लाल बहादुर खाती (Lal Bahadur Khati)

अरु कालो रेलको धुँवाले / Aru Kalo Relko Dhunwale
➤ Singer – Lal Bahadur Khati 
➤ Music – Lal Bahadur Khati
➤ Lyrics – Lal Bahadur Khati

अरु कालो रेलको धुँवाले, 
म त कालो छाता हजुर ओडदै नओडनाले

कालोलाई कालो भन्नु हुँदैन 
बांगोलाई सोझो मान्नु पर्दैन 
कृष्ण कालो मनको उज्यालोले
म त कालो छातालाई ओडदै न ओड्नाले 

हातमा चुरोट सलाई / Haatma Churot Salai
➤ Singer – Lal Bahadur Khati
➤ Music – Lal Bahadur Khati
➤ Lyrics – Lal Bahadur Khati

हातमा चुरोट सलाई 
के भनेर बोलाउनु तिमीलाई 

हालै आको नयाँ डबल हार लाएर गनन 
कसैले सोध्यो भने आफ्नै मायाँ भनन 

सबै तारा झरी सके एउटा तारा जुन सित 
सबैले मायाँ गर्छन माया लाउने गुन सित 
चुला माथि तातेको तसला 
ससुरालाई तमाखु त सासूलाई मसला 

बारीको डिलमा ओखर बोट / Bariko Dilma Okharbot
➤ Singer – Tirtha Kumari & Lal Bahadur Khati
➤ Music – Lal Bahadur Khati
➤ Lyrics – Lal Bahadur Khati

बारीको डिलमा ओखर बोट, ओखर बोटमा चिल बस्यो
भन्नै नहुने माया, तिमि सित सारै नै दिल बस्यो 

तिमि सित मायाँ साटेर, जान्छु म त डाँडै काटेर
सिरी सिरी दान्तैमा भिरी, मलाई पनि लैजाऊ है जुनकिरी 
बारीको डिलमा...

आफु त कहाँ जाने कहाँ जाने ठेगान छैन 
मरी हालें भनेपनि रोइ दिने कोहि छैन
(धेरै केटि गए डाँडै काटेर) x2
तिमिलाई त जान दिन्न सिमाना कटेर
बारीको डिलमा...

ढुंगे बगर.. मायाँ छदैछ हल्ला नगर /Dunge Bagar Maya Chhadaichha Halla Nagar 
➤ Singer – Tirtha Kumari & Lal Bahadur Khati
➤ Music – Lal Bahadur Khati
➤ Lyrics – Lal Bahadur Khati

ढुंगे बगर, मायाँ ढुंगे बगर
मायाँ छदैछ हल्ला नगर

जाँदै छु म, यहाँ बाट, फर्केर आउँदिन 
तिमि जस्ती, निठुरी सित, म मायाँ लाउँदिन 
ढुंगे बगर...

करमले, एपर फापर, म गोड्दै गोड्दीन 
तिमीले मायाँ, नलाए पनि, म छोड्दै छोड्दिन 
ढुंगे बगर...

डोटी राम्रो, डडेल धुरा, अछाम राम्रो साँफे 
मलाई पनि, उडाई लैजा, हिमालको डाँफे 
ढुंगे बगर...




No comments: