➤ Singer – Jhalakman Gandharva
हे बरै...
हे बरै...
➤ Music –
➤ Lyrics –
हे बरै...
दशि धारा पो नरोए आमा, बाचि पठाउला तस्वीरै खिचेर
कस्तो लेख्यो नि भाबिले, करिम लिला छैमालौ हजुर
हे बरै...
कस्तो लेख्यो नि भाबिले, करिम लिला छैमालौ हजुर
हे बरै...
सबैका याम्छन लौ सबैका जान्छन, हाम्रा त याम्दैनन र
कि हाम्रा छोरा नि धाबैमा परे, कि बिदा पाम्दैनन र
हार्पे नि बाजा नि हातको भरमा, रेस फेरम तेलै न र
राजाको हुकुम लौ नपाई छुट्टी, भनिको बेलैन र
धाराको शिरिनी बास लियो, बाँसको छोरा तामा र
दुश्मनका गोली नि शिरैमा लाउदा, सम्झ्यो बाबु आमा र
असिना जस्ता नि गोलीले, रनमा परि ति मरिछन लाहुरे
बिरहले ति लाहुरे दाई, ख्याल मायाले घरिम हजुर
आमैले सोध्लिन नि खै छोरा भन्लिन.. रज है खुल्यो भन्दिए
बाबाले सोध्लान नि खोइ छोरा भन्लान्.. रण जित्दैछ भन्दिए
छोरीले सोध्लिन नि खोइ बाबा भन्लिन.. सुन चुराको दान दिए
दाजैले सोध्लान नि खोइ भाई भन्लान्.. अंशै बढ्यो भन्दिए
भाईले सोध्लान नि खोइ दाजै भन्लान.. घेरामा परे भन्दिए
दिदीले सोध्लिन नि खोइ भाई भन्लिन.. चोलो घट्यो भन्दिए
बहिनिले सोध्लिन लि खोइ दाजै भन्लिन.. माइती घटे भन्दिए
छोराले सोध्लान नि खोइ बाबा भन्लान्.. टोपी झिक भन्दिएछोरीले सोध्लिन नि खोइ बाबा भन्लिन.. सुन चुराको दान दिए
प्रीयाले खोध्लिन नि खोइ स्वामी भन्लिन.. बाटो फुक्यो भन्दिए
भाउजूले सोध्लिन लि खोइ देवर भन्लिन.. खसी काट भन्दिए
साथिले सोध्लान नि खोइ लाउरे भन्लान... माया मार भन्दिए
बटौलीको बजारैमा, चार पैसाको ला छैन
सिरको स्वामी स्वर्गे हुदा, घर बस्निलाई था छैन
सिसै काट्यो गोलिले, रणमा परि त मरिछ्न लाहुरे
बाबा रुन्छ्न नि बर्षदिन, आमा जुगैभरी लौ हजुर
सिसै काट्यो गोलिले, रणमा परि त मरिछ्न लाहुरे
बाबा रुन्छ्न नि बर्षदिन, आमा जुगैभरी लौ हजुर
तिम्रो नै मायाँ / Timro Nai Maya Lagdachha Sahili
➤ Singer – Jhalakman Gandharbha
➤ Music –
➤ Lyrics –
(Arko Mukharjee)
तिम्रो नै मायाँ लाउदछ साहिँली, सम्झन्छु छिन छिन
तिमीले मायाँ नगरे पनि, गर्छु म दिन दिन
आज र मैले भातै र खायो, तिउन त गावाको
के माया गर्थ्यौ तिमीले सानु, म जस्तो जाबाको
सेतो र चोली रातो र चोली, कुन चोली सिएको
यो गीत मैले गाएको होइन, सम्झाइ दिएको
हिमाल चुलि त्यहि पल्ला पट्टि, आँपगाछी बृन्दावन
पहरो भए रसाउथ्यो होला, निष्ठुरी तिम्रो मन
अल्लारे नानी केशी / Allare Nani Kesi
➤ Singer – Jhalakman Gandharbha
➤ Music –
➤ Lyrics –
(Arko Mukharjee)
अल्लारे नानी केशी, माया लाउने तिम्रै बेसी, नहुने रैछौ र
बगिमा आयो त्रिशुली गंगा, देखायो हो माहिली बगर
संसार हेरि माहिली मन बुझाउ प्यारी, रुने काम नगर
अल्लारे नानी केशमा, बिरानो देसमा मै परें रनभुल
हरियो भन्नु यो पच्रु पात, पहेंलो हो माहिली सुरती
जुगै र भरि माहिली हुँदैन भने, के लाउनु पिरती
अल्लारे नानी केशी, मया लाउने तिम्रै बेसी, नहुने रैछौ र
सात घुम्ती बाट रेल घुमी आयो, धुम्तिमा हो माईली लेट भयो
कहाँ को दुखि माईली कहाँ को सुखी, बिचैमा भेट भयो
अल्लारे नानी केशमा, बिरानो देसमा मै परें रनभुल
तानसेन घमाईलो / Tansen Ghamailo
➤ Singer – Jhalakman Gandharbha
➤ Music –
➤ Lyrics –
घाँसै काटौ दुई खोलि दोभन,
हाँसी खेली बिताउला जोवन
तानसेन घमाईलो.....
जता निरमाया उतै रमाईलो
No comments:
Post a Comment