फरिया ल्याईदेछन् त्यै पनि राता झलल / Fariya Lyaidechhan Tai Pani Rata Jhalala
➤ Singer – Hira Devi Waiba
➤ Music – SM Waiba, Hiradevi & Mangal
➤ Lyrics – Hira Devi Waiba
➤ Music – SM Waiba, Hiradevi & Mangal
➤ Lyrics – Hira Devi Waiba
फरिया ल्याईदेछन् त्यै पनि राता झलल
त्यै पनि मन परेन भन्देउ न भनन
भोजपुरैको लाछोमा डोरी बाटेर ल्याईदेउ न
नेपालबाट नेपाली फरिया साटेर ल्याईदेउ न
त्यै पनि...
राचिमा बाट पोते र डोरी किनेर ल्याईदेउ न
कासिको चिनो बिन्दुलि टिका चुनेर ल्याईदेउ न
त्यै पनि...
चौताराको चौबन्दी चोली चुनेर ल्याईदेउ न
पाटनैको पसलबाट पटुकी ल्याईदेउ न
त्यै पनि...
धनकुटैको डाँडै डाँडा/ Dhankutai Ko Dadai Dada
➤ Singer – Hira Devi Waiba
➤ Music – (Purbeli Lok Bhaka)
➤ Lyrics –
➤ Music – (Purbeli Lok Bhaka)
➤ Lyrics –
धनकुटैको डाँडै डाँडा, चल्यो हुलाकी, नि राजै चल्यो हुलाकी
सासुलाई चाबी, सालोलाई चाबी, सालीमा ज्युलाई झुम्के बुलाकी
ओखलढुंगा पारि पट्टि, गयो समला नि राजै गयो समला
सासुलाई सिक्री, सालोलाई खुकुरी, सालीमा ज्युलाई झुम्के रुमाल
लाउरे दाई लाउर गयो, छोडी देहरादून नि राजै छोडी देहरादून
सासुलाई फरिया, सालोलाई दौरा, सालीमा ज्युलाई झुम्के कानमा सुन
तिन्धाङ्ग तिन्धाङ्ग मादल बज्यो, समलाको ताल राजै समलाको ताल
सासूलाई काग्यो, सालोलाई सुल्फा, सालीमा ज्युलाई झुम्के रातो सल
राम्री त राम्री / Ramri Ta Ramrai
➤ Singer – Hira Devi Waiba
➤ Music –
➤ Lyrics –
➤ Lyrics –
राम्री त राम्री कति सारो राम्री गोरी समला
मार्यौ नि नानी आँखीयाको गाजलुले
जेठी भन्दा माईली राम्री गोरी समला
माईली भन्दा साईली राम्री गोरी समला
साईली भन्दा काईली राम्री गोरी समला
काईली भन्दा अन्तरी राम्री गोरी समला
मार्यौ नि नानी आँखीयाको गाजलुले
अन्तरी भन्दा जन्तरी राम्री गोरी समला
जन्तरी भन्दा कान्छी राम्री गोरी समला
मादलेको संगमा नाच्ने गोरी समला
सातै बहिनि कति राम्री गोरी समला
मार्यौ नि नानी आँखीयाको गाजलुले
झिल्के नाचेको देखेर / Jhilke Nacheko Dekhera
हिरा देवी वाईबा (Hira Devi Waiba, 1940-2011) चर्चित भारतीय नेपाली लोक गायिका हुनुहुन्छ |
No comments:
Post a Comment