नेपालको स्थापना भए पछि पनि धेरै बर्ष सम्म अत्याधिक चर्चित रहेको थियो । 

No comments: