पवन गोले (Pawan Goley)

हावासँग बगुँ भन्छ / Hawa Sanga Bahu Bhanchha
➤ Singer – Pawan Gole 
➤ Music – Subarna Limbu
➤ Lyrics – Shiva Shankar Thapa

हावासँग बहुँ भन्छ, पातसँग बोलु भन्छ
यो मनको आगो फेरि कहिँ कतै सल्कुँ भन्छ
चट्टानालाई फोरु भन्छ, पानीलाई सल्काउ भन्छ
यो रातको कथालाई उज्यालोमा भनौ भन्छ
हावासँग बगु भन्छ...

रुने आखाँ हुन्छ चिसो हुन्छ, हास्ने ओठ निलो हुन्छ
मरीजाने मान्छेलाई बाच्न कति कथा हुन्छ
यो रातको...

कति कम्जोर मन रैछ, फुटि जाने डर हुन्छ
कति कम्जोर फुल रैछ, झरी जाला जस्तो हुन्छ
यो रातको...

खोजीरहेछु एउटा घर / Khoji Rahechhu Euta Ghar
➤ Singer – Pawan Gole 
➤ Music – Pradip Chhettri
➤ Lyrics – Surendra Thing

खोजीरहेछु एउटा घर, मेरो घर आफ्नो घर 
जलि रहेको मनलाई छाहारी दिने एउटा घर 

थाकेको उकाली यात्राले,  मलाई घर लैजा भन्छ 
सहर बल्छ बत्ती भएर सपना घर फर्कि जा भन्छ 
सोधिरहेछु सबलाई मेरो घर आफ्नो घर 
खोजीरहेछु... 

खुसीको खबर पहिले नै घरलाई सुनाउन जा भन्छ 
हार्दै जितेको कुरापनि घरलाई नै भन्न जा भन्छ 
बनाउँ भन्छु एउटा घर मेरो घर आफ्नो घर 



पवन गोले

No comments: