कुन्ती मोक्तान (Kunti Moktan)

चोली राम्रो पाल्पाली ढाकाको / Choli Ramro Palapli Dhakako
➤ Singer - Kunti Moktan
➤ Music -
➤ Lyrics -

चोली राम्रो पाल्पाली ढाकाको, हेराइ राम्रो मायालु आँखाको
झिल्के मझुर, ख्यालमाया लाग्दैन हौ तिम्रै हजुर

न्यानो मा न्यानो पस्मिना बर्को, काठमाडौ सहरको
ल्याइदेउन साइला हाकु पटासी, भादगाउले खाडिको
बैँस मीठो सोह्र र सत्रको, माया मीठो त्यो मन भित्रको
झिल्के मजुर, ख्याल् माया लाग्दैन हो तिम्रै हजुर

रोधिमा खुल्ने मखमली घलेक, पोखरा शहरको
ल्याइदेउन साइला आँगी र पाङ्देन, सोलु र खुम्बुको 
पानी मिठो त्यो ढुङ्गे धाराको, माया मिठो नेपाली पाराको
झिल्के मजुर, ख्याल् माया लाग्दैन हो तिमै हजुर

गोठालो जाँदा लाएको माया / Gothalo Jada Layeko Maya
➤ Singer - Kunti Moktan
➤ Music - Shila Bahadur Moktan
➤ Lyrics - Kshetrapratap Adhikari

गोठालो जाँदा लाएको माया खेतालो जाँदा भुलेछ
पोखरा जाँदा गाएको माया, काठमान्डु जाँदा भुलेछ
निस्ठुरी मायालु x 2

सारेधरेसारेसा रेमरेमपधप

बाटो त टाढा थिएन तर मन धेरै टाढा भएछ
रोदिको रानु छोडेर मौरी नौ डाँडा काटी गएछ
निस्ठुरी मायालु x 2

पुरानो माया फाटेर हो कि बिरानो माया रोजेको
माया त बूढो हुदैन हजुर बिर्सन हो कि खोजेको?
निस्टुरी मायालु x 2

भन्छन् कोही जिन्दगी यो  / Bhanchhan Kohi Jindagi Yo
➤ Singer - Kunti Moktan
➤ Music - Shila Bahadur Moktan
➤ Lyrics - Madan Dipbim

भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो
कोही भन्छन् जिन्दगी यो डुबी जाने घाम जस्तै हो
म त भन्छु सृष्टि कै अमूल्य उपहार
मानिसको जुनी झैँ के छ र बराबर?
बाँचुन्जेल गरौँ रमाइलो, नाँच्दै गाउँदै गरौँ रमाइलो

आएका थ्यौँ खाली हात, जान्छौँ नै खाली
बाँचुन्जेल आउन नाँचौ, रिस-राग फाली
दुई वचन मिठो बोलिदेउ (हुर्रर्रर्र)
मिठो वचन बोल्दैमा के नै हाम्रो जान्छ र?
मै हुँ भन्ने मान्छे ले पनि खै के लान्छ र?
बाँचुन्जेल गरौँ रमाइलो, नाच्दै गाउँदै गरौँ रमाइलो (हुर्रर्रर्र)

दिउँसो सुक्ने शीत पनि बिहान हाँसी रन्छ
ओईली झर्ने फूल पनि हाँस्दै बाँची दिन्छ
जति पाउछौँ जिउन जिन्दगी (हुर्रर्रर्र)
पाएको यो जिन्दगी, नबिताउ है रोएर
मनको मैलो पखालौँ, मायाले धोएर
बाँचुन्जेल गरौँ रमाइलो, नाँच्दै गाउँदै गरौँ रमाइलो

लालीगुँरास  अजम्बरी / Laliguras Ajambari Champa Chameli
➤ Singer - Kunti Moktan
➤ Music - Shila Bahadur Moktan
➤ Lyrics -

लालिगुरास अजम्बरी चम्पा चमेली
जे भने नि हुन्छ नि म त नेपाली 
डाली डालीमा हो डाली डालीमा 
फुली रहुँ लाग्छ नि दिलको बारीमा  

सुनगाभा हुँ भिरमा पनि हास्न सक्छ नि 
नेपाली हुँ पिरमा पनि बाँच्न सक्छु नि 
मखमली सयपत्री बेली बाबरी 
जे भने नि हुन्छ नि म त नेपाली 

कमल हुँ म हिलोमा नि फुल्न सक्छु नि 
गुलाफ हुँ म काँडामा नि खुल्न 
लालुपाते गोदावरी चम्पा केसरी
जे भने नि हुन्छ नि म त नेपाली 

खुट्टा तान्दै गर / Khutta Tandai Gara
➤ Singer - Kunti Moktan
➤ Music - Shila Bahadur Moktan
➤ Lyrics - Buddha Bir Lama

कति जल्छौ आरिसले, अझै जल्दै गर
म त हिड्छु मेरै बाटो, खुट्टा तान्दै गर

काँडे तारको बार लाएनी, मेरो यात्रा रोकिन्न
हत्केलाले सुर्य लाई, कहिले पनि छेकिन्न
कति गर्छौ उपहास, अझै गर्दै गर
म त हिड्छु मेरै बाटो, खुट्टा तान्दै गर

तिल जत्रो कुरालाई, पहाड जत्रै बनाउ
झुटको खेति सप्र्यो भने, दिपावली मनाउ
कति काट्छौ कुराहरु, अझै काट्दै गर
म त हिड्छु मेरै बाटो, खुट्टा तान्दै गर

सुनकै भाउ छ / Sunkai Bhau Chha
➤ Singer - Kunti Moktan
➤ Music - Shila Bahadur Moktan
➤ Lyrics -

सुनकै भाउ छ सुन्तला भारीको
चाखी जानु भन्ने मनकारिको
खोई त बुट जुत्ता
कतिन्जेल धाउछौ दाई धरान धनकुटा

धरान झर्छौ धनकुटा भाकेर
बल्छी दाउमा सुन्तला राखेर
दाउरा भन्छौ टाल्दिन अर्को छ
छानो टाल्ने सपनै चर्को छ
खोई त बुट जुत्ता
कतिन्जेल धाउछौ दाई धरान धनकुटा

रहर बाँधी कहरको खकनमा
मन बोक्छौ कि घर बोक्छौ ढाकरमा
घरको दु:ख घरैमा टिन टला
कहिले होला सुनको भाउ सुन्तला
खोई त बुट जुत्ता
कतिन्जेल धाउछौ दाई धरान धनकुटा

No comments: