म त खाँदिन कुवाको पानी / Ma Ta Khadina Kuwako Paani
➤ Singer – Tirtha Kumari
➤ Music – Barun Jung Rana
➤ Lyrics – Barun Jung Ranaम त खाँदिन कुवाको पानी हो
मलाई लैजाऊ न छहरे छाँगैमा
मलाई लैजाऊ न छहरे छाँगैमा
उकालिको रातो माटो बन्दीपुरे गाउँमा
हिड्दा हिड्दा थाकी जालान् डुबी जाला काममा
(एक छीन बिसाउ न)x2 बर पिपल छायाँ हो
मलाई लैजाऊ न...
टेक्यो भने केहि छैन साथि मैले पाइन
बस्दा बस्दा रात पर्यो बास मैले पाईन
(मलाई डोर्याउन)x2 केहि पर सम्म हो
मलाई लैजाऊ न...
बारीको डिलमा ओखर बोट / Bariko Dilma Okharbot
➤ Singer – Tirtha Kumari & Lal Bahadur Khati
➤ Music – Lal Bahadur Khati
➤ Lyrics – Lal Bahadur Khatiबारीको डिलमा ओखर बोट, ओखर बोटमा चिल बस्यो
भन्नै नहुने माया, तिमि सित सारै नै दिल बस्यो
तिमि सित मायाँ साटेर, जान्छु म त डाँडै काटेर
सिरी सिरी दान्तैमा भिरी, मलाई पनि लैजाऊ है जुनकिरी
बारीको डिलमा...
आफु त कहाँ जाने कहाँ जाने ठेगान छैन
मरी हालें भनेपनि रोइ दिने कोहि छैन
(धेरै केटि गए डाँडै काटेर) x2
तिमिलाई त जान दिन्न सिमाना कटेर
बारीको डिलमा...
झम्के फुली नाकैमा बुलाकी / Jhamke Fuli Nakaima Bulaki
➤ Singer – Tirtha Kumari, Dhurba Raj Khadka & Team (Original)
➤ Music – Suresh Khadka
➤ Lyrics – Suresh Khadkaझम्के फुली नाकैमा बुलाकी, यसपालि त घरबार होला कि
घरको छानो बर्खामा चुइदैन, यो चालाले घर बार हुदैन
पटुकीले कम्मरमा बाँधेर, लैजाउँ कि त मैयाँलाई तानेर
आलु बोडी तरकारी खानलाई, ह्याउ छैन तानेर लानलाई
बैँस छन्जेल नबस गम्केर, तानौला नि अगाडि लम्केर
पानी पर्यो बिजुली चम्केर, के कम छु र नबस्नु गम्केर
छोरीलाई माईतिमा ठाउँ छैन, कस कम्मर पछिलाई पाईंदैन
लाउन खान गरेर मन परि, बस्छौँ हामी बाबुकै घर गरि
गर्ने भए उमेर मै ख्याल गर, होला पछि आँसुको नौ धारा
हातै काट्यो काँचको चुराले, चित्त बुझ्यो दाई तिम्रो कुराले
Re-record in 2016
Singer: Sunita Dulal / Dhruba Raj Khadka / Ghamesh Dulal
दाई काँ को? दमौलीको / Dai Kahako Damauliko
➤ Singer – Tirtha Kumari & Ratna Behosi
➤ Music – Ratna Behosi
➤ Lyrics – Ratna Behosiदाई काँ को?
दमौलीको... बहिनि ?
मै डुम्रे बजारको
तिम्लाई मैले चिनेको छैन र, तिम्रो घर त्यहि पर होइन र
तिम्रो हाम्रो भेट भाको आजै हो, पहिलो पल्ट बोल्नलाई लाजै भो
दाई काँ को?...
सल्सली चिप्लिने सल, बाँधी दिउँ कि कम्मरमा सुस्तरी
पर्दैन मोहोनी लाउन, कुमारी अर्काकी छोरीलाई
दाईको नाम?
मै हुँ झिल्के.. बहिनि?
मै सानी पुतली
चमेली धुपीको फुल, लाईदिउँ कि नागबेली चुल्ठोमा
सिउरिने ठाउं छैन मेरो, काटेको यो ठुटो चुल्ठोमा
दाई काँ को?...
ढुंगे बगर.. मायाँ छदैछ हल्ला नगर /Dunge Bagar Maya Chhadaichha Halla Nagar
➤ Singer – Tirtha Kumari & Lal Bahadur Khati
➤ Music –
➤ Lyrics –उकालीमा पनि हजुर मोटर जाँदो रैछ / Ukali Ma Pani Hajur Motor Jado Raichha
➤ Singer – Tirtha Kumari, Sundar Shrestha
➤ Music – Sundar Shrestha
➤ Lyrics – Sundar Shresthaडाँडामा माथि बिहानै घाम लाग्यो तिरिरि / Dada Ma Mathi Bihanai
➤ Singer – Tirtha Kumari
➤ Music – Bhadra Ghale
➤ Lyrics – Bhadra Ghaleडाँडामा माथि बिहानै घाम लाग्यो तिरिरि
पछ्यौरीको पल्ला उड्यो बतास चल्यो सिरिरी
तिर्थ कुमारी थापा (b.1954) बरिष्ठ नेपाली लोक गीत गायिका हुनुहुन्छ । उहाँले लामो समय सरकारी सेवा र रेडियो नेपालमा काम गर्नु भएको छ | वहाँको छोरा सुरज कुमार थापा सांगीतिक समुह 'नेपथ्य'का सदस्य हुनुहुन्छ |
No comments:
Post a Comment