भैंसी लड्यो है माया भिर बाट हेर / Bhaisi Ladyo Hai Maya Bhir Bata Hera
➤ Singer – Daisy Baraili
➤ Music –
➤ Music –
➤ Lyrics –
➤ Collector - Kamal Darnal
छोरा चाही है माया हिँड्दछ डुलेर
तरुनीको है माया गफैमा भुलेर
भन्न लागिन् आमा चाहीले त्यो छोरालाई हेर
घरको काम गर्न छोरा को छ यति खेर
गाउँ घरका जोरी पारि हाँस्न लागे हेर
छड्के टोपि लगाई हिड्छन् ढाँचा पारि हेर
मर्ने बेला है माया भैसक्यो मेरो
यो घर वारी है माया सबै नै हो तेरो
आमा चाहीको कुरा सुनि छोरो छक्क पर्यो
एउटा चुरोट सल्काएर तल्लो घरमा पस्यो
तल्लो घरमा पस्ने साथ भन्यो कान्छालाई
मेरो पनि लौ है भैसी हेरिदेऊ है दाई
भैसी छाड्यो है माया अर्काको भरमा
आफु हिड्यो है मायाँ दार्जिलिङ सहरमा
हातमा घडि साईकल चढी होटेलैमा पस्यो
तरकारी र हल्लुवा पुरि खान मेचमा वस्यो
आमा चाहिँ घरमा हेर रुन्छीन् धरधर
छोरा चाहि बस्ने हैन एकै छिन घर
भैसी लड्यो है माया भिरवाट हेर
नौ सय साठी माया गैहाल्यो लौ खेर
सुपारी र चुरोट च्यापि आई पुग्यो छोरो
रुदैै भन्छीन् बुढि आमा कहाँ गई थिस मोरो
भैसी पनि मरी हाल्यो करर्र दाह्रा किटी
रुदै भन्छीन् बुढी आमा छाति पिटी पिटी
भैसि मर्यो है माया खुत्रुक्कै हेर
नौं सय साठी माया गै हाल्यो लौ खेर
एउटा खुल्ला किताब हुँ म / Euta Khulla Kitab Hu Ma
➤ Singer – Daisy Baraili
एउटा खुल्ला किताब हुँ म, तिमीले पनि पढे हुन्छ
अरूले जस्तै पढेपछि, पन्नाहरू च्याते हुन्छ
बेमौकाको बादलसरि कतिचोटि फाटिदिएँ
जसले मलाई बुझेँ भन्थ्यो उसकै पनि उपहास पाएँ
एउटा खुल्ला चिठी हुँ म तिमीले पनि पढे हुन्छ
अरूले जस्तै पढेपछि बेकार सम्झी फाले हुन्छ
निष्ठुरीको आस्थाबाट कतिचोटि टुक्रीसकेँ
जसले मलाई सब थोक ठान्थ्यो उसकै पनि म रेत भएँ
एउटा सादा कागज हुँ म तिमीले पनि लेखे हुन्छ
अरूले जस्तै लेखेपछि अनर्थ सम्झी मेटे हुन्छ
डेजी बराईली
No comments:
Post a Comment