राजेश पायल राई (Rajesh Payal Rai)

न माँग म संग / Namaga Ma Sanga, Sahara Namaga... 
➤ Singer - Rajesh Payal Rai
➤ Music - Bharat Lama
➤ Lyrics - Ramesh Kshitij

न माँग म संग... सहारा न माँग
भुईंमा छु आकाशका... जुन तारा नमाग

तिमि खुशी रोज्छौ म छु चोटहरुमा 
प्यासले कलेटी परेछ यी ओठमा 
न माँग म संग... छहरा न माँग

घाम खोज्दै हिंडे बादल झरीमा 
डुबेको छु आफैं भुमरी हरुमा 
न माँग म संग... किनारा न माँग

निस्ठुरी लाई मायाँ  गरि  / Nisthurilai Maya Gari Aafailai Rogi Banaye
➤ Singer - Rajesh Payal Rai
➤ Music - Murlidhar
➤ Lyrics - Murlidhar

निस्ठुरीलाई मायाँ गरि आफैलाई रोगी बनाएँ 
मायाँ साच्चै मोह रैछ आफैलाई जोगी बनाएँ 

फैलियो मायाँ दुबो सरि / Failiyo Maya Dubo Sari
➤ Singer - Rajesh Payal Rai
➤ Music - Shila Bahadur Moktan
➤ Lyrics - Tribikram Pande

फैलियो मायाँ दुबो सरि कहिल्यै घटेन 
कहाँ राखुँ तिम्रो याद दिलमा अटेन

अमृत भन्दा मिठो लाग्छ मधुर त्यो बोलि
बग्न थाल्यो जिन्दगीमा उमङ्गको खोलि
फैलियो माया...

भेटौं भेटौं लाग्छ तिमीलाई गोधुली साँझमा
रम्दैन यो मन जब फूलै फूलको माझमा
फैलियो माया ..

मैले मायाँले दिएको चिनो 

बलेसिमा पानी तप्कयो/ Balesi ma pani tapkyo...
➤ Singer - Rajesh Payal Rai
➤ Music - NatiKaji Bahadur Moktan
➤ Lyrics - Ramesh Kshitij Pande

बलेसिमा पानी तप्कयो म रोए कि आकाश रोयो
चट्याङ पर्यो यतै कतै मुर्छनाले मलाई छोयो
बादलुको धेरै पिडा सगरको छाती भरी
पानी बग्यो आसु बग्यो सँगै रोयौ रात भरी
अगेनोमा आगो बल्यो म जले कि दाउरा जल्यो
हुरी चल्यो यतै कतै मेरो मनको फुल ढल्यो
के को यस्तो आवाज हो ? थर्किदैछ रनबन
कतै मेरो च्यातियो कि आफ्नै कमजोर मन
टुक्रीएछ गमला यो म फुटे कि माटो फुट्यो
आधी चल्यो यतै कतै मेरो गुडको चरी उड्यो

No comments: