मर्न बरु गाह्रो हुन्न / Marna Baru Garho Hunna
➤ Singer – Phatteman
➤ Music – Natikaji
➤ Lyrics – Tirtha Raj Tuladha
मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्नै सकिन
बसन्तको हरियाली, फूलसंगै ओइलिजान्छ
निलो भुइको सेतो बादल, हावा संगै उडीजान्छ
तर तिम्रो न्यानो माया, अझै पनि न्यानो नै छ
तिम्रो माया मार्नै सकिन...
धेरै लामो बाटो हामी, संगै-संगै हिडि सक्यौं
टाढा-टाढा कता-कता हामी दुवै पुगी सक्यौं
तर अन्त्य यसको यहि, भन्न अझै मनै छैन
तिम्रो माया मार्नै सकिन...
यस्तो पनि हुँदो रहेछ/ Yasto Pani Hudo Raichha Jindagima Kahile Kahile
➤ Singer – Phatteman
➤ Music – Natikai
➤ Lyrics – Yadav Kharel
➤ Music – Natikai
➤ Lyrics – Yadav Kharel
यस्तो पनि हुँदो रहेछ, जिन्दगिमा कहिले कहिले
कसैलाई माया गर्ने, एउटा भूल गरें मैले
मेरो जस्तो माया दिने, तिमीलाई हजार हजार होला
तिम्रो लागि मेरा जस्ता, हजार हजार मुटु रोला
जस्लाई आफ्नो सम्झेको थिएँ, उहि बिरानो भयो अहिले
मेरो माया कुल्चि जाने, तिम्रो माया फलोस फुलोस
मेरो इच्छा मारी जाने, तिम्रो इच्छा सधैं पुगोस्
उदास आँखा मेरा पनि, सपना देख्थे पहिले पहिले
बनै खायो डढेलोले / Banai Khayao Dadhelo Le
➤ Singer – Phatteman
➤ Music – Narayan Gopal
➤ Lyrics – Kali Prasad Rijal
➤ Music – Narayan Gopal
➤ Lyrics – Kali Prasad Rijal
बनै खायो डढेलोले, मनै त्यै मोरीको पापी मायाँले
आधा राती बिउँझिएर, जाउँ जाउँ लाग्छ, डाँफे सरि वेग हानेर
भोक पनि छैन मलाई, तिर्खा पनि छैन, मन बुझाउने के पो गरेर
खोला सुक्यो खडेरीले, यो ज्यान सुक्यो वैगुनीको आशै आशाले
हसाईमै अल्झियो कि, बरै आँखा मेरो, त्यो मायाको चन्द्र वदन
परेलीमै अल्झियो कि, कठै मुटु मेरो, कति राम्रो बोली बचन
बाली लग्यो असिनाले, जोवन लग्यो बैमानीको झिल्के मायाले
सान्नानीको गालैमा / Sannaniko Galaima Kalo Kothi Raichha
➤ Singer – Phatteman
➤ Music – Natikaji
➤ Lyrics – Sahdev Rana
➤ Music – Natikaji
➤ Lyrics – Sahdev Rana
सान्नानीको गालैमा कालो कोठी रैछ, नजर नै तिर्मिर गराउने
झिमझिम गर्ने परेलीमा, पानी परेछ, मोती दाना आँसु झल्काउने
भगाई लैजाऊ भनेदेखि, खिस्सी गर्छन हेर
कति कुरी बस्नु मैले, नगर न बेर
झिमझिम गर्ने परेलीमा पानी परेछ, मोती दाना आँसु झल्काउने
धेरै कुर्दा केश फुल्छ, पिरै मात्र बढ्छ
गुराँस यो जोवन हाम्रो, ब्यर्थै भुइमा झर्छ
झिमझिम गर्ने परेलीमा...
No comments:
Post a Comment