सिरीमा सिरी नि कान्छा / Siri Ma Siri Ni Kanchha
➤ Singer – Narayan Gopal & Gyanu Rana
➤ Music – Dharmaraj Thapa
➤ Lyrics – Dharmaraj Thapa
सिरीमा सिरी नि कान्छा बतासै चल्यो
बाबरी फुलको बसना सुन मेरो निरमाया
मायालु आयो नि कान्छा फाल र हान्दै
नबोले पनि हाँस न सुन मेरी निरमाया
ढुङगाको छानो नि कान्छी टिनको छानो
नौ ताले घर हो वहाँ सम्म सुन मेरी निरमाया
तिम्रो र हाम्रो नि कान्छी भेट र घाटैमा
यो माया लैजाऊ कहाँ सम्म सुन मेरी निरमाया
उकाली ज्यानको त्यो चिसो पानी गोगन पातले पिउला
फुल गाँसेर देउतालाई दिउला जोबन कल्लाई दिउला
बाढीमा आयो नि कान्छा मर्स्याङदी गंगा
वारी है पिपल पारी बर सुन मेरो निरमाया
नमरी बाँचे नि कान्छा कालैले साचे
त्यो माया लाउला जनमभर सुन मेरो निरमाया
दिनै र भरी घासै र काट्यो कोईरालो र टाकी
आधी र बैँस यसै र गयो आधी रह्यो खाली
घाँसै र काट्यो नि कान्छी गोगने डाली
सेपिलो ठाउँमा साप होला सुन मेरी निरमाया
बोलेर मात्रै नि कान्छी के फाईदा हुन्छ
रिसानी भए माफ होला सुन मेरी निरमाया
कसैले बुझेन मेरो मनको बहलाई / Kasaile Bujhena Mero Manko Bahalai
➤ Singer – Gyanu Rana
➤ Music – Sambhujeet Baskota
➤ Lyrics – Binod Dhakal
कसैले बुझेन मेरो मनको बहलाई
खहरे खोलो झरे झैं आँखाको गहलाई
यो मेरो मायालाई
आउँछ जुनेली रात यहाँ जून लिएर
जान्छ ब्युँझाई मायालाई मनै खोपेर
कति बसुँ यहाँ अब एक्लै रोएर
यो मेरो मायालाई
बिहानीको झुल्के घाम आशा बोकेर
जान्छ अस्ताई साँझमा दिलै तो
पर्खाईको गोरेटोमा आँखा टोलायो
यो मेरो मायालाई
मान्छेको मायाँ यहाँ / Manchhe Ko Maya Yahan
➤ Singer – Narayan Gopal & Gyanu Rana
➤ Music – Shiva Shankar
➤ Lyrics – Ram Man Trishit
मान्छेको माया यहाँ खोलाको पानी जस्तो
किनारालाई छोई भाग्ने लहरेको बानी जस्तो
मान्छेको माया यहाँ आँखाको नानी जस्तो
यो रात फकाई आउने सुन्दर विहानी जस्तो
माया त जोवनको आवेश मात्र नै हो
तिर्खाको राम्रो अर्को एक भेष मात्र नै हो
तिम्रो हेराईमा केबल आँखा छ मुटु छैन
तिम्रो बोलाईमा स्वर छ ढुकढकी केही छैन
मायाको विशालता यो आकाश धर्ती नै हो
माया त साँच्ची सुन्दर आत्माको मुर्ति नै हो
तिमी पानीलाई आकार दिने कोशिस नगर
तिमी हावालाई सद्भाव दिने कोशिस नगर
भिमेस्वरको मेला भेट भएको बेला / Bhimeshor Ko Mela
➤ Singer – Gyanu Rana & Kumar Basnet
➤ Music – Shubha Bahadur Sunam & Sambhujeet Baskota
➤ Lyrics – Kumar Basnet
भिमेस्वरको मेला भेट भएको बेला, लाईदेउ मायाँ ए साईली डर मान्नु पर्दैन
तामा कोशी बगर बिहे गर्ने रहर, छैन मलाई ए साईला फकाउनु पर्दैन हे
टुलु टुलु घुरेर, सानो सानो माया, नहेर कोकले
लान्छु आज तिमीलाई, सानो सानो माया, बैंशैको झोकले
जाडो भए आगो ताप, सानो सानो माया, सालैको मुढो छ
लान्छु भन्ने फुर्ति गर्ने, सानो सानो माया, सारै नै बुढो छ
हे.. तिमीलाई हामी चाहिने, हाम्लाई तिमि चाहिने, आउन बस दाहिने, डर मान्नु पर्दैन
आच्छु कति खाए बाच्छु कति खाए, तिमि लाई झुसे बारुलो, फकाउनु पर्दैन
तिम्ले मलाई राम्ररी, सानो सानो माया, चिनेको छैन र
तिमि पोथी नक्कली, सानो सानो माया, म भाले होइन र
मै हुँ भन्ने भालेको, सानो सानो माया, ठिक छैन है चाला
गाउँ घरैमा बासी हिन्दा, सानो सानो माया, स्यालैले लैजाला
हे... तिमीलाई कठै बरि, किन खोज्छौ जोरी, लान्छु अब तानेर, डर मान्नु पर्दैन
बोलि मिठो छैन, घरमा पिठो छैन, हेरौं कसले लैजाने, फकाउनु पर्दैन
ज्ञानु राना (Gyanu Rana, b.1949) चर्चित नेपाली लोक तथा आधुनिक गायिका हुनुहुन्छ । वहाँ जनकवि केशरी धर्मराज थापा कि छोरी हुनुहुन्छ |
No comments:
Post a Comment