दिल माया खाती (Dilmaya Khati)

सम्झेर बुझेर दिई हाल त्यो जोवन / Samjhera Bujhera Diyi Haal Tyo Jowan
➤ Singer – Dilmaya Khati & Karma Yonjan
➤ Music – Karma Yonjan
➤ Lyrics – Gopal Yonjan

सम्झेर बुझेर दिई हाल त्यो जोवन 
आँखा लोभी मन पापी बुझ्दैन तिम्रो मन
सम्झे है बुझे है यो मेरो जोवन 
यसैरिनै हैन म दिने छु तिम्रो मन 

बादल उड्छ आकाश भेट्न आकाश झन् टाढा छ 
जति मा खेद्छु भाग्दछौ तिमि यो मन रुँदा छ 

आकाश तिर लम्किन्छ बादल सागरमा झर्दछ 
चारैमा तिर उड्दछ यो मन तिमि मै मर्दछ 

बचाई राख सम्झना भित्र / Bachai Rakha Samjhana Bhitra 
➤ Singer – Dilmaya Khati
➤ Music – Narayan Gopal 
➤ Lyrics – Gopal Yonjan

बचाई राख सम्झना भित्र म कहिले मर्दिन... हो 
बाँधेर राख हृदय भित्र म कहिले भाग्दिन 

नखोज मलाई फुलेको फूलमा न जुन तारामा 
आँखा निभाई आफैंमा हेर म हुन्छु मुटुमा 
समाई राख यी हात मेरा म छोडी जादिन

सपनी भित्र नहेर मलाई म कहिले आउँदिन 
सपनाको जस्तो त्यो छोटो प्रिती लाउदै नि लाउदिन 
अल्झाउ मेरा बिपनाहरु त्यो झुटो हुँदैन.. हो 


बिछोडको पिडा नसकी खप्न / Bichhodko Pida Nasaki Khapna
➤ Singer – Dilmaya Khati & Narayan Gopal
➤ Music – Narayan Gopal 
➤ Lyrics – Ratna Shamsher Thapa

बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा
तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा

डाँडा छ साथी के दिन र राति निद छैन आँखामा
मनको कुरो बुझ्दैन कोही पहाडी पाखामा

तिम्रै लागि चुरा धागो मायाको चिनो लिएर
मिठा मिठा कुरा जति मनमा साँचेर
डाँफे चरी झैं म भेट्न वारी झुल्कुँला सामुमा
तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा

दुख पनि नासिएला भाग्यमा घाम उदाई
सधैंभरि सुखी हुँला दर्शन उनको पाई
लैजाउँला उनलाई हात समाई ईश्वरको मन्दिरमा
मनको कुरो बुझ्दैन कोही पहाडी पाखामा

No comments: