नातिकाजी (Natikaji)

नातिकाजी (1925-2003, Amrit Lal Shrestha) बरिष्ठ नेपाली संगीतकार हुनुहुन्छ । वहाँले थुप्रै गीतहरु गाउनु र लेख्नु भएको पनि छ ।


नेपाली हामी रहौंला कहाँ / Nepali Hami Rahaula Kaha
➤ Singer – Natikaji
➤ Music – Natikaji
➤ Lyrics – Madhav Prasad Ghimire

नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे
उचाई हाम्रो चुलिन्छ कहाँ, हिमालै नरहे

तराई हाम्रो सुनका टुक्रा, हिमाल हिरा हो
माटो र पानी पहिलो धन, धर्तीका छोराको
ये कहाँ बाट संसार हेर्छौ, सम्झनै नरहे

दशैं र तिहार रमाइलो हाम्रो चुटका र ख्यालीले
हृदय हाम्रो जुर्मुराउञ्छ, जीतको जालीले
बैशको तालमा नाचौला कहाँ, मादलै न रहे

ये कति राम्रो बिहानी पख, घाम को रेखी हो
सभ्यता पहिलो संसारमा फैल्यो,हिमाल देखि हो
बिउझौला कहाँ पूर्वको पहिलो, उज्यालै न रहे

एउटा तारा डाँडा वारी/ Euta Tara Dada Wari
➤ Singer – Natikaji 
➤ Music – Natikaji
➤ Lyrics – Nir Bikram Pyasi

एउटा तारा डाँडा वारी, अर्को तारा पारी 
नेटो काटी गएपनि, दिल हाराहारी  

पहरामा मूल फुटी झरे दुई खोला
तलपुगि दोभानमा भेट हुनेहोला
चखेवाको यता बास, चखेविको उता
उही घाऊ मुटुमा छ, चाहे रहुन जता

धर्तीबाट कति दुर, आकाश छ माथि
एउटा को मा जोडिएको, अर्को को छ छाती
सुख साथै दु:ख यहाँ, घाम संगै छाया
बिछोड मै चिनिन्छ रे, के चिज हो माया


कुखुरा बास्यो बिहानी हाँस्यो / Kukhura Basyo Bihani Hasyo
➤ Singer – Natikaji 
➤ Music – Shiva Shankar
➤ Lyrics – Rabindra Shah

कुखुरा बास्यो बिहानी हाँस्यो
फेरी प्रिती लाउँछौ कि लाउँदैनौ

निरब रातमा आँसु खसाली  / Nirab Raatma Aansu Khasali 
➤ Singer – Natikaji 
➤ Music – Shiva Shankar
➤ Lyrics – Kiran Kharel

निरब रातमा आँसु खसाली, सम्झी रहेको होला, 
उसले सम्झी रहेको होला

मैले आमा/ Maile Aama 
➤ Singer – Natikaji / Tara Devi
➤ Music –
➤ Lyrics – Kiran Kharel

मैले आमा भनेर तोते बोलि बोलेको 
यहि हो मेरो अलकापुर बामे सर्दै खेलेको 

No comments: