कोईली देवी (Koili Devi)

सन्तान थरि थरिका / Santan Thari Tharika 
➤ Singer – Koili Devi & Janardan Sam
➤ Music –
➤ Lyrics – MBB Shah

गर्छिन पुकार आमा, रोई कराई जोडले 
होईन मेरो भन्छिन, सन्तान थरि थरिका 

कोहि धनि असाध्य, कोई गरिब माग्ने 
सक्दिन देख्न भन्छिन, सन्तान थरि थरिका 
नाङ्गो छ आङ्ग कहिँ, कहिँ पोसाक छ मखमल 
सक्दिन हेर्न  भन्छिन, सन्तान थरि थरिका 

सुनको छ थाल कहिँ, कहिँ छ पात खालि 
सक्दिन सुन्न भन्छिन, सन्तान थरि थरिका 

भन्छन महल कसैका कहिँ छ ठुलो ठुलो 
सक्दिन सहन भन्छिन सन्तान थरि थरिका 
गर्छिन पुकार...

आँखा जुध्छ कहिले काहीं / Aankha Judchha 
➤ Singer – Koili Devi
➤ Music –
➤ Lyrics –

आँखा जुध्छ कहिले काहीं दोष मेरो होईन 
बोलेकी छु कहिले काहीं होस मेरो छैन 

स्वर्ग बाट जरेकी म उर्वशी त होइन 
हिमाल कि छोरी अनि पार्बती म होइन 

सखी संग हाँस्ने खेल्ने तारा पनि होइन 
रबि सँग प्रीती गाँस्ने शीत पनि होइन 

बतासले चुँदी डिएको कोपिला म होइन 
ढुंगा माथि चढाई एको फूल पनि होइन 

मेरै गीत गाउनु किन म मात्र होईन 
मायालु छन् कति यहाँ चोखो माया छैन 



कोईली देवी माथेमा (Koili Devi Mathema, Ad 1929–2007) चर्चित नेपाली गायिका, गीतकार, तथा संगीतकार हुनुहुन्छ । राणा दरबारबाट गाउन सुरु गरि वहाँले बि. सं २००७ मा रेडियो नेपालको स्थापना भए पछि रेडियोमा गाउन थाल्नु भयो | वहाँ नेपाली ब्यबसायिक गायनमा पहिलो पुस्ता कि गायिका मानिनु हुन्छ । वहाँले करिब ४,००० गीतहरु गाएको मानिन्छ |

No comments: