निस्ठुरीले छाडेर गै हाली / Nisthurile Chadera Gai hali
➤Singer - Yam Baral
➤Music - Alok Shree
➤Lyrics - Kali Prasad Rijal
निष्ठुरीले छाडेर गइहाली, हेर्दा-हेर्दै अर्कै कि भै हाली
एक्लो पारेर, हो ... माया मारेर
निर्मोहिले हरिताल ख्वाईहाली, जिन्दगीमा, धरधरी रूवैहाली
एक्लो पारेर, हो माया मारेर
छातीभित्र आगो बल्यो, पसिना त खल्खली
अझै पनि देख्छु म त त्यहि मोरीलाई झल्झली
जाली रै छे, सारै नै तिर्ताली, मलाई फाली अर्कैलाई अंगाली
एक्लो पारेर, हो माया मारेर
आफ्नै बुद्धि बिग्रिएर, मैले धोका खायाँ
बैमानीको चालमा पर्दा, अहिले दुख पायाँ
कालिपारी झिल्केलाई फसाई, गति फाली, दुनिया हसाई
एक्लो पारेर, हो माया मारेर
निष्ठुरीले...
मन रहे पो माया प्रिती / Mann Rahe Po
➤Singer - Yam Baral
➤Music - Alok Shree
➤Lyrics - Anand Adhikari
मन रहे पो माया प्रिती, हासी खेल हिरा मोति
मनै मरे के को तिर्सिना, हो मनै मरे के को तिर्सना
मन फुले पो हरियाली, पोहोर साल येसपाली
मनै झरे के को तिर्सना, हो मनै झरे के को तिर्सना
जति बाधी राखे पनि मुहान सरि फुडदो रहेछ मन
गंगा जति बगे पनि आफै भित्र सुक्दो रहेछ मन
जति सिखर टेके पनि उल्का सरि खस्दो रहेछ मन
जित्न सबलाई जिते पनि आफै संग हार्दो रहेछ मन
मन रहे पो...
आफ्नै आगन पुरी दिन मझेरी त कसले खन्थ्यो र
एती सुन्दर कोमल मनलाई कसले तेसै भाचौ भन्थ्यो र
बुझ्नु पर्ने कुरो एउटै, साचो माया हराउदैन
अर्काको मन भाची, आफ्नै मन त पलाउदैन
मन रहे पो ...
बादलुको घुम्टोले / Badaluko Ghumtole
➤Singer - Yam Baral
➤Music - Dinesh Subba
➤Lyrics - Buddabir Lama
बादलुको घुम्टोले इलाम बजार छोपिंदा
मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिंदा
छमछम पाउजु बजाउँदै हिंड्थ्यौ मेरी मायालु
चियाबारीको एकान्तमा भेट्न आउँथ्यौ मायालु
तिमी वारी म पारी आज टाढा रहँदा
मौसम पनि उदास छ हाम्रो मिलन नहुँदा
माइखोलाको दोभानमा बाढी पहिरो आइदिंदा
मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिंदा
झलझल शीतमा रम्ने फूल झैं मेरी मायालु
गाजलुले सुहाउने परी झैं मेरी मायालु
यो मुटुको माझमा तिम्रै माया संगाल्दा
धर्ती पनि स्वर्ग झैं लाग्थ्यो तिमीलाई अंगाल्दा
नारायणस्थानको मन्दिरमा प्रेमको कसम खाइदिंदा
मैले सबलाई बिर्सेछु तिमीलाई सम्झिंदा
हातैमा जे धुलो ...दिलमाया दिलमाया / Dilmaya Dilmaya
➤Singer - Yam Baral
➤Music - Alok Shree
➤Lyrics - Rajendra Thapa
हातैमा जे धुलो झरे पछि त्यै सुन को फूल
हराएकै माया ठुलो, खै कस्को भुल ?
दिल माया, दिल माया, खै कस्को भुल ?
नजिकै को जुनकिरीलाई देख्दैनन् कोइ पनि
जुन तारा लाई हेरेर, कल्पिने जो पनि
दियो मुनी अध्यारो छ, खै कस्को भुल ?
दिल माया, दिल माया खै कस्को भुल
जस्ले बढि रुवाउछ उसैको सम्झना
नपाउने मायाको आइरहने सपना
माया मिठो छुट्दा मात्रै, खै कस्को भुल ?
दिल माया, दिल माया खै कस्को भुल
मैले माया गर्न जानिन / Maile Maya Garna Janina
➤Singer - Yam Baral
➤Music - Sila Bahadur Moktan
➤Lyrics - Maheshwor Panta
मैले माया गर्न जानिन
निस्ठुरी लाई मायाँ गरें
प्रेयाशिलाई भुल्न खोजें
कस्तो होला त्यो मन तिम्रो / Kasto Hola Tyo Man Timro Chhin Chhin Mai Risaune...
➤Singer - Yam Baral
➤Music - Alok Shree
➤Lyrics - Raman Ghimire
कस्तो होला त्यो मन तिम्रो छिन छिन मै रिसाऊने
कैले सारा खुसिहरु मुस्कानमा सजाउने
(मनको हुन्न भर राजै मनको हुन्न भर )
बुझेर नि नसक्नु छ तिम्रो आनी बानि
अनायासै हुन्छौ आगो कहिले फेरी पानी
चन्द्रमाले आकाशमा जे गरे सुहाउने
कहिले खेल्ने क्षितिजमा कहिले धर्ति छुने
नचिने झैँ तर्की हिन्छौ, कहिले जानी जानी
कहिले आफैं बोलाउँछौ दोबाटो मै तानी
यो जुनीमा तिमि नै हौ मलाई सताउने
अनि फेरी तिमि नै हौ मलाई माया गर्ने
निधारमा रातो माटो / Nidharma Rato Mato
(V:Yam Baral, M: Shambhujeet Baskota, L: Dr Bhola Rijal)
बस तनमा बस यो मनमा / Basa Tanama
(V: Yam Baral, M: Laxman Sesh, L: Baburam)
उड्दै छौ बस्यौ कतै डाली डालीमा / Uddai Chhau Ki Basyau Katai
(V: Yam Baral/Sapana Shree, M: Alok Shree , L: Anand Adhikari)
आसैको भुमरीले / Aashaiko Bhumarile
(V: Yam Baral, M: Alok Shree, L: Kali Prasad Rijal)
गाउँले हुँ म गाउँले हजुर / Gaule Ho Ma Gaule
(V: Yam Baral, M: Tika Bhandari , L: Dhanendra Bimal)
No comments:
Post a Comment